निर्णय नं. ५८८ - जगा दर्ता
अ.द.नं. ५८८-२०११,
दे./फौ.पु/रीट नं १५९।७१
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
फौ.ठा.नं. ७१
ईजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधां एक ए बी.एल.
आदेस
येस्मा श्री बाहादुरको र गणेश बाहादुरको जगा दर्ता मुद्दा दोहर्यउने वीषय ज. मीनारजंको ११।५।२०।१ को चीठी र स्व साथको टायेप भएको टीपोट खाम स्मेत मेरै सं साथ पठाएको छु श्री बाहादुरलाई झीकाई चीठी कागज देखाई नीजले दीए पठाउन लगाएको हो वा होइन कागज गराई मानिसस्मेत राखी पेस गर्नु भंने ११।५।२७।१ मा श्री माननीय प्रधान न्यायाधीशबाट आदेस भएको रहेछ।
स्व आदेश बमोजीं श्री बाहादुरलाई ७ दीने म्याद दीएकोमा म्याद भीत्र हाजीर हुन आएको श्री बाहादुरलाई ज. मीनार जं का भाखाको ११।५।२०।१ को सकल चीठी र स्व साथको टायेप भएको टीपोट खां स्मेत देखाई स्वध्दा मैले नीज ज. मीनार जं भंने मानीसलाई चीनेको पनि छैन चीठीसाथको टायेप पोट मैले गरी गराई चीठीसाथ पठाउन लगाएको पनि होईन कैलेको मानिस्ले के हेतुले पठाएको हो सो खुलाउन सक्तीन भनी २०११।६।७।५ मा कागज लेखी दीएको रहेछ।
यो मुद्दा आदेश बमोजिं जीकाई आएको श्री बाहादुर थापा क्षत्रीलाई राखी चीठीसाथ आएको टायेप टीपोट मैलो गरी गराई पठाउन लगाएको होइन ज. मीनार जं भंने मानिसलाई चीनेको पनि छैन भनी कागज लेखी दीएको हुनाले येस विषयमा कारवाई गर्न र कसैलाई केही सजाये गर्न स्मेत पर्दैन मिसील मीसील फांटमा बुझाई दीनु
हरिप्रसाद
प्रधान न्यायाधीश
ईती सम्वत २०११ साल आश्र्वीन ७ गते रोज ५ शुभं