• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५७८ - ज्यान

साल: २०११ महिना: असोज फैसला मिति :2011/06/03 १००

अ.द.नं. ५७८-२०११,

दे./फौ.पु/रीट नं १२९/६७

 

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

फौ.सा.नं.  ६७

मुद्दा -ज्यान सम्बन्धी


तप्पे कारकादौ मौजे वनीञा गाउँ बस्ने लालबहादुर कुर्मी

तप्पे कारकादौ ईन्द्रागाउँको उत्तर पुर्वा टोला बस्ने स्यामलाल भुजवास्मेत


ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम ए बीएल.

फैसला

येस्मा २००८।८।१६ गते गाउदेखी पूर्व पट्टीको वगीयामा मानीस मरीरहेको छ भनी गाउलेले भनेबाट गै हेर्दा नचीनेको अंगमा घा देखिएकोले लासजाँच भै अैंसवाल बमोजीं हवस भंने लालबहादुरको दर्खास्त र वयान रहेछ।

ईन्द्रा गाउका मानीसलाई लास देखाई सनाखत गराउँदा ईन्द्रा गाउको उत्तर पुर्वमा कुटी बाँधी भीख भागी खाने बस्ने गरेको गरीबदास लोध साधु सोधाउ हेर्दा कर्तव्य जस्तो लाग्छ स्यामलाल भुजवाको घर अगाडी गाडा रहेकोमा पटरा मुनी भाथी रगत लागेको स्व गाडा कस्को हो भंदा मेरो हो भनी स्यामलालले भनेकाले नीज उपर कर्तव्यको संखा लागछ भनी औतार भाट स्मेत २० ज्वांको मुचुल्का भै स्वामी दयाल भाटकी स्वास्नीसंग जोधा अहीर जवाहीर कुर्मी, नन्दा कुर्मी गरीबदास र म स्मेतले २।४ बर्ष अघीदेखी गुप्ती तबरसंग करणी लेंदें गर्ने गरेकोमा हामीसंग भंदा गरीबदाससंग बढ्ता प्रें गरेकाले मारौ भंने सल्लाहा गरी वलं भंने भाला तरबार वासको लाठीस्मेतले हीर्काई मारी चींटा तताइ डामी भैसा गाडामा लादी बनीञा गाउमा लगी राखी फर्केमा हौं भंने स्यामलाल भुजवाको वयान रहेछ।

जवहीर कुर्मी र गरीवदाससंग करणी लीनु दीनु भै रहेको नंदा स्यामलालले करणी मागने गरेका मैले नमानेको यो सुक्रवार गरीवदासले आइज भनि राखेका हुंदा राति लोग्ने ससुरा नीधाये पछी उठी गै करणी गरी घर आउन लाग्दा जवाहीर, नंदा स्यामलाल आई पुगी पसे म घर गै सुतें भोलीपल्ट बाबा गरीवदास नभयेका १।२ थोपा रगत देखीयेकोले नीजैहरुले मारे भंने संखा लागछ भंने स्वामी दयालकी स्वास्नी भनेकी प्यारा भाट्नीको वयान रहेछ।

हामीले मारेको होइन भंने औतार भाट् जोधा अहीर स्वामी दयाल जवाहीर कुर्मी नंदा कुर्मी समेतको ईन्कारी वयान रहेछ।

स्वामी दयाल औतार उपर साछीले संखा नगरेका जोधासंग अदावत केही नदेखीएको नंदा बाहिर बेरामी भै औषधी गराउन वीदेस बहराइचर गौडा अस्पतालमा गये भएका देखिएकोले नीजहरुले साधुलाई मारेको देखीन नआएको स्यामलालले मारेमा साविती भए अनुसार नीजको भैसा गाडीमा रहेन पटेरामा रगत लागेको चीन्ह भेटीएकोले नीजै स्यामलालले गरीब दासको ज्यान मारी वचना नीमीत्त लासस्मेत दबाउन लगेको ठहर्छ जेल सुधार योजना बमोजीं २० वीस बर्ष कैद गर्ने स्मेत ठहरई ०९।६।४।६ मा बाँके अमीनीले जाहेरी फैसला गरेको रहेछ।

स्व फैसला स्यामलालको अपील परेकोमा अमीनीले गरेको ईन्साफ सदर ठहराई स्यामलालको हकमा दामल गर्न योजनाले नपर्ने हुंदा अंश सर्वस्व गरी लीलां गर्नु पर्ने नै भएकाले अैं बमोजीं साधक सदर भै आएपछी स्व बमोजीं गर्नलाई नीज वीर्गञ्च झेल्मा चलां भएको हुनाले अपील्को म्याद दीने भंने स्मेत २००९।१२।५।४ मा बांके बर्दीया अपीलले जाहेरी फैसला गरेको रहेछ।

ईन्साफमा सजाय भागी दामल नै ठहर गर्नु पर्ने भै दामल गर्न बीना लालमोहरले खोद्न नहुने हुँदा ज्यांलींदा मुड्दा दामल गर्दाको १।५ नं बमोजीं साधक सदर भएपछी लाल्मोहोर बक्साई भुल्जी  स्यामलाल भुजवालाई दामल भंने अक्षार खोदी दामल गर्ने गरी यो तोक नीकासा भएपछी अंसस्मेत सर्वस्व गरी दामल गर्ने ठहराई जाहेर गरेका छौं भनी २०११।१।२७।१ मा सदर अमीनी गोश्र्वाराले तोक बोली जाहेर गरेको रहेछ।

येस्मा गरीबदास साधुलाई स्यामलाल भुजवाले कर्तव्य गरी मारेको ठहराई बाँके अमीनीले जाहेरी फैसला गरेको सदर गरी बाँके बर्दिया अपील र सदर अमीनी गोश्र्वाराले जाहेर गरेको सदर रामप्रसादको र मायानाथको ज्यान मुद्दामा जेल सुधार गजेट बमोजीं कसुरदारलाई बर्ष २० कैद गर्नु दामल गर्ने हकमा लाल्मोहर बक्साउने अैं बमोजीं नियमावली बनि नसकेकाले सो बनेपछी निकासालाई उसै बखत जाहेर गर्नु भंन्ये २०१०।३।३०।२ मा फूलबेंचबाट मुद्दा फैसला भयेकोले येस्मा पनि दामल हुने ठहरेको स्यामलाल भुजवालाई जेल सुधार योजना गजेटबमोजीं २० विस वर्ष कैद गर्नु दामल खोदने हकमा लाल्मोहर बक्सउने अैं बमोजीं नीयमावली बनि आयेपछी नीकासालाई उसै बखत जाहेर गर्नु भनि यो फैसला सहीतको मीसील जील्लामा पठाउन मीसील फाट्मा बुझाई दीनु ।

 

 

 

हरिप्रसाद

प्रधान न्यायाधीश

 

ईती सम्वत २०११ साल आश्वीन ३ गते रोज १ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563