निर्णय नं. ५९४ - मुचुल्का बडर गरी जगा सदर गरी पाऊ भन्ये
अ.द.नं. ५९४-२०११,
दे.फौ.पु/रीट नं. ४००/१०२०
नेपाल प्रधान न्यायालय दिभीजन बेञ्च
ठा. नं.
उजुरवाला वादी धंकुटा छथर बंचरे बस्ने लीलबहादुर भटराई
विपक्ष प्रतेवादी
धंकुटा अदालत ईलाका छथर बंचरे बस्ने थरी सीवप्रसाद अचार्ये १
ऐ ऐ बस्ने सु. जुवान ध्वज लीम्बु १
ऐ ऐ बस्ने बीस्नुमाया सुवेडनी बाहुनी
ऐ ऐ बस्ने नन्दलाल सुवेदी १
मुदा मुचुल्का बडर गरी जगा सदर गरी पाऊ भन्ये
ईजलास
श्री माननीय न्यायाधीस प्रदिप्त मानेम्वर नेपाल तारा ले.ज. प्रकाश सम्सेर जङ्ग बहादुर राणा
श्री माननीय न्यायाधीस भगवति प्रसाद सींह राजपुत बी एस सी. बी. एल.
फैसला
यस्मा ५० सालमा बाबु भरतसींका नाँउमा दर्ता भै भोग गरी आयेको ९७ सालका नापीमा कान्छा बाबु कुल बहादुरका नाउमा दर्ता भयेको र सोही धुरि छुटमा बढ भनी मेरा बाबु मानध्वजका जेजति बाबुको नाउँमा मकै ब्यू पाठी ।१ को रु ।८० घरधुरि साफा रु ।६ स्मेतमा दर्ता भै बाबु छंजेल बाबुले र तेसपछी म स्मेतले लागेको तीरोतीरी धुरि खडा राषी भोग गरेको ४ कीला भीत्रको गैरि भन्ये रैकर वारी जगा अघि आमाबाबुले खायेको कर्जिस्मेत रु १६०० मा बाबुनाताका भरत सींकै नातीहरु रीतुमानलाई ०६।११।१९ मा रजीष्टेसं पास गरी भोग बंधकी डी अधीयामा मैले कमाई मलजल गरी मकै छर्ने टायेंमा जुवान ध्वज नन्दलाल सीवप्रसाद स्मेतका जालपेचबाट प्रती चौर भन्ने बोली पारी चारकीलामा पनी ठाउँ ठाउँमा परकपारी वीच बीचैबाट सरजमीं मुचुल्का खडा गरी लगेको म्याद तासदा था भयकाले ६ थुंमालमा गै दर्खास्त दीदा हक बेहक गर्न जानु भनी सुनायेकोलेनालेस गर्न आयेको छु मुचुल्का बडर गरी दर्ता भोग तीराको जगा सदर गरी पाउँ भन्ये स्मेत वादी रहेछ।
वाडिका बाबु मानध्वज दर्ताको जगा नीज वाडी स्मेतलाई ली ९९ साल्मा बसै गयेकोले रैती भर्ना नभयेसम्म म थरी सीवप्रसादले षापी षाईराखेको दुर्गाप्रसादले अैंन बमोजिं ४ डां ठेकी राखी मसंग माग्न आयेकाले ०७ सालको बाली खाने गरी नीज दुर्गा प्रसादलाई भर्ना गरी चलानी दीयेको छु वादीले डाबी गरेको जगा बाडीका बाबु मानध्वजका नाउमा दर्ता भयेको होईन सो ४ कीलाभीत्रको जगा प्रती बाझो चौरहुदा मैले चलं गरी आयको धुरि खडा गरी बस्न नरलालले माग्न आयकाले जीम्माबाल जमानध्वज साछी राषी ०४ साल्मा चलानी गरी दीयकाले घरधुरि खडा गरी बाझो फोरी अवाद गरी नन्दलालाले खाई आयकोले हाल अवाडीमा दर्ता गराई दीन पर्ने भै जी जमानध्वज सीवप्रसादस्मेत भै ६ थुंमाल्मा द्रखास्त दीयकाले सरजमीं बुझदा नन्दलालका