• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५८३ - दीलदारको छोरो कायें गरी पाउँ

साल: २०११ महिना: असोज फैसला मिति :2011/06/04 ११९

अ.द.नं. ५८३-२०११,

दे./फौ.पु/रीट नं १३७।१४१२

 

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

फौ.अ.नं. १४१२

मुद्दा- दीलदारको छोरो कायें गरी पाउँ


अपीलाट प्रत्येवादी तौलीहवा अमीनी ईलाका तप्पे सीहीखोर मौजे लोहरौली बस्ने अमजद खाँ पठान्

वीपक्ष वादी ऐ ऐ. बस्ने जैनुला मुसलमान्


ईजलाश

श्री माननीय न्यायाधीश भगवतीप्रसाद सींह राजपुत वीएससी. बीएल.

फैसला

येस्मा बाबु दीलदारको छोरा २ मा जेठो नसीवदार कान्छो म भयेकोमा सगोलको मेरो जगा घरस्मेत ज्मै अमजदलाई राजीनामा गरी दीएको बदर गरी पाउँ भंने मेरो नालेस पर्दा नसीवदारले प्रतिउत्तरै नफीराएको अमजदले दीलदार मरेपछी स्वास्नी फैजुलासंग पोइल गै जैनुला जन्मेको हो भन्‍ने प्रतिउत्तर दिएकोले ३५ दीं भीत्र नालेस गरी दीलदारको छोरो कायें गराई ल्याउनु भनि ०७।३।२३।६ मा पर्चा गरी सुनायेकाले नालेस गरेको छु. म दीलदारको छोरो कायें गराई पाउँ भंने जैनुलाको फीराद रहेछ।

दीलदारकी स्वास्नी फीकीया फैजुलासंग पोइल गै जन्मेको जैनुला हो सरजमीं बुझे जाहेर होला भंने अमजद खाँको प्रतिउत्तर रहेछ।

जैनुला फैजुलाको छोरो हो भंने ज्वां १२ कस्को छोरो हो थाहा छैन भंने ज्वां १ दीलदारको छोरो हो भंने ज्वां २६स्मेत ज्वां ३९ को सरजमीं मुचुल्का रहेछ।

जैनुला दीलदारकै छोरो हो मेरो छोरो होइन नीजकी आमा मैले स्वास्नी ल्याएको छैन भंने फैजुलाको वयान रहेछ।

सरज्मीं ३९ मा जैनुला कस्को छोरो हो थाहा छैन भनि १ जनाले दीलदारको छोरो हो भनि २६ जनाले फैजुलाको छोरो हो भनि १२ जनाले लेखी दीएका धेरैको कुरा पत्यारमांनु पर्ने हुंदा दीलदारकै छोरो ठहर्छ भनि २००७।९।२।१ मा तौलीहवा अमीनीले फैसला गरेको रहेछ।

स्व फैसला उपर अमजद खाँको अपील परेमा ईन्साफ सुरुको मुनासीब गरी ०८।३।२० मा बुटौल अपीलबाट फैसला भएको रहेछ।

दीलदार मरेपछी स्वास्नी फीकीया फैजुलासंग पोइल गै जन्मेको जैनुला हो झगडीयाको मोलाहीजामा लागी मलाई हराई दीयेकाले चीत्त बुझेन भंने अजमद खाँको अपील रहेछ।

पेस हुन आयेको यो मुद्दा बुझ्दा नसीवदारले अजमद खाँलाई जगा घर राजीनामा गरी दीएको बदर गरी पाउँ भंने मुद्दामा नसीबदारले प्रतीउत्तरै नफीराएको भंने वादीको लेख भएको स्व होइन भंन प्रत्येवादी अमजद खाँले नसकेको र अरु सुरु र अपीलका फैसलामा लेखीएका बुंदा प्रमाणबाट स्मेत वादी जैनुला दीलदारको छोरा ठहराई सुरु अमीनीले छीनेको सदर गरी बुटौल अपीलले फैसला गरेको मुनासीब छ ईन्साफ पारी छींने हाकीं उपर अपील गरे बापत अपीलाट प्रत्येवादी अमजद खाँ पठान के सुरु अमीनीबाट कंरु ५ जरीबाना भएको त्यस्को यो दोश्रो अपील हुँदा हा.का. १० नं. बमोजीं सयेकडा ५ ले कं रु. । चार आना डंड हुंछ स्व ०९।१०।२१।३ मा अपील गर्दा तारेखमा नबस्ने गरी अमजद पठानले बुटौल अपील्मा धरौटी दाखील गरेको देखीएको कंरु ।. चारआना सदरस्याहा आम्दानि बाधनु भनी जील्लालाई पुर्जि गर्न तहसील्मा लगत दीनु यो फैसला भएको जनाउ नीज धरौटी अपीलाट अमजद खाँलाई दीनु भनी यो फैसला सहीतको मीसील जिल्लामा पठाउन मीसील फांटमा बुझाई दीनु।

भगवती प्रसाद सिंह

न्यायाधीश

ईति सम्वत २०११ साल आश्वीं ४ गते रोज २ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..