• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५८१ - राजीनामा पास

साल: २०११ महिना: असोज फैसला मिति :2011/06/04 ८६

अ.द.नं. ५८१-२०११,

दे./फौ.पु/रीट नं १२०।१९६६

 

नेपाल प्रधान न्यायालय डीभीजं बेञ्‍च

अ.नं.१५९६

 


जी.म.प्र.को मैज्ये जनकपुर विसरास बस्ने जमूना धनुकाइनी प्रत्यवादी अपिलाट्

मौज्ये लुगा भवानी पट्टी जनकपुर वीस हराम कोद्रापट्टी वीर्ता बस्ने असर्फी झा. मैथीली व्राह्मण वादी


मुद्दा राजीनामा पास

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एमए बीएल.

श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत छेत्री

फैसला

 अन्यायेवालाले मबाट ७ साल भाद्र २ गते कंरु ४४१।– ली नं ६१ को जगा वीग्हा ऽ२।।४नं ६२ को जगा वीग्हा ऽ४।३ स्मेत ज्मा जगा वीग्हा ।२०२ र ७ साल आश्मीं ७ गते ज्मा कंरु १७०१ ली अंनाजी जगा धूर ऽ।४ घडेरी र श्र्व घडेरीमा भयेको फुसको घर ३ स्मेत र ७ साल आश्मीं १३ गते कंरु १००८ ली नं ९४ को रैकर जगा कठ्ठा ।४ राजीनामा लेखी दीयेको पास गरी नदीयेको कंरु ४११ को म्याद नथामीयेको कंरु १७००१ को लेखतको म्याद थामीयेको कंरु १००८ को नालेस दिने म्याद बाँकी रहेकोले म्याद भीत्रै नालेस गर्न आयेको छु ४४१ को फैसला भयेका मीतीसम्मको अैं बमोजिं सावा ब्याज भराई बाँकी १७०१ र १००८ को राजीनामा पास गराई पाऊँ भन्य वादी रहेछ।

७ साल आश्मींमा प्रसुतीको रोगले बेरामी भै हेर्चाहा औसदीस्मेत नीजै वादिले गरी आयेको आयस्ता औसदी खर्चको कागज भनी स्हीछाप गरायेको श्व जगा मेरो नाऊमा दर्ता पनी नभयेको भन्य स्मेत प्रतेवादी बयां रहेछ।

वादीलाई ७ साल आस्मींमा लेखत भै सक्येपछी मात्र दर्ता सारेको गुमला पट्वारीको रीपोटबाट देखीयेकोले जगा मेरा नाउमा छैन भन्य प्रत्यवादीको जीकीर झुट्टा देखीन आयेको प्रतयवादीको हेर्चाह गर्ने छोरा बुहारी जनक दुलारीस्मेत देखीन आयेकोले वादीले दाबी गरेको लेखत भध्ये कंरु ४४१ को फैसला भयेका मीतीतकको दसौद ब्याज कंरु ८३।.।।। स्मेत सावा ब्याजस्मेत ज्मा कंरु ५२४।.।।। प्रत्यवादी जमूनाबाट वादीले भरी पाउने र श्व बाहेक कंरु १७०१ को र कंरु १००८ को स्मेत राजीनामा लेखत २ रजष्टरी पास गराई पाउने स्मेत ठहराई जलेश्र्वर अमीनीबाट फैसला भयेको रहेछ।

गुमला पटवारीले दाखेल गरेको रीपोट पनी सद्दे कृते केहो श्व लेखतमा छोराहरु साछी नभयेको केही जगा पनी बाँकी नराखी कीन बीक्री गर्थ्ये चीत्त बुझेन भन्यस्मेत सुरु ऊपर प्रत्यवादीको अपील रहेछ।

