निर्णय नं. ५९३ - बाली लुटपीट
अ.द.नं. ५९३-२०११,
दे./फौ.पु/रीट नं ४०९
नेपाल प्रधां न्यायालय सिंगल बेञ्च
अपिलाट हेरालाल महर्जंको सकार गर्ने आस थकु महर्जनि ल.पु.ई बलम्बु हाकेननी
विपक्षि धनचा महर्जं ल.पु.ई बलम्बु हाकेननि
मुद्दा बालि लुट्पिट्
इजलास
श्री माननीय न्यायाधीश भैरव राज पन्तो पाध्याय
फैसला
येस्मा अन्यायेवाला मेरो सहोदर दाजुको छोरा भयेको ८३ सालमा दाजु धंविरसंग छुट्टी वंडागरी भोगी आयेको मेरो हकको पाटी पछाडीको तीर्जामा वीयाडोल भन्ये लेषियेको माटोमुरी ।१२ मे.ज. केन्द्र सम्शेरको षांङ्गीमा दरीयेको जगा ०८ सालको गहुँबालि ८ साल ज्येठ १२ गतेका दिं म ................ हर आयेका बषत १०˟१२ ज्वां षेताला हालि निज धंचाले बालि लुटि लगेकाले बिगो मोरु ४६ भराई सजे गरी पाउँ भन्येस्मेत बेहोराको हेरालाल्को बाडि रहेछ।
............. वाडिस्मेतले मलाई निकाला गरिदियेकोले स्वास्निस्मेतले बक्स पायेको बलंबु षापडी टोलमा बसनगयेको अघि नै अंसवंडा भयेको भनि निसालिनाको निमित्त झुट्टा नालेसगरेको हो मैले वाली लुट्पिट् गरेको छैन सो जगा येलेचाले बाडिस्मेतको मंजुरीबाट काट् कटानि अडाबाट षटायेका .......... डिंमा गै कांगर्ने रकं तिर्नेगरी कमाउन दीयेको हुदा वादीको दसकर्म पनि हैन मैले लुटेको पनि छैन झुट्टा उँजुर गरेमा वाडीलाई नै सजाये गरी पाउँ भन्ये स्मेत धंचाको प्रत्येवाडी रहेछ।
श्री मेज केन्द्र सम्सेरका षाङ्गीमा दर्ता भयेको वियाडोल षेत ९० सालदेषी प्र धांचाले मगनिमा कमाउँन दियेकोले वादीलाई सालको १।५ धां बुझाउँने कागजस्मेत गरीदियेको सरकारी रकं सालसालै तिरी लियेको रसिद् वादीलाई दीयेको छु ८ सालको गहु बाली मैले दसकर्म मैले काटी षायेको छु वादीको दसकर्म प्रत्येवादीले लुटेको हैन बाडीको दाबि झुट्टा हो भन्येस्मेतस्मेत यलेचाको वयां रहेछ।
येस्मा जगामा वाडीको हक छ भनि प्रत्येवाडि सावितै भयेकोले जगा वादिका भागमा परेको भै जगा वाडिको हक हुन आयेको लुट्पिट्तर्फका हक्मा वालि येतेचाले कमायेको देषीयेकोले वाडी दावि बमोजीं प्रत्येवाडीले लुट्पीट् गरेको ठहर्दैन भन्येस्मेत ८।११।१६ को रा.का.फौ अ का हाकीं विचारीको फैसला रहेछ।
वाडिले मेरो १० कर्मको बालि लुटेको भनि लेषेको मा वाडिको दसकर्म नभै प्र को भनाई बमोजिं येलेचाको दसकर्म देषियेको प्र. ले बालि लुटेको नदेखियेपछी जगाको हक बेहक गर्न सरोकार नपर्ने भन्येस्मेत व्यहोराको अ.दी.रत्न बहादुरको रायपर्चा रहेछ।
यिचाडोल षेतमुरी।०२ अंसमा परेको भन्ये वंडापत्र दिन नसकेको प्रत्येवादिले जगामा खिचोला गरे भनि सुरु देवानीमा कोर्टफी राखि नालेस उजुर परेको पनि नदेषियेको बाली लुटीषायो भनि प्रत्येवाडि उपर झुट्टा नालेस उजुर गरेको ठहर्न आयेको बंडापत्र बेगर सो जगा वाडिको अंसभागमा परेको भंन मुनासिब नपर्ने हुडा अपि रत्नबहादुरको राये मुनासिब हाकिं नासु कृष्णप्रसाद वि. हर्ष सेषरको फैसलामा वाडीको भागमा परेको भन्ये लेषेको सो गल्ती ठहर्छ केही उल्टिमा हाकिं विचारीलाई मो.रु.१ जरीवाना गर्ने भन्येस्मेत वेहोराको ९।८।१ को अपिल दोश्रा फाट्को फैसला रहेछ।
अपिल दोश्रा उपर हेरालालको अपिल परी सकार गर्ने आस थकुलाई राषि पेस हुन आयेको येस मुद्दामा बालि लुट्पिट् गरेको भन्येतर्फ बालि वाडिले लगायेको भन्ये नदेषि येलेचाले लगायेको येलेचाले षायेको भन्ये देषि प्रत्येवादिले लुटेको सबुड् प्रमाणबाट देषिन नआयेको हुनाले प्रत्येवाडि धंचाले लुटेको सबुद प्रमाणबाट देषिन नआयेको हुनाले प्रत्येवाडीले लुटेको भंन मुनासिब नभयेको जगातर्फ कोर्टफी राषी नालेस गरी आयेको मुद्दा नहुनाले र बालि लुट्पिट् गरेको नठहरेकाले हाल जगातर्फ तैकात गरी रहनु नपर्ने हुनाले इन्साफ अपिल दोश्राफाट्को मनासिब छ ईन्साफ पारी छीन्ने हाकिं उपर अपिल गरेबापत सुरु डंड मोरु ४।६० को हा.का. १० नं ले सो डंडको सैकरा ५ ले हेरालालको सकार गर्ने आस थकुके मोरु ।२३ डंड हुन्छ रुजु हुडा अैं बमोजिं गर्नू भ.अ.त.फौ. फाट्मा लगत डी मिसिल मिसिल फाट्मा बुझाई डीनू।
भैरव राज पंत
न्यायाधीश
इति संम्वत् २०११ साल आश्र्वन ८ गते रोज ६ शुभम्