निर्णय नं. ५८९ - बाली लुटपीट
अ.द.नं. ५८९-२०११,
दे./फौ.पु/रीट नं १२०/६६६
नेपाल प्रधां न्यायालय सिङ्गल बेञ्च
अ.नं. ६६६x५५३
मुदा बाली लुटपीट
अपिलाट वादी सु.वे. ताराबहादुर हमालसमेत
विपक्ष प्रतेवादी बुलाल ज्यापु स्मेत
इजलाश
श्री माननिय न्यायाधिश भैरवराज पन्त पाध्या
फैसला
यस्मा लतमान भन्नेले कामायको जगा पश्र्चीं कुलमान ज्यापुले कमायेको जगा उत्तर नरमान ज्यापुले कमायाको जगा दखिं लतमान बाडाले कमायको जगा यती ४ किला भीत्रको चिकंपा भन्ने विर्ताखेत रोपनी ७ मध्ये रोपनी ४ ले गुठी समेत चलाउनु पर्ने जगा प्र. वुलाललाई मोहीयामा कमाउन दियको बाली नतीरी बाकी राखेमा उजुर गर्दा बिगो भराई जगा पजनी गर्न पाउने ठहरी ०५।१२।१५ मा फैसला भै सो जगामा ०६ सालको बाली हामीले लगायको पाकी तयार भएको धानबाली ०६।७।४ गते प्र. बुलाल, सैचा, लालबहादुर ३ जनाले नचीनेका २२ जना खेताला ल्याई लुटी लगे बिगो मोरु ५४६।५० भराई सजाय गरी पाउ भन्ने सु.वे तारा बहादुर विष्नु कुमारीको फेराद,
उजुरीको जगा मोहीया भै कमाई आयको ०६ सालको बाली पनी मैले लगायकोमा बाली वादी ताराबहादुरले लुटी म ऊपर उल्टो उजुर गरेको भन्ने बुलाल, बुलालले लगायको बाली वादीले लुटेको हामीसमेत भै वादी उजुरी बमोजिम लुटेको हैन भन्ने लालबहादुर सैचा समेतको प्रतेवादी,
बुझियसम्मबाट सैचा उपर बादीले झुट्टा उजुर गरेको र बुलाल, लालबहादुरले वादीका १० कर्मको बाली लुटेको ठहर्छ भनी ०७।७।१८ मा सुरु रा.का. फौदारी अदालतले फैसला गरेको, लुटपीट ठहरायमा चीत्त बुझेन भन्ने बुलाल, लाल बहादुरको र सैचाले लुटेको नठहरायमा चीत्त बुझेन भने वादीको समेत अपिल परेमा प्रतिवादी बुलाल, लालबहादुरले बाली लुटेको ठहरदैन यस्मा सुरुको इन्साफ गल्ती ठहर्छ भनी ०८।४।७ मा र सैचातर्फ वादीको अपील परेमा इन्साफ सुरुको मुनासिब भनी ०९।५।१६ मा समेत अपिल पैल्हा फांटले फैसला गरेको,
बुलाल, लालबहादुरले बाली लुटेको नठहरायमा चीत्त बुझेन भन्ने विष्नु कुमारी, ताराबहादुरको नं ५५३ को र सैचा तर्फका पनी चीत्त बुझेन भन्ने तारा बहादुरको नं ६६६ को समेत अपील परी आई तारेखमा रहेका अपिलाट विष्नु कुमारीको वा समेतका अपिलाट सु.बे. तारा बहादुर र ७ दिने म्याद दीझिकाई आएका कुलाललाई राखी पेस हुन आएको यो मुद्दा बुझ्दा का.ई चनेश्वर घर भएका वादीहरुले पाटन हरिसीध्दी नगीचका जगामा १० कर्म गरी बाली लगायको भन्न पत्यार लायकको कुरा नदेखीएकोमा पनी सीङ्गल बेञ्चका आदेश बमोजिम १० कर्म कामको भनी बुझियका सरजमिन मध्ये वादीको १० कर्म भन्ने ९ जना प्रतेवादी बुलाल समेतको १० कर्म भन्ने १२ जनाले लेखी दिएका प्रतवादीतर्फका सरजमिन वालीलुटे भनेका जगाका साद सदियार देखिएका वादी तर्फ भन्दा प्रतेवादीतर्फै वडी सरजमिन देखिनाले समेत प्रतेवादीहरुले लुटपीट गरेको नठहरायको इनसाफ अपिलको मनासिब छ अपिल गरेमा हा.क. १० नं बमोजिम अपिलाटलाई देहाय बमोजिम डण्ड हुन्छ असुल गर्न तहसिलमा लगत दी मिसिल बुझाई दिनु।
का.ई. बानेश्वर बस्ने सु.वे. ताराबहादुर हमालके. बुलाल, लालबहादुरतर्फ अपिलबाट भएको सुरु डण्ड मोरु ३१।३२ को पैला अपिल हुंदा दसौद मोरु ३।१३ र सैचातर्फ अपिल गरेमा सुरुबाट गरेको डण्ड मोरु ३१।२३ को दोश्रो अपिल हुंदा सैक्रा ५ ले मोरु १।४७ समेत जम्मा मोरु ४।७० चार रुपैञा सतरी पैसा थप डण्ड हुन्छ रुजु हुंदा असुल गर्ने -------------------------------------------------------------------------------१
ऐ बस्ने बिष्नु कुमारी हमालनीके बुलाल लालबहादुर तर्फ अपिल गरेमा अपिलबाट भएको सुरु डण्ड मोरु ११।७१ को पैल्हा अपिल हुंदा दसौद मोरु १।१७।१ थप डण्ड हुन्छ वारेस हुदा असुल गर्ने ------------------------------------------------------२
भैरवराज पंत
न्यायाधिश
ईती सम्वत २०११ साल आस्वीण ७ गते रोज ५ सुभं