निर्णय नं. ५७९ - जगा दपोट्
अ.द.नं. ५७९-२०११,
दे./फौ.पु/रीट नं ४६२।६१
नेपाल प्रधान न्यायालय सींङ्गल बेञ्च
अ.नं.६१।१८६२
अपीलाट् वादी प. १ नं नुइ मैदानटोल बस्ने चन्द्रमान नाउ
वीपक्ष अपीलाट् प्रतेवादी प १ नं नुई टक्सार गाउ बस्ने मु. जगेलाल उपाध्याको मुदा सकार गर्ने हेमप्रसाद उपाध्याय स्मेत
मुदा जगा दपोट्
इजलास
श्री माननीय न्यायाधीस प्रदीप्त मान्यवर नेपाल तारा ले.ज. प्रकाशशम्सेर जङ्ग बहादुर राणा
फैसला
येस्मा पुर्व ईश्वरी प्रसादको रैकरखेतस्मेतका ४ कील्ला भीत्रको मुरी ।१२ को कीत्ता १ तेरकोसे छेउ भन्ने मुरि ।१० को कीत्ता १ टुनीबोटे भन्ने मुरी ।७ को कीत्ता १ अचलेछेउ भन्ने मुरी ।८ को कीत्ता १ भाटे भन्ने खेत ।५ को कीत्ता १ कैदले भन्ने माटो ।३ को ऐ १ थोपल खोला मीलंवाहा भन्ने खेत ।४० को ऐ १ अर्चले भन्ने मुरी ।२० को कीत्ता १ बाझाछाप खोला भन्ने ।२० को ऐ स्मेत प्रतेवादीले अवाद गरी दर्ता तीरो नगरी दबाई खायेकोले बीगो मोरु ११४ । सरखार दाखेल गरी सो जगा मेरा नाउमा दर्ता गरी पाउ भन्ने चन्द्रमानको वादी,
अं माटो ।१२ वारको कीत्ता १ अर्चले छेउ भन्ने ऐ । ८ को कीत्ता १ अचेले भन्ने मुरी ।२० को ऐ १ स्मेत ज्मा ५ कीत्ता गरी माटो मुरी ।१६ को महसुल रु ५।५० खींचेत बगैचाको डोके रकमी देवां लामा तमांका नाउमा नुवाकोट मालमा ७६ सालका नंबरीमा दर्ता भयेको साबीक पुरानो जगा मध्ये को हो सो खेत मुरी ।२२ भनी देवांले मोरु ९९०।– मा ८२ सालमा राजीनामा गरी दीयेबाट ली रु. ५। बुधीमान मार्फत बुझाई खायेको छु तालुकदारले ४ कीत्ता खुलाई रसीद गरी दीयेको छ भरखींचेतका जगाको कीत्ता खोली दर्ता नभयेको मोहीको नाउ र माटोको अंक सम्ममात्र दर्ता भयेको मालबाट ३ महले हुदा मेरा नउमा दर्ता भयेको छ वादीका २ दफाको तेरकोसे छेउ भन्ने जगा ७६ सालका लंवरीम फलां लामाका नाउमा ३ महलेमा नरेन्द्र बहादुरका नाउमा दर्ता भयेको खेत ।१६ को महसुल रु ४।६२ नु मालमा दरर्ता भयेको मधे खेत ।४ को महसुल रु १।– लागेको नरेन्द्रबहादुरबाट मोरु. ९९।– मा २ सालमा उजीन्डे भोगबन्धक ली तीरो तीरी भोगेको छु दपोट हैन बादिका ३ दफाको साम्रां टुनीबोट ज्मदार उदैबहादुरको ।३० धां १३। घ्यु रु. ।७५ भन्ने तीर्जा आउने देवीदत्त सुवेदार खान्गीमा दर्ता भयेको तेस भधे ।२५ तीलप्रसादस्मेत संग ली भोगेको छु खेत।५ चन्द्रकान्त स्मेतले खायेको छ सो कील्ला भीत्रखेत ।२ माल दर्ता चेतनाथको जगा छ वादीका ५ दफाको हकमा ३ महलेमा धनजीतका नाउमा दर्ता भयेको माटो ।