निर्णय नं. ५८५ - जगा दपोट
अ.द.नं. ५८५-२०११,
दे./फौ.पु/रीट नं १५४।४१
नेपाल प्रधान न्यायालय सिङ्गल बेंच
सा.नं. ४१
मुद्दा जगा दपोट
नीवेदक वादी प.१.नं धादीं ईलाका जीऊनपुर बस्ने सुज्येप्रसाद उपाध्या
वीपक्ष्य प्रतेवादी ऐ वजकोट् बस्ने टोकर नाथ उपाध्या १
ऐ ऐ बस्ने घननाथ १
ऐ ऐ बस्ने टंकनाथ १
ईजलास
श्री माननीय न्यायाधीस हरिप्रसाद प्रधान एम. ए. बि.एल.
फैसला
अंन्यायेका बाबु बाज्येहरुले कानेटारको टीकर ठाऊ भन्ये पानीखेत माटोमुरी १०० पायेका रहेछं सो मध्ये माटो मुरी ५२ साल ६२ मा रैकरमा दरता भै माटो मुरी ४८ खाई आयेकोमा ६५ सालमा ऊजीरसीं बीष्टको पोल परी बेचे बंधकराषेको पोल्हाका नाऊमा दरता गरी दीनु भनेकोमा पोल्हाका नाऊमा माटो मुरी ।५२ मात्र रैकरमा दरता भै माटो मुरी ।१२ नीजैहरुका दाज्यू भाईहरुले बिक्री गर्ने ।१० मुरी कींने टीकरनाथ ।२ मुरी कींन धननाथ भयेको के कसो गरी खायेका छं थाहा छैन बाकी ।२४ मुरी मात्र हुनु परनेमा झ्याँली खोलो पुरुवा भै आयेको कोलपुखोलो पुरुवा भयेको माले बगरस्मेत हाम्रो भनी अंनाजी माटो मुरी १०१ जती नीजहरुले वीरता भनी दबाई खायेको नीजहरुबाट झीकी अघीको रैकर ।८८ मुरी छुट्याई बाँकी आठासन्ह कुत ठेकी मेरा नाऊमा दरता गरी पाऊ भन्ने ०६।१।२७।२ को स्मेत बादी बयां।
वादी दाबीको ४ कीलाको जगा रैकर नभै वीरता भयेको र यकै चकलाकोस्मेत भयेको सो जगा बारे पटकपटक मुदा परदा हुकुं मर्जीबाटस्मेत वीर्तै थामीयेबाट भोग गरी आयेको हुंदा वादी दावा झुट्टा हो भन्ने०६।६।३०।१ को प्रतेवादी
रैकर हुने भयाको जगा धेरै वर्ष देषी प्रतेवादीहरुले वीरता भनी भोग गरी आयेको हुनाले मोरु ५००।-मा रुद्रकांतले भोगबंधक खायेको धां मुरी ६। कुत लागेको सीवनाथको खंड बाहेक अरुले बेचबीषं बंधक नराषने नीज रुद्रकांतहरुस्मेतको भाग वीर्ता थामी बकसेको छ भंने हुकुं मर्जीको सनदको नकल प्रतेवादीहरुबाट यै सुर्जेप्रसादको र टंकनाथको दपोट मुदामा पेस हुन आयेको देखियाको सो रैकर ठहर्यायेको ५९ सालको देवानीको फैसला टिपोटमा पुर्व रैकर दक्षीं कोलपुखोलो पश्र्चीं घीमीरे बाहुंको वीरता उत्तर रैकर आली येती ४ कील्ला भीत्रको झ्यांली खोला वारी पारी वीरता भनी भोग गरी आयेको देषीयाको हाल येस अडाबाट भै आयेको नक्साबाट पुर्व रैकर पश्र्चीं कील्लामा पोल परी रैकर भयाको ।