नाउँमा दर्ता हुने भनी मुचुल्का गरी दीयकाले वाडी दाबी बमोजीं दर्ता जगा दीयको हैन मानध्वजको जगा नन्दलाले चलनीबाट पायको जगादेखि दषीं पस्चींको कुना यति छुटै छ सो पनी माथी लेखिय बमोजिं चलनी डीसकेकोले बाडीको हकडाबी पुग्ने हैन हक नपुग्ने जगा बंधकी डीन पाउँने हैन थरी सीव प्रसाद जीम्माको जगा नीजले चलं गरी आयको नीजले चलनी दीन पाउँने नन्दलाललाई चलनी डीयकाले म पनी साछी बसी हाल अवादीमा दर्ता गराई दीनु पर्ने भयेकाले म जुवान ध्वज स्मेत भै द्रर्खास्त दीयकाले वाडीका बाबुको दर्ता जगा नन्दलालले चल पायको हैन मानध्वज बसैगयकाले नीज दर्ताको जगाको थरि सीव प्रसादले म जीम्मावाल मानध्वजलाई तीरो तीरी आयको ०७ साल्मा दुर्गा प्रसादलाई चलनी गरी दीयकोले सो जगामा पनी वाडीको डाबी पुग्ने हैन माथी लेषीयका जीम्मावाल थक्र्याई भीत्रको पट्बाझो थरिले भोग गरी आयको जगा मध्ये म नन्दलाललाई चलनीदीयको ४ कीला भीत्रको जगामा धुरि खडा गरी बस्नु हुने हुदा ४ डां थेकी राखि ०४ साल्मा चलनी गराईली रु २०० षर्च गरी घरधुरि खडा गरी भोग गरेकाले हाल अवाडीमा दर्ता गर्ने जीम्माबाल स्मेतले मालमा द्रखास्त दी सरजमीं हुडा मेरा नाऊमा दर्ता हुने ठहरि मुचुलका भयका मुचुका गर्ने सरजमीं ऊपर ऊजुर नभयको मानध्वज दर्ताको जगापनी माथी लेखिय बमोजिं दुर्गा प्रसादलाई दीयकोले सो जगामा पनी बाडीको डाबी नपुग्ने म वीस्नुमाया जगामा गै षीचोला गरेको छैन झुठा डाबीबाट फुर्सत पाउँ भन्नेस्मेत नन्दलालस्मेत ४ जनाको यौटै प्रतेवादी रहेछ।
वादीले पक्रेको जगा पटवाझो हुडा सो ४ कीला भीत्रको जगा सीवप्रसादले चलनी गरीदीयबाट नन्दलाले धरि खडा गरी ०४ सालदेखि तीरो भोग गरेको छ वादीको बाबु मानध्वजका दर्ता रु ।८६ तीरो लागेको जगा नीज मानध्वज छोरा स्वास्नीस्मेतली बसै गयेकाले तालुकदारले तीरो गरी आयको थरिलाई ४ डां ठेकी राषी ०६ साल्मा चलनीली भोग गरी आयको छट सो जगा मेरै सडर गरी पाउँ भन्नेस्मेत दुर्गाप्रसाद बयां रहेछ।
वादीले पक्रेका ४ कीला भीत्रको गैरी करवारी जगा वादी लील बहादुरका बाबुका नाउँमा दर्ता भयको नीजमरि लीलबहादुरको हक भयकोले रु १६०० मा ०६।११।१९ मा रजीष्टेसं पास गरी बंधकी डीयकाले ०७ सालको बालीदेषी बालीलगाई तीरो थरि दुर्गाप्रसादलाई बुझाई रसीद लीयको छु बाझो उँकास जगा हैन दुर्गाप्रसादलाई चलनी गरी दीये भनेको जगा र नन्दलालले अखाड गरे भनेको जगास्मेत वादीले प्रक्रेका कीला भीत्रै पर्छ सो जगामा वादी र वादीको बुढीआमास्मेत घरमा बसेको छ बन्दकि थैली नतीरेसम्म बंधकीमा भोग गर्न पाउने गरी पाउँ भन्येस्मेत सु. रीतुमानको वयां रहेछ।