१२।१० को महसुल रु ४।७५ लागेको जगा मध्ये भाटी भन्ने खेत ।३ को महसुल रु र.।७५ को जगा स्मेत धंजीतले रु २९४।– मा ९९ सालमा रजीष्टेसं पास गरी उजीन्डे भोगबन्धक दीदा ली भोगेको पुरानो दर्ता जगा हो कैदले खेत ।३० लोबास खेत ।४० छाप खोला ।२० दपोट गर्या भन्ने वादीका ६।७।९ दफाका हकमा छापखोला भन्ने ठाउ हैन बाझो खेत भन्ने नाउ हो पुर्व पोखरेल डाडाको पानी ढलो दखीं सामरी पौवा गुठीस्वारो केउरेनी डाडो पुछार पसीं भमां भुरुङ खोला भभां भुरुङ खोला सारखोला दोभां हात्ती ढुंगा येती ४ कील्ला भीत्रको घर घडेरी गरी पाखो वनवनेलोस्मेत श्री ५ पृथीवी नाराएण साहाबाट देवीघाटमा सुर्जे ग्रहणमा हांरा पुर्खा वीमलानंदलाई कुस वीर्ता बक्सेकोबाट वीर्ता जानी खाई आयेको ६७ सालमा हरीदास श्रेष्टले पोल गर्दा बीर्ता थामी देवानी अदालतबाट फैसला भयेको पोलको बाहेक अरु वीर्ता मस्मेतका अरु अंसीयारलेः वीर्ता जानी खाएको छ कैदले भन्ने खेतस्मेत मान बहादुरस्मेतले भोगेका छन कुनै अंसीयारसंग फार्छे गरी भोगेको छु दपोट् हैन भन्ने जगेलालको प्रतेवादी
बाझा छाप खोला भन्ने खेतस्मेत सुर्जेग्रहणमा दान पायेको पोल पर्दा वीर्ता थामीयेको जगेलाल र हामीस्मेतले भोगेका छं कैदले भन्ने पनी वीर्ता भै जगेलाल हामीले भोगेको छं टुनीबोटे भन्ने सुवेदारी खांगीको खेत ।२५ जगेलालले र मुरी ।२ कोमलनाथले र मुरी ।३ चन्दर कान्तस्मेतले भोगेका र ब्यां खर्कको खेत स्मेत छ दपोट् हैन भन्नेस्मेत लुभडीप्रसादस्मेतको बयान
प्रतेवादीका १ दफाको हकमा जगेलालका नाउमा ५। खेत।१६ को महसुल मोरु ५।५० दर्ता भयेको पेवा लामाले गरी दीयेको मोरु. ९९०१ को राजीनामा अर्चले आंबोटे घट्ट मुनी माथीस्मेत ४ कीत्ता जगा लीयेको साल साल मोरु ५।५० का दरले तीरो भरो गरेको रसीद प्रतेवादीबाट पेस भयेको खींचेत ९ खुवाको जगामा चौतर्फी कील्ला कीत्ता खुलाई लगत गर्न नपर्ने भन्ने ९६ सालमा खड्ग नीसाना तोक सदर भयेको नक्कल बगैचाबट आयेकोले कीता नखुले पनी जगा दर्ता भयेकै देखीन आयेको सरजमींले काँहाँ दर्ता गरेको छ था छैन भनेपनी दर्ता भयेको कुरा सरजमींलाई थाहा नहुदा तेस्तो भनेपनी दर्ता देखीदा दपोट ठहर्दैन तेरकोसे छेउ दपोट गर्यो भन्ने २ दफाको दाबीका हकमा मालबाट आयेका दर्ता उत्तरबाट दर्ता देखीयेको तेसबाट रु १।