निर्णय नं. ५८० - नमील्ने सैछापलाई मील्छ भन्यो
अ.द.नं. ५८०-२०११,
दे./फौ.पु/रीट नं ५५०।५७
प्रधान न्यायालय सींगल बेञ्च
अ.नं.१७
मुद्दा: नमील्ने सैछापलाई मील्छ भन्यो
अपीलाट का.ई. छेत्रपाटी बस्ने तेजबहादुर श्रेष्ठस्मेत
वीपक्षी ऐ बस्ने जोगमाया मानंधर्नी र माष्टर दुर्गा प्रसाद स्मेत २
इजलास
श्री माननिय न्यायाधीस भगवति प्रसाद सींह वीएससी बीएल.
फैसला
एस्मा जोगमायाले लेषत पास गरी पाउ भनी स. जंकोमा दाएर्गरायेको मुद्दामा पेस गरेको मोरु. २७०१ को लेषत कृते हो भंने हाम्रो जीकीर भएबाट स्हीछाप जाँच गर्न मा. दुर्गाप्रसादलाई झीकाई जचाउँदा मील्छ भनी पक्षपात गरी लेषी दीएबाट झगडीयाका षुसामतमा लागी नमील्ने सैछापलाई मील्छ भने मास्टरलाई र मील्छ भनाउने झगडीयालाई सजाय गरी लेखत बदर गरी पाऊ भंनेस्मेत सानी पृथीमाया कृतीबहादुर तेज बहादुरको फेराद रहेछ।
मैले यथार्थ जाँचको रिपोट मीसील्सामेल्छ भंने स्मेत मा. दुर्गाप्रसादको र मील्ने सैछापलाई मील्छ भनी मास्टरले लेषीदीयाको हो भंने स्मेत जोगमायाको प्रतेऊत्तर रहेछ।
तेजबाहादुरको स्हीछाप जचाऊन ख. सीवबहादुरलाई जचाउदा मील्छ भनी लेषीदियाकोले झुट्टा उजुर गरेको ठहर्छ भनी अपील तेश्रा फांटले फैसला गरेको रहेछ।
स्हीछाप भीडाई ईन्साफ गरी पाउ भंने स्मेत सानी श्रेष्ठनी कृतीबाहादुर तेज बहादुरको अपील रहेछ।
............ तारेखमा रहेको वा स्मेतको तेज बाहादुर श्रेष्ठलाई राषी पेस हुन आयाको यो मुद्दा .................मोरु २७०१।– को लीषतमा लागेको तेजबहादुरको ल्यापचे स्हीछाप मील्छ भंने ...............ई बीस्नुनीधी सेडारीले स्हीछाप जाच गरी लेषी दीनु भयाकोले स्मेत ईन्साफ अपील तेश्रा फांटको मुनासीब छ ईन्साफ पारी छींने हाकीं ऊपर अपील गरेमा हा.का. १० नं ले सुरु ईन्साफ मोरु ५। को पैलो अपील हुदा सैक्रा १० ले मोरु ।५० अपीलाट तेजबाहादुर कृती बाहादुर श्रेष्ठ सानी श्रेष्ठीनीलाई मोरु ।१६।२ का दर्ले डंड हुन्छ स्व ३ जनालाई लागेको ज्मा डंड मोरु ।५० तारेखमा रहेको अपीलाट तेजबहादुरले बुझाएकोले तहसील्मा बुझाई लगत दी मीसील मीसील फांटमा बुझाई दीनु।
भगवती प्रसाद सिंह
न्यायाधिश
इति सम्वत २०११ साल आश्वीण ४ गते रोज २ सुभ्म्