बाझो जगा अवाड गरी घरधुरि खडा गर्दा बाडीको जगा भये उँजुर गरी रोका गर्न सकनुपर्ने उँजुर गरेको छु भनी वाडीले भंन नसकेको वाडीको बाबुको दर्ताको जगा भये थरिजीमा मालले चलन पुर्जि गरीदीनु र हाल अवाडीमा दर्खास्त गर्न नपर्ने द्रर्खास्तस्मेत परीसकेको बाझो जगा मानध्वज दर्ताको भनी भन्न नसकेकोले वैरानी जगामा घर बनाई बसेकाले वाडीले उँजुर नगरेको भंनुपर्ने नन्दलालले चलनी पायको प्रतीजगा घर नीजकै सडर ठहर्ने र मानध्वज दर्ताको जगा घरको हकमा वाडीका बाबु यस ठाउँमा बसै गयको भंन र सबुद प्रामण गुजार्न नसकेको माललाई भयका सवाल बमोजिं मालमा द्रखास्त दी दर्तावाला हकदारका नाउँमा म्याद तासदा कवोल नगरे कबुल गर्नेलाई दीनु पर्नेमा म्यादै नतासी वेरितसंग दुर्गा प्रसादलाई चलनी गरी दीयको भंये रैतीको दर्जा जगा जान्छ भंन नहुने हुदा वाडीको बाबुको दर्ता जगा वाडीले खान भोगन पाउँछ रीतुमानलाई भोग बंधकी लेखि दीयको भंन्य वाडी लेखाई भयेपनी वाडीका बाबुआमाले पायको लेखत पेस गर्न नसकेकाले कुराकै भरले पास भयको लेखतले जगा भोग गर्न पाउँछ भंन मनासीब नपर्ने सो लेखत उपर उँजुर नहुडा रु १६०० को लेखतमा वीचार गर्न नपर्ने लील बहादुरका बाबुको दर्ता जगा नीजले खान पाउँने हुडा दुर्गाप्रसादले चलनीबाट पायेको भनी अवउप्रान्त भोग गर्न पाउँदैन भनी सुनाईदीने र तेस्ताठरी जीम्मावालले वेहीसाबसँग पजनी गरेको ठहर्छ भनी ०८।२।३ मा धंकुटा अदालतबाट फैसला भयको रहेछ।
रैकर जगा तीरो भरो गर्नु पर्ने तीरो गरेको रसीद वाडीले प्रमाण दीन नसकेको ९९ सालमा बसै गयेबाट खापी खायको ०७ साल्मा पजनी गरी दीनु लीनु गरेको भंन्य प्रतेवादी भयको जगा पजनीका ४ नं ले थरि जीम्मा बालले सुकंबासी अैं नआयेसम्म खापी खान पाउँने देखियको बसै गयेकोमा माललाई भयेको सवालले म्याद तासनुपर्ने रैती घरमा रहेबसेकोमा पजनी गर्न सम्म म्याद तास गर्नु पर्ने तीरो गरेको रसीद नदीय उँजुर गर्नु पर्ने गरेको नदेखियकोले बसै गयको भंन्य देखियको र सो जगाको तीरो थरिले खापी जीम्मावाललाई तीरो भरो गरेको रसीद प्रमाण दीयको सो रसीदमा मानध्वज बसै गयेको भंन्य लेखियकोले तीरो भरो नगरी बसै गयेकोमा हालमात्र आई तीरो भरो गरेको भनी वादीले झुठै जीकीर लीयको र अदालतले गल्टी गरेको ठहर्छ नन्दलाल दर्ता भयको भंन्यतर्फलाई बाझो जगा चलंडी मालमा द्रर्खास्त गरी दर्ता हुने ठहराई मुचुल्का भै आयको सो मुचुल्का गर्ने उँपर उँजुर गर्न नसकेकोले बाझो जगा दर्ता हुने हुदा उँजुर नगरेको भंन पर्ने भै ईन्साफ सुरुको मनासीब भनी ८।६।७।१ मा धंकुटा अपिलबाट फैसला गरेको रहेछ।