५२ मुरी रैकर र तेसदेषी पश्र्चीं कोलपु खोला ऊत्तर झ्यांली खोलो देषीयेको सुर्जे प्रसाद टंकनाथस्मेतको दपोट मुदामा भै आयेको नक्सा र यो मुदामा भै आयेको नक्सा भीडाई हेरेमा देवानीको फैसला टिपोटमा लेखिया बमोजीं झ्यांली खोला वारीपारी भै सो पारीको जगादेषी ऊत्तर रैकर आली देषीयाकोले रैकर भयाकोस्मेत भीत्र परी देवानीको ५९ सालको फैसला टिपोटको किल्ला भीड्न आयेको र सो वीरता थामी बकसेको हुकुं मर्जीको सनद नकलमा पनी मुरीवीरता थामीयाको भंने नभै रुद्रकांत स्मेतको मात्र वीरता थामी बकसेको भंने लेषीयेकोले नीस्सा बेगर प्रतेवादीहरुले दबाई खायेको भंन मनासीब नदेषीदा झुट्टा ऊजुर गरेको ठहर्छ भन्ने०६।११।२६।५ को धादीं अदालतको जाहेरी फैसला।
खोलो सरी खोलाले छोडेको बगा घुसाई खायो भंने मेरो ऊजुर भयेपछी नापी नगरी टुंगै लगाउन नसक्ने हुंदा नापी गरी हक ईन्साफ गरी पाऊ भन्ने ०६।१२।२७।१ को वादी सुर्जेप्रसादको अपील पत्र।
अघी थामीयाको फैसलामा ऊत्तर झ्यांली खोलो भंने भयेबाट एक कील्ला मील्न आयेको र अघी थामीयाको फैसलामा चार कील्ला र माटो नखुलेको हुनाले नाप जाच गर्न पठायेमा माटो मुरी ।८३।१।१ नापजाँच भै आयेको सो नापजाच भै आयेको जगा प्रतेवादीहरुको भोगको देषीन आयेको हुँदा प्रतेवादीहरुलाई वीरता थामने गरी धादीं अदालतले जाहेर गरेको ईन्साफ वाहाल राषी जाहेर गरेको छु भंने .९।१।१७।३ को अपील दोश्रा फाटको फैसला।
यो साधकद्वारा पेस हुन आयेको यस्मुदामा तारीषमा रहेको दुवै थर झगडीया राषी छलफल गरी बुझेमा अघी ऊजीर सीं विष्टको पोल परेकोमा धेरै वर्ष देषी प्रतेवादीहरुले वीरता भनी भोग गरेको हुनाले रु ५००।मा रुद्रकांतले भोग खायेको कुत धान मुरी ६।-लागेको सीवनाथको षंड बाहेक अरुले बेच बीषं बंधक नराषने नीज रुद्रकांतस्मेतको भोग वीरता थामी बक्सेको छ भंने हुकुं मर्जीको ०६१।१२।१३।७ को सनदको नकल प्रतेवादीहरुबाट पेस हुन आयेको र अपील दोश्रा फाट् मार्फत नापजाच हुन गयेको ०८।३।६।४ का नापी मुचुलकाबाट पुर्व दोभाने खोलसो पश्र्चीं माथील्लो ढाड् पक्षीं कोलपु खोलो ऊत्तर झ्यांली खोलो यती ४ कील्ला भीत्रमा अघी रैकरमा दरता भयेको माटो मुरी ।५२ र माटो मुरी ।१०।२।४ कटाई बाकी माटोमुरी ।८३।१।१ देषीन आयेको सो ४ कील्ला भीत्रको सो माटो मुरी ।८३।१।१ त्रीयासी एक पाथी एक माना वीरता थामने गरी धादीं अदालतबाट जाहेर गरेको अपीलबाट मुनासीब गरी जाहेर गरेको मुनासीब छ मिसील मिसील फांटमा बुझाई दीनु।
हरिप्रसाद
प्रधान न्यायाधीस
ईती संवत २०११ साल आश्र्वीं ८ गते रोज ६ सुभं