निर्णय नं. ५९० - अंश
अ.द.नं. ५९०-२०११,
दे./फौ.पु/रीट नं २०१/४०
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं. ४०
जूंला कालीकोट् दरा घोडेवा बस्ने जीरा ठकुर्नि वादी अपिलाट्
ऐ ऐ बस्ने कलबहादुर साही प्रत्यवादी विपक्ष
मुद्दा अंस
ईजलास
श्री माननीय न्यायाधीस भैरवराज पन्त ऊपाध्याय
फैसला
अन्याये वाकल बहादुर र मेरा लोग्ने गोरु साही येका अंतका भाई हुन कलबहादुरले भाइलाई मेरा बाबुसंग मागी गोरु साहीसङ्ग विवाह भै भात भान्सामास्मेत चली मीली आयेको जेठाज्यूका छोराछोरी भै घर सागुरो भयेकाल्ये लोग्ने र म छुट्टा घर्म बसी ससुराकै कमाई खाई आयेका ९६ साल्मा दाखेल खारेज हुंदा ससुराका नामको जगा कलबहादुरका नाऊमा र सालीमान मरी अपताली परेको वंडा धं मल साहीले खायेका छं तापनी ज्मै खलो मेरा लोग्नेका नाममा दाखेल खारेज भयेको बंडा स्मेत सङ्गै मीसाई खायेका लोग्नेका कर्णिले मेरा गर्भबाट छोरा २ छोरी १ जन्मेपछी लोग्ने ४ साल्मा आफना कालगतीले मरेका लोग्नेकै सत्यमा बस्येकी थीञे ६ साल मार्गमा कलबहादुरका नाबालक छोरा मर्दा मेरा घरमा आई लोग्ने पनी टोकी मेरो छोरो पनी मर्यो येस्लाई र येस्का छोराछोरीलाई बस्न दीन हुन्न भनी नीकाली घरमा तालचा लगाई दियेकाले जूंला दोडाहामा आई कराऊदा अंस श्री सम्पती बराबर वाडी खाऊला भनी मीलापत्र गरी मलाई फकाई घरमा ल्यापछी फेरी नीकाला गरे त्पसीलका जगा र अचल सुनाचादी कसंतमं स्मेत फांट ली वंडा छुट्याई पाऊ भन्य स्मेत वादी रहेछ।
बुबा विरजीतको स्वास्नी मेरो आमा हिङकलीका गर्भबाट दीदी र म जंमेको पछी विरजित साही कालगतीले मर्दा आमा अनरुप साही सङ्ग पोइल गई अनरुपका कर्णिले वादीको लोग्ने गोरु साही जन्मेको पछी अनरुप साही मर्दा मुमा सौताने छोरा सङ्ग नमिली गोरुसाथ ली मसङ्ग बस्न आयेकी अैले १५।१६ वर्ख भयो आमा पनी मरेकी आमा छंदै गोरु साही आफ्नो घरमा गयेको नीजले मबाट वंडा नपाऊने गोरु साही दर्ताको जगा सम्म दीऊला भनेको हो घरको अंस स्मेत दिऊला भन्य कुरा लेखने स्मेतको जालसाँजबाट लेखेको हो भन्य स्मेत प्रत्यवादी बयान रहेछ।
दौडाहामा ऊजुरी गरी सक्येपछी डाहा अड्डा मै मीलापत्र गर्न पर्ने घरायेसमा गरायेको कागज अैंले प्रमाण लाग्न र सदर हुन स्मेत नसक्ने अंस पट्टी वादीको लोग्ने येस्को छोरो हो भन्य ठेकां नभै अंसतर्फको बंडा गर्न नमिलने हुंदा खारेज गर्ने स्मेत ठहराई जुंला अदालतबाट फैसला भयेको रहेछ।
मरेको लोग्नेको बाबुको ठेकां मैले लाउन नपर्ने नीजको सखेत भाई भयेको नीजको प्रतेवादीमा सावीत भै लेखेको प्रतेवादीले तारेख गुजारी ईन्कारमा नरहेको वंडा दीउँला भनेको कागज ६ मैन्हाको म्यादमा पास गरी पाऊ भन्य मेरो ऊजुर भयेको भन्य स्मेत वादीको अपिल रहेछ।