कीश्वरी मन्दरका नाऊमा अघिदेखी जगा दर्ता भयेको भया प्रतेवादीका साथमा वा सदे कृतेमा वयान गर्दा ई रसिदस्मेत पेस गर्न पर्ने उसबखत प्रमाणमा लेखनस्मेत नसक्येको पटवारी गुमस्ताहरुले २ नंका रसीद नकल रपोट साथ दाखेल गरेका वादीका साछीहरु उपर घुसमा नालेस परेपनी घुस खायेको नठहरी आजैका मीतीमा फैसला भयेको लेखत जालसाजी पट्टी प्रत्यवादीले सबुद गुजार्न नसक्येकोले ईन्साफ सुरुको मनासीब वादीको सावा कंरु ४४१। को ९ साल जेष्ठ  १९ गतेतकको सुद अमीनीले भराउने गरी कीनारा भै राखेको र तेस देखीयेता आजका मीतीतकको दसौद कंरु २२ऽ।।। अमीनीको ९।२।१९ को फैसलाले लीने गरेको लगतमा थ्पी भराई दीनेस्मेत ठहराई महोत्तरी अपीलबाट फैसला भयेको रहेछ।

वादीको र मेरो घर संगै जोडीयेको नजीकको वेदनी श्र्वार्थी वादीलाई औसदी गराऊन पर्ने भै गरायेको अबस्ता स्हीछाप भयेको हुँदा ईन्साफ पाउँ भन्येस्मेत प्रत्येवादीको अपिल रहेछ।

यो मूद्दा डीभीजं बेञ्चमा पेस गर्न भन्य श्री माननीय न्यायाधीस प्रकाससम्सेर जङ्गबहादुर राणाको आदेस रहेछ।

प्रत्यवादीको धरौटी अपिल भये पनी दुवैथर बादी प्रत्यवादी राखी छलफल गर्न पर्ने भयेकोले बादी प्रत्येवादी दुबैतरलाई झीकाई पेस गर्नू भन्य स्मेत डीभीजं बेञ्‍च श्री माननीय न्यायाधीस भगवतीप्रसाद सिंहको आदेस रहेछ।

येस्मा झीकायेका प्रत्यबादी जमुना धनुकैनीले ११।२।२४ मा बुझेको म्यादभीत्र हाजीर हुन नआयेको र अरु अपिलका फैसलामा लेखीयाका बुंदा प्रमाणबाटस्मेत ईन्साफ महोत्तरी अपीलले ९।८।२६।५ मा छीनेको मनासिव देहायका कलंमा देहाये बमोजिं गरी धरौटी वाला अपिलाटलाई यो फैसला भयेको जनाऊ दिनस्मेत मिसिल जील्लामा पठाऊन मिसिल फांटमा बुझाई दिनू.

रु ४४१ को ९ साल भार्ग २६ गतेतकको सुद अपिलले भराऊने गरेकोल्ये तेस देखीयेता आजका मितीतकको दसौद कंरु ७८२।।। अैंका म्याद भीत्र वादीको ऊजुर परे अैंसवालको रीतपुर्‍याई वादीलाई भराई दीनु भनी जिल्लालाई पुर्जी गर्न तहसिलमा लगत दीने कलं १

इँन्साफ पारी छीन्‍ने हाकीं उपर अपिल गरे वापत अपिलाटके सुरु डण्ड कंरु ३३८।।।.।। को हा.का. १० नं का अैंले दोश्रा अपिल हुंदा सैकडा ५ ले कंरु ११।।।३ डण्ड हुनेमा श्र्व हुने डण्डबापत ९।११।२८।४ मा ज अ.त.मा. धरौट रहेको अंक १३ सोही डण्डमा कट्टा गर्ने गरी अरु डण्ड अैं सवालको रीत पुर्‍याई असुल गर्नू भनी जील्लालाई पुर्जी गर्न तहसीलमा लगत दीने कलं १

 

 

महेन्द्र बहादुर                                      हरिप्रसाद

न्यायाधीस                                    प्रधान न्यायाधीस

ईती सम्वत २०११ साल आस्मीं ४ गते रोज २ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563