• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५९१ - तारेख गुजारी दीयो

साल: २०११ महिना: असोज फैसला मिति :2011/06/08 ८४

 

अ.द.नं. ५९१-२०११,

दे./फौ.पु/रीट नं ९५/१९

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

सा. नं. १९

मुद्दा तारेख गुजारी दीयो


वादी प.३.नं लमजुङ रजसथल डीझीथोक बस्ने नरकुमारी छेत्र्यानी

प्रतेवादी प.३.नं. लमजुङ ढेगेवेसि बस्ने दल बहादुर अधिकारी छेत्रृ


ईजलास

श्री माननीय न्यायाधीश भैरवराज पन्तो पाध्याय

 

फैसला

दलबाहादुरसंगको राजीनामा पास गराई पाउँ भने मुद्दामा सकल तमसुक ली हाजीर हुनु भनि ०९।३।६ को कुन्छा अदालतले तारेख तोकीदियाको तारेखमा जादा झगडीयाले तमसुक खोसिलीयाकोले लुटपीटमा मेरो नालेस परि पास मुद्दाको उसैदीनको तारेख भयेको लुटपीटको ठेगान नगरी पास मुद्दा कीनारा गर्न नहुने भनि श्रावण ५ गते लुटपीट मुदाको तारेख तोकी पास मुदा मुलतबी रह्यो भनि सैछाप गरायेको ०९ साल माघ २६ गते तारेखमा जादा पास मुद्दा डिसमीस भयो भनि डंडमा पक्राउ गरे फैसलाको नकल्ली हेर्दा ०९ साल श्रावण ५ गते तेश्रापटकको तारेख गुज्रेको भनि डिसमिस गरेछन् पास मुडाको तारेख गुजारी लुटपीट मुदामा मात्र तारेख कसरी लीयेहुला तारेख थामि दीनु भंने आदेशपाउ भंने नर कुमारीको बिंतीपत्रमा येस्मा बेहोरा साचो हो र उसै अडामा सोही लीखत लुटपीट मुद्दामा तारेखमा बसिरहेको भये सो तारेख तेश्रा पटकको भयेपनि अैं बमोजिं गरी थामि अैं सवाल बमोजिं गर्नु भनि लेखि पठाई सो लीखत लुटपीट मुदामा तारेखमा छडाछडै उसै अडाको तारेख कसरी गुज्रेको रहेछ मुलतबी राखनु पर्ने मुडा मुलतबी नराखि डिसमिस गरेको हो होईन के के भयेको रहेछ कैफीयत तलबगरी जाहेर गर्नु भंने ०९।११।२६ को आदेश।

लिखतपास मुद्दा र तेसै जरियाबाट उठेको लुटपीट मुद्दा तेस अडालतमा परेको र पास मुद्दामा श्रावण ५ गतेको तारेख गुजारी डिसमिस भयेको हो होइन यकै जरियाको मुद्दा भये मुलतबी राखनुपर्ने नपर्ने केहो भये येकै अडामा २ मुद्दा भयेपछि लुटपीटमा तारेखमा छदै पास मुद्दाको तारेख कति कारणबाट गुज्रेको हो भंने अ. दो.को पुर्जिमा रजिष्टेसन पास गरी पाउँ भंनेको कागज लुटपिट गरी दीये भंनेपछि नालेस परेकाले लुटपीटको नीरोपन गर्नु पर्ने हुंदा सो रजिष्टेसन पास मुडा मुलतबी रहन सकने जेष्ठ ३१ गते तोकीयाको आषाढ ६ गतेकादीन कागजहरु झगडीयाले लुटि लगेकाले नररकुमारीको नालेस परेको देखियाको सो ६ गते नालेस परेपछि सोहि मितिमा पास मुडा मुलतबी राखनु पर्ने सो मितिमा श्रावण ५ गतेको तारेख तोकीदीदा सो ५ गते हाजीर नभयाबाट लुटपीटतर्फ थामने म्याद बाकी हुनाले भाद्र ३ गते नरकुमारीले थामेको र रजिष्टेसनतर्फ दोश्रा पटक गुजारीसकेकाले डिसमीस भयेको मीसिलबाट देखियेको हालवाला हाकींले बाहाल गरेपछि पास मुदातर्फ तारेखमा नरहेको हुदा मिसिलबाट देखयेको बेहोरा लेखि पठायेछु भंने कुन्छा अदालतको ०१०।६।६।३ को ज्वाफ

कैफियत बुझियेबाट ज्वाफ आईसकेको हुनाले  भै आयेका आदेश बमोजिं नतिजा जाहेर गरेका छौ भंने अपिल दोश्राको ०१०।१२।१७ गतेकोजाहेरी फैसला

येस्मा नतिजा जाहेर भयो मीसिल अपिल दोश्रामा पठाउन मिसिल विभागमा बुझाई दीनु

 

 

भैरवाराज पंत

न्यायाधीश 

 

ईति संवत् २०११ साल आश्विं ८ गते रोज ६ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563