वादी ऊजुर खारेज गर्ने ठहरायेको सुरुको इन्साफ सदर ठहराई सल्यां अपिलबाट फैसला भयेको रहेछ।
धं र लोभको वसमा परेका प्रत्यवादीले मरेकी आमालाई अर्काको पोइल गयेको भन्य कुरा लेखेको कुनै असंभव भयेन अैं सवालबाट पनी प्रत्यवादीका पेटबोलीबाट तैकात गर्न पर्ने हुन आयेको कुरामा अर्को ऊजुर गर्न पर्छ भनी खारेज गर्न नमील्ने स्व मीलापत्रको कागज यो अैं सवालले सदर प्रमाण मान्न नहुने भनी फैसलामा कीटां गरी लेखन नसकयेका भन्य स्मेत वादीको अपिल रहेछ।
येस्मा वादीको लोग्नेलाई झट्केलो भनेतर्फ अर्को नालेस दीनु र तेसबाट स्मेत के ठहर्छ ठहरे बमोजिं हुनेछ भनी सुनाई ३५ दींको म्याद दी यो मुद्दा थगीत राखन पर्नेमा मुद्दै खारेज गरेको अैं सवाल छाडी काम गरेको भन्न पर्ने हुंदा अैं छाडेमा सुरु र अपिललाई रु १।१ का दर्ले जरीवाना गर्नु अर्को नालेस दिनू भनी सुनाई तहकीकात गर्दा सम्म वादी अवला स्वास्नी मानीसलाई पिर मर्का पर्ने संभव देखीयकाले निज वादीको लोग्नेको बाबु अनरुप हो की वीरजीत हो तेस कुराको निर्णयको लागी ठाडै वयान गराई जो बुझनु पर्ने सबुद बुझी तेसतर्फ ठहरे बमोजिं गरी यो अंस मुद्दा स्मेत तेसको साथसाथै ठहरे माफीक अैंका म्याद भीत्र फैसला गर्नू हारजीतको ईन्साफ नभै अैं छाडेको सम्म ठहरेकाले र टाडाको रैती हुँदा झगडीया प्रतेवादी झीकाई रहन पर्दैन तोक भयेको जनाऊ दुबैतरलाई दीन र कारबाई चलाऊन स्मेत मीसिल जील्ला अदालतमा पठाऊन सल्यां अपिलमा पठाई दीनु भनी मीसील मिसिल फाँटमा बुझाई अरु त्पसीलमा लेखीया बमोजिं गर्नू।
तपसिल
देहायेमा लेखीयाका देहायेका ज्वांके माथी लेखीया बमोजिं अैं छाडेमा अ.वं. २८९ नं ले भयेको जरीवाना तहसीलमा लगत दीने कलं ---------------------------------१
जुंला अदालतका हाकीं डी. सिवराज पन्त उपाध्या पं.३ नं. लंजुं चीनीके -----।७५
ऐ.का. बी. गणेस प्रसाद उपाध्या ऐ ऐ -------------------------------------।२५
सल्यां अपिलका हाकीं सुबा लोक जंग बहादुर साहा सल्यां के ----------------।७५
ऐ.का.अख. कालीबहादुर भडारी छेत्री जुंला असीदराके ----------------------।३०
ऐ का वी. नेत्रवीर महरजं सल्यां बजारके ----------------------------------।२०
जूंला अदालतका ०८।७।११।१का फैसला र सल्यां अपिलका ०८।११।२६ का फैसलाले गर्ने गरेको डण्ड जीतावरी जरीवाना समेत पछी ठहरे बमोजिं हुने हुँदा हाल क्यै गर्न नपर्ने कलं ----------------------------------------------------------१
भैरवराज पंत
न्यायाधिश
ईती सम्वत् २०११ साल् आस्मीं ७ गते रोज ५ सुभं