– तीराको जगा प्रतेवादीले भोग बन्धक लीयेको देखीयेको हो खड्ग नीसाना तोक सदरले कीत्ता कील्ला नखुले पनी हुने र दर्ता जगा बाहेक छुट्टा जगा प्रतेवादीले भोग गरेको नक्सामा वादीले देखाउन नसकेको उजुर झुट्टा ठहर्ने टुनीबोट भन्ने जगाको सालसाल तीरो गरेका तीर्जा पेस भयेको सरजमींले पनी सुवेदारी खांगीको जगा भनी खायेको छ भनी लेखेकोले दफा ३ का हकमा पनी दपोट् भनी झुट्टा उजुर गरेको ठहर्ने भाटी भन्ने खेत दपोट गर्यो भन्ने हकमा ९९ सालमा धनजीतले गरी दीयेका लेखतमा भाटी भन्ने नाउ लेखीयेको नीज धनजीतका नाउमा जगा दर्ता भयेको देखीयेको सो जगा भोगमा प्रतेवादीले भोगेको तीरो भरो गरेको रसीद पेस भयेकोले दपोट ठहर्दैन कैदले लामवास छापखोला दपोट गरे भन्ने ६।७।९ दफाको दाबीका हकमा ६७ साल देवानी अदालतबाट भयेका फैसला नकलमा प्रतेवादीले लेखे बमोजीं कील्ला भीत्रको जगा बीर्ता ठहरी फैसला भयेको सरजमींहरुले वीर्ता कै कीला भीत्रको जगा हो भनी लेखेको स्मेतबाट वीर्ता देखीयेको नक्सामा छुट्टा कीत्ता देखाउन नसकेकोले वीर्ता ठहर्छ वादीको उजुर झुट्टा ठहर्छ भनी ३।१२।१५ गते नुवाकोट अदालतले फैसला गरेको,
अंबोटे भन्ने मुरी ।८।१५ को जगा छुट्टा हुंदा आधी पोलाहाका नाउमा आधी जगा कमाउने जगेलालका नाउमा दर्ता गरी डंड बीगो जगेलालबाट असुल गर्ने अरु सुरुकै इन्साफ मनासीब बढ हुन आयेको जगा साबीक मोहीकै नाउमा दर्ता गर्ने स्मेत ठहराई ७।११।१५ गते अपील तेश्राफांटले फैसला गरेको,
सो इन्साफमा चीत्त बुझेन भन्ने वादी चन्द्रमान प्रतेवादी जगेलाल स्मेतको अपील परेको यो मुदा अपीलाट् चन्द्रमानको वा बीस्नु बहादुर र जगेलालको मुदा सकार गर्ने हेमप्रसादलाई राखी बुझ्दा कीत्ता कील्ला खुलाई रहनुपर्दैन भन्ने खींचेत बगैचालाई भयेका तोक सदरबाट अंबोटे खेतस्मेत दर्ता भीत्रकै देखीने हुनाले दपोट् नठहर्ने हुंदा यस कलंमा दपोट ठहरायेको अपीलको केही गल्ती हुँदा नुवाकोट अदालतको इन्साफ मनासीब अरु कलंको हकमा ६७ सालमा पोल पर्दा वीर्ता ठहराई देवानि अदालतबाट फैसला भयेको फैसला नकल पेस भयेको देखीयेको र अरु रैकरतर्फ मालबाट दर्ता उत्तार आयेको कीत्ता कील्ला खुलाई रहनु पर्दैन जगा दर्ता भये हुन्छ भन्ने तोक सदरको उत्तार मीसील सामेल रहेको र तीरो भरो गरेका रसीद तीर्जा राजीनामा भोगबन्धकी लेखत नकलहरु प्रतेवादीले पेस गरेका नक्सामा सो वीर्ता र दर्ताका जगा बाहेक बेदर्ताको जगा प्रतेवादीले भोग चलं गरेको यो हो भनी वादीले देखाउन नसकेको र अरु सुरु र अपीलका फैसलामा लेखीयेका बुंदा प्रमाणबाटस्मेत सुरुको सदर गरी छीनेको अपील तेश्राको इन्साफ मनासीब छ केही उल्टीमा अपील तेश्राफाँटका हाकीं सुब्बा देवप्रसाद अ.ख.दोजराज बी. कृष्णप्रसादलाई केही गर्नु पर्दैन तपसील बमोजींको लगत तहसीलमा दी मीसील प्रधान न्यायालय मीसील फांटमा बुझाई दीनु
