निर्णय नं. ५८६ - अंश
अ.द.नं. ५८६-२०११,
दे./फौ.पु/रीट नं ११०।२४३
नेपाल प्रधान न्यायालय डिभिजं बेञ्च
ठा.नं. २४३
मुदा अंश
निवेदक
भ.पु. वोलाछे बस्ने रमापती राजोपाध्याय
विपक्ष
ऐ. बोढे वलाछे बस्ने राजेश्वरी श्रेष्ठनी
ईजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एमए. बि.एल.
श्री माननीय न्यायाधिश भगवती प्रसाद सिंह वीएस्सी बिएल.
फैसला
येस्मा कान्छि आमा कृष्णराजेश्र्वरीले आफ्नो हकजति मलाई २००२।९।२१ मा शेषपछिको बक्सपत्र पास स्मेत गरि दि निज आमा ६।५।३१ मा परलोक भै कृयास्मेत मैले देवघर मार्फत गरायेकिले निजको अंश जेथा जति ताएदाति ली अंश दिलाई पाउ भन्ने राजेश्र्वरीको वादि रहेछ।
कान्छि आमा लाटी र मसंगै बसेकि म नाबालख कृयापनि देवघर मार्फत मैले गराएको २।१२।२ देखि मात्र बोढेमा बसेकि हुंदा अंश दीन नपर्ने भंने रमापतीको प्रतेवादि रहेछ।
लाटीको कागज अैंले सदर नहुने भनी भ.पु. अदालतका हाकिं ना.सु. नारांदासले फैसला गरेको र लाटिको कागज गराउदा निजकै सहोदर दाजु साछी बसी गरेको देखिनाले सदरै हुने र कृयासमेत बादीले गरेको देखिदा ताएदाती ली अंश दिलाई दीने भनी अ.डी. गणेशमान र वि. लक्ष्मण रमणको राए पर्चा भएको रहेछ।
चीत्त बुझेन भंने दुवैथरको अपिल परेको रहेछ
प्रतेवादिले दाखेल गरेको २।१२।२५ का लेखतबाट आएस्ता बेगल बेगलै खाएको देखिनाले ईन्साफ असिष्टेन र विचारीको मनासिब गरी ९।१।८ मा अपिल दोश्राले फैसला गरेको रहेछ।
लाटीकै दाजु बसि गरिदीयाको बकसपत्र पास स्मेत भएको देखिनाले ईन्साफ अपिल दोश्राको मनासिब भै ९।११।२२ मा सिंगल बेञ्चबाट स्मेत फैसला भएको रहेछ
प्रतेवादीले मुद्दा दोहर्याई पाउ भनी बिंतीपत्र दिएकोमा यो मुद्दा दोहराई हेरी डिभीजं बेञ्चमा पेस गर्नु भंने १०।११।८ मा आदेश भयाको रहेछ।
एसमा रमापतीको वारेस स्मेत राखी पेस हुन आएको यो मुदामा अरु कुनै सबुद प्रमाण निवेदकले दीन नसकेकोले सिंगल बेञ्चबाट ९।११।२२ मा छिनेको ईन्साफ मनासिब दोहर्याएमा निवेदकलाई केही गर्नु पर्दैन मिसिल मिसिल फांटमा पठाई दीनु
भगवती प्रसाद सिंह हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
ईती सम्वत् २०११ साल आश्वीं ७ गते रोज ५ सुभं