९९ सालको अधकति रसीद देखियको पहाडतर्फलाई अधकट्टी रसीद २००० सालदेखि सबै मालले दीनु भन्य ९९ साल्मा खड्गनीसाना भयको नकल दाषील हुन आयेकोले ९९ सालको अधकट्टी रसीद पेस गरेकाले साचो वेवारको रसीद भंन नहुने तेस्तो मानीसले कृते गरेन भंन पनी नसकेको ९९ सालको रसीद नकर देषीयकाले अरु रसीद साचो भंन नहुने हुनाले ईन्साफ अपिलको मनासीब भनी प्रधान न्यायालय चौथा फाटले ०९।५।२६ मा फैसला गरेको रहेछ।
वाडी लील बाहादुरले दीयेका वीन्ती पत्रमा भयका आदेस बमोजिं दायर भयको यो मुदा बाडीको वा रीतुमान प्रतेवादी वारेसस्मेत भयका नन्दलाललाई राषी बुझदा।
वादीदीडा तीरो गरेको रसीद छ भनी प्रमाण दीनै नसकेकोमा हुलाकद्वारा प्रमाण दीन छुट भयको भनी २००५,२००२ साल्को रसीद नकल प्रमाण दीयेको प्रधान न्यायालय चौथाफाटमा पेस गरेको सकल रसीदसंग भीडाईन्दा २००२ सालको सकल रसीदको सीरमा जीला गौडा छथरे बंचरे रैती ११, २००२ सालको तीरोभंन्य र हुलाकद्वारा पेस गरेको रसीद नकलमा जीला मौजासालको तीरो भंन्य लेखि रैती ११,२००२ साल नलेखि सकल नकल फरक परेको र २००५ सालको रसीदमा २००५।९।२६।२ मीती लेखियको यो पौष २६ गते रोज १ भै नमीलेको मौकैमा भयको सडे वेवारको रसीद भए माथी लेखिय बमोजिं सकल नकल र मीतीबार फरक पर्दै नपर्ने फरक परेको कारं कुनै वादीले दीन नसकेको प्रतेवाडीले वाडीकाबाबु वाडीस्मेतली बसै गयेको भनी ०७।४।२९।१ मा प्रतेवादी दीयको रसीद पेस गर्न नसकेमा बसै गयेको सबुड पुग्नजाला भ्न्य संझी बसै गयेको छैन भन्ये सबुड पुर्याउन नीमीत कुनै कीसींबाट वाडीमा प्रमाण दीन नसकेको पछी रसीद खडा गरी ०७ साल आश्र्वींमा हुलाकद्वारा पेस गरेको हुदा लेखिय बमोजिं फरक पर्न गयेको भंन्य देखिन आउने र ९९ सलदेखिको सबै रसीद सुरुमा हुलाकद्वारा प्रमाण दीदा पेस गर्न नसकी २००२, २००५ सालको रसीदसम्म सुरुमा प्रमाण डी अरु प्रधान न्यायालयमा मात्र पेस गरेको रसीद देखियेको सो प्रधान न्यायलय चौथा फाटमा पछी पेस गरेको मध्ये ९९ सालको रसीदका गोर्खा मालले अधकटी नआयकाले जाहेर गरेकोमा गोर्खापत्र छापाखाना बुझी सो अधकट्टी रसीद छापी जीला मालहरुमा चलां भै ९९।११।६ सम्म पठायको नदेखिनाले २००० सालका बालीदेखि अधकट्टी रसीद चलाऊनु भन्ये स्मेत कानुन वीभागबाट आयेकोखड्गनीसाना तोक सदर नकलबाट देखियकोले छापाखानाबाट रसीद छापी चलांन नहुदै अघी ९९।११।