तपसील
वादी अपीलाट् चन्द्रमान नाउके, इन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेमा सुरु डण्ड मोहरु २९।५० को हाकींका नाउमा कराउनेका १० नं. अैंनले सैकडा ५ ले मोरु १।४८ डंड हुन्छ वारेस हुदा असुल गर्न तहसीलमा लगत दीने
अपील तेश्राफांटका ७।११।१५ का फैसला ७।१२।२७ का लगतले असुल गर्ने गरेको डण्ड बीगो प्रतेवादी जगेलाललाई नलाग्ने भै दपोट गरेको नठहरेकोले असुल भये फीर्ता र नभये लगत काटी दीनु भनी ऐ –
बीगो मोरु १०।९३।३ दस रुपैञा त्रीयांनबे पैसा तीन दांको कलं ---१
डंड मोरु १०।९३।३ दस रुपैया त्रीयांनबे पैसा तीं दांको कलं----१
प्रतेवादी अपीलाट् जगेलाला उपाध्या मरी नीजको मुदा सकार गर्ने हेमप्रसाद उपाध्याके यसमा नीजलाई डंडस्मेत केही नलागेकोले तारेखमा बस्न नपर्ने गरी ८।१।११ गते अ.त.दे मा राखेको धरौट मोरु १।१० येक रुपैञा दस पैसा अैंन सवालको रीत पुर्याई नीजलाई फीर्ता दीनु भनी ऐ
अपील तेश्राका फैसलाले जगेलालले जगा दपोट् गरेको ठहरेको प.१.नं. जील्लै धादीं मौजे खींचेत जीं जसवीर तमां जिंम्माको देहायेका जगा आठा सरह कुत ठेकी नापी भयेका सालपछी आधी पोलाहा चन्द्रमानका नाउमा आधी जगेलालका नाउमा दर्ता गर्ने भनी पावं लगतफांटमा पुर्जी गर्न र तालुकी बंदोबस्त गर्न ज.मी.का १२ नं. का अैंन बमोजीं ............... रीपोट फांटमा पुर्जी गर्न अ.त. दे.मा लगत दीने गरेकोमा जगा दपोट गरेको नठहरेकोले आधी खेत ।४।७।४ पोलाहा चन्द्रमानका नाउमा दर्ता गर्ने गरेको लगत र तालुकी बंदोबस्त गर्न पुर्जी गर्ने गरेको लगतस्मेत काटी सो जगा जगेलालको मुदा सकार गर्ने हेमप्रसादका नाउमा दर्ता गरी दीनु भनी अैंन सवालको रीत पुर्याई तगत फांटमा पुर्जी गर्न भनी तहसीलमा ऐ --------------------
असामी माटो तीरो आठा सरह
पुर्व थीपल खोला पसीं रैकरखेत उत्तर कांलो दखीं थोपल खोला येती ४ कील्लाभीत्रको जील्लै धादीं मौजे खींचेतको आंबोटे भन्ने खेत माटो मुरी ८।१५ को आठा सरह तीरो रु. २।१८।३ मध्ये जगेलालका नाउमा दर्ता गर्ने गरेको खेत माटो ।४।७।४ को तीरो १।९।१ बाहेक चन्द्रमानका नाउमा दर्ता गर्ने गरेको सो बमोजीं माटो तीराको लगत काटी मोही हेमप्रसाद पाध्याका नाउमा दर्ता गर्ने
-।४।७।४ -१।९।१
प्रकाशशम्सेर
न्यायाधीस
इती सम्वत २०११ साल आसीं ५ गते रोज ३ सुभ्म