• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५९२ - जगा दपोट

साल: २०११ महिना: असोज फैसला मिति :2011/06/08 ९६

 

अ.द.नं. ५९२-२०११,

दे./फौ.पु/रीट नं २२३/२९

नेपाल प्रधां न्यायालय सीङ्गल बेञ्‍च

सानं  

मुदा जगा डपोट


वादी

सुर्जे प्रसाद पाध्या धा.ई लामीडाडा जीउतपुर १

प्रतेवादी

झंकनाथ पाध्या धा.ई लामीडाडा जीउतपुर मधे बज्रकोट


र्इजलास

श्री माननीय प्रधां न्यायाधीस हरी प्रसाद प्रधां एम.ए. बी. यल.

 

फैसला

येस्मा प्रतेवादीका जीजुबाजेले अघी कानेटार भंने पखो कुसविर्ता पायेका रहेछं सो जगापानी खेत बनाई नीजका बाबुबाजेका पालादेखी आजसम्म खायेका रहेछं सो कुरामा नीजस्मेतका नाउमा मैले बींतीपत्र दीयै ६ साल बैसाक २७ गते बयां गर्दा मेरा बयांबाट छुट भयको पुर्व दनुवार गैरीर खुदी दोवाने पछीं झंपली साध उतर अमले रैकर दछीं दोभाने रैकर येती ४ कील्ला भीत्रको कानेटार पाखो जगा मकै बीज अंदाजी ।१० जाने जगा दबाई खायेका र सोही ४ कील्लाभीत्र माझमा खोलो सादहुदा जती जती खोलो सरुवा भयो उती उती मेरो भनी २००३ सालदेखी नीजैका पालामा सुध्द माले बगर भनी अंदाजी खेत मुरी ।२० बीराई दरां तीरां नगरी खाने गरेकाले अंदाजी खेत मुरी ।२० को साल १ को ठेक रु. ५ का दर्ले ३ साल देखी ०५ सालतकको ठेक रु १५ दबाई खायेकाले नीजस्मेतले कमाई राखेको पानीखेत नापीबाट ठहर भये बमोजीं पाखा जगापनी घरदर गरी आठासरह तीरो लगाई सो खेत पाखा जगा पोलाहाका अैं बमोजीं गरी पाउ भंने वादी रहेछ।

कालेटार भंने जगातर्फ छुटै म्याद आयेकाले उसतर्फ छुटै बयांदीने हुदा यो नालेसमा लेखीयाको जगाको हकमा रैकर हैन वीर्ता हो यो जगास्मेत उपर पटक पटक मुदा पर्दा बीर्तै ठहरी थामीयेको फैसला नक्कल छ वादीले दुख दीनालाई झुटै उजुर गरेको हो भंने प्रतेवादी रहेछ।

यस्मा ६१ साल श्रावण २८ गते हुकुम मर्जी बकसेको सनदको नकलबाट धेरै बर्षदेखी प्रतेवादीहरुले वीर्ता भनी भोग गरी आयेको हुनाले रु ५००। मा भद्रकान्तले भोग बंधक खायेको सीवनाथको खंडबाहेक वीर्ता थामी बकसेको देखीयेको र येती वीर्ता बीर्ता थामीयाको भनी नखुलेका हुकुं बकसेको सनद बमोजीं वीर्ता थामी बकसेको देखीयाकाले दबाई खायेको ठहर्दैन बीर्तै जानी भोग गरेको ठहराई धादीं अदालतले जाहेरी फैसला गरेको रहेछ।

साल ६१ को हुकुं प्रमाङ्गी हेर्दा सीवनाथको खंडबाहेक अरु बेचबीखं बंधक राखने स्मेतको हामीबाट बीर्ता थामी बकस्यौ भंने लेखीयाको देखीयाको र येती ४ कील्लाभित्र येती भंने नखुलेको हुनाले बीना घरदरबाट तेसै थामीदीदा चापी खान पनी सक्ने र बराबर उजुर परी रैती दुनीञालाई पीरमर्का पर्न जाने हुदा येस अडाबाट घरदर गर्न पठायेमा ८।३।६ मा भै आयेका घरदरमा घर ७ को बीज ।५।४।७ कायें भै आयेको र खेततर्फ पनी आजैका मीतीमा वीर्ता थामी येस अडाबाट फैसला भयेको हुनाले र फैसला प्रमाङ्गीस्मेतबाट सो ठाउमा प्रतेवादीहरुको वीर्ता भयाको हुनाले वीर्ता नै थामी दी बकसनु पर्ने हुदा वीर्ता थामने ठहराई जाहेर गरेको सुरुको ईन्साफ मुनासीव ठहराई अपील दोश्राले जाहेरी फैसला गरेको रहेछ।

येस्मा साधकद्वारा पेस हुन आयेको यो मुदा बुझदा ६१ सालका हुकुं प्रमाङ्गीले वीर्ता थामीयेको देखीयेको र घरदर मुचुल्काबाट बीज ।५।४।७ कायैं भै आयेको देखीयेको खेततर्फ पनी आजैका मीतीमा वीर्ता थामीदीने ठहरी फैसला भयेको हुनालेसो ठाउमा प्रतेवादीहरुको वीर्ता भयाको देखीनाले घरदर मुचुल्का बमोजीं घर ७ को वीज ।५।४।७ को जगा वीर्ता थामने ठहराई सुरुको सदर गरी अपीलले छीनेको ईन्साफ मुनासीव ठहर्छ मीसील मीसील फाटमा बुझाई दीनु।

 

हरि प्रसाद

प्रधां न्यायाधीस 

ईती संवत् २०११ साल आस्मीं ८ गते रोज ६ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563