३ को छापा फाराम रसीद पेस गरेकोले सो रसीद पनी साचो वेवारको भंन नमीलनेमा पनी जसबाट रसीद पायेको भनी पेस गरेछ तीमानीसले प्रतेवाडी डीडा वाडीस्मेतली वाडीका बाबु बसै गयको भनी कीतानी साथ प्रतेवाडी डी राषेको देषीनाले स्मेत सो रसीदहरु सडे बेवारको नहुनाले संगै षाली भयको धुरि जगा थरि जीमावालले दुर्गा प्रसादलाई दीयको र थरिवाट नन्दलालले चलनीमा अवाद गरेको भनेको घरजगाका हकमा पनी सुरुले हाल अवाडी गरेको ठहराई फैसला गरेमा बंधकीमा लीने साहु रितुमानले आफु थैली परेको मानध्वज दर्ताको जगा सो स्मेत भयको भये आफ्नु थैली सो जगास्मेतबाटै उँपर गर्नु पर्ने यका हकको जगा अर्काको ठहरायेपछी चीत्त बुझाई बस्ने नपर्ने नन्दलालको हाल अवाडी ठहरायमा चीत्त बुझायको र भै आयेको नकसामा झगडा परेको जंगामा बनेको घर वाडीले यौटै भनेको प्रतेवादीले पुर्व पश्र्चीं ढोका भै पश्र्चीं पट्टी दुर्गाप्रसाद र्व नन्दलालको भनी लेषायको नकसाबाट पुर्व पश्र्वीं ढोका भै पश्चीपट्टी दुर्गा प्रसाद पुर्व नन्दलालको भनी लेषायको नक्साबाट पुर्व पश्चीं ढोका देखियको नन्दलालले हाल अवाड गरेको हो वा हैन पुरानो जगा हुडा वाडीले भोग गरी आयको छ दुर्गाप्रसादले चलनी लियको र भोग गरेको था छैन मानध्वज बसै गयको पनी था छैन नन्दलाललाई प्रतेवादीले जबरजस्ती घरमा राषेको छ घरधुरी यौटै भयको झाझमा बारेको भन्येस्मेत ३१ जनाले र नन्दलालले हाल अवाडी गरे घरधुरि षडा गरी बसेका र दुर्गाप्रसादले मानध्वज दर्ताको जगा रकं कलं चलाई भोगेको छ भन्येस्मेत २० जना सरजमींले लिखिदीयको वादीको वारेस रीतुमानले नन्दलाल जवरजस्ती घरमा वसे भंन्येस्मेत वीन्तीपत्र डीयको जबरजस्ती घरमा बसको भये वाडीबसेको घरमा प्रतेवाडी जबरजस्ती बसेको भये यो यस्तो कीसींसंग धंमाल राषी बसी भोग गरेको घरमा यो यस्तो कीसीमबाट नन्दलालले भोग गरेको भनी सबुड प्रमाण दी उजुर गर्न सक्नु पर्ने सो गरेको छ भंन नसकेको र माथी लेखिय बमोजिं २० जना सरजमींले नन्दलालले घर बनाई बसेको भनी लेखिदीयकाले जबरजस्ती घरमा बसेको भंन नहुने सो घरमा वाडी डावी बमोजिं वादीस्मेत बसेको नदेखि प्रतेवाडी बसेको वाडीका वारेसका वीन्तीपत्रबाटस्मेत देखिदा ईन्साफ प्रधान न्यायालय चौथा फाटको मनासीव डोहरायमा उँजुरवाला लीलबाहादुरलाई सुरु डंड मो.रु ३।३० को हाकींका नाउँमा कराउँनेका ११ नं ले दसोद मोरु ।३३ तेतीस पैसा डंड हुन्छ वारेस हुडा अैंन सवालको रीत पुर्याई असुलगर्न अदालत तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु।
भगवती प्रसाद सींह प्रकाशशम्सेर
न्यायाधीस न्यायाधीस
ईती सम्वत् २०११ साल आश्र्वीं १० गते रोज १