• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५९५ - जगा पजनी

साल: २०११ महिना: असोज फैसला मिति :2012/06/11 ९८

 

अ.द.नं. ५९५-२०११,

दे./फौ.पु/रीट नं ६७९/४३६

नेपाल प्रधान न्यायालय डीभीजन बेञ्‍च

ठा. नं. ५५


नीवेदक वादी ल.पु.इ. खेकना लाछीटोल बस्ने जगत बहादुर श्रेष्ट

वीपक्ष प्रतेवादी ल.पु. इ खोकना थलाछे टोल बस्ने मोहीनाइके लाल डंगोलस्मेत


मुद्दा जगा पजनी

इजलास

श्री माननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एमए बीएल

श्री माननीय न्यायाधीस भैरवराज पन्त पाध्या

 

फैसला

येस्मा मेरा बाजेका पालादेखी मैलेस्मेत भोगेको खोकना फैसगीतको वु भन्‍ने खेतको ८७ साल देखी सालको कुत धान १।१८ गहु ।३ का दरले बाकि छ भनी प्रतेवादी लाल र बाजीलालले जाल गरी लप.पु. मालबाट मलाई पक्राउ गरेकोले सो बाली बाकिमा पक्रन पाउने हैन भनी मैले तो.नं. २०५ को बीन्ती पत्र दीदा पावंरीपोट फाट्का नाउमा तोक प्रमाङ्गी भै सो अडाबाटजगा जाची सरजमीन बुझी मोहि पत्ता लगाई बाकि बालि तहसील गर्नु भनी ल.पु. माल्मा पठाई दिने भनी २।४।१२ गते पर्चा खडा गरीयेकोमा उश बखदेखि ल .पु. मालबाट कौनै कारबाई गरी नदि प्रतेवादी हरु मीलि बीच बिचमै बाली बाकिको म्याद टासि टसाई श्र्व बाली बाकि भनेका जगा लिलाम बिक्री गरी गराई मालकै सि दान बाहादुरलाई पजनी गरी सो बालि बाकिमा ६।३।१४ गते मालबाट मेरो घरजगा जायेजात गरी लगेकोले बुझदा सो जगा नीज दान बहादुरकै दाजु डील्ले मगरले कमाई  नीज मरि बाली बाकिमा मलाई मोहि भनी टाश गराई जगा पजनी गरी बाकिमा मेरो जायेजात गरेको बूझीयेकोले पावंरी पोट फाटको पर्चा बमोजीं कारबाइ नगरी मेरा नाउ मोहीयानी दर्ताको खेत मुरी ।७ सालका २ खलास्मेत लीलाम बीक्री गर्न ७।३।२६ गतेको तारेख मुकरर गरी ७।३।६ गते दीं २१ को म्याद टासी बेहीसाब गरेकोले टासमा मेरो जगा लीलां गर्न रोका गरी रीपोट् फाट्का पर्चा बमोजीं कारवाई गराई जगा पता लगाई सो जगा खानेबाट बाकी उपर गराई पाउ भन्‍ने जगत बहादुरको वादी,

वादी घासी डोका रकंको जाइके भयेको र वाडीमा लेखियेका फेतगीं जगा  सो घाति डोका रकंको रकमी खाली भयेको भनि वादीले खापी खाई आयेकोले वाडीलाई मोही लेखाई दीयेको हुं २।१।२० का फैसला उपर अपील गर्न नशकेकोले वादी झुट्टा हो भन्‍ने मो.ना. लालडंगोलस्मेतको प्रतेवादी,

रैतान दर्तामा २।१।२० का फैसला बमोजीम जगत बहादुरका नाउमा दर्ता भन्‍ने लेखिराखेको अकर्ण दीयेकोले नीजका नाउमा सो बाकि बुझाउनु भन्‍ने टास टासेमा रुपैञा र उजुर स्मेत म्यादभीत्र नआयेबाट ९।२।११ गते लिलाम हुदा ९५।९६ साले २ को वालितीरी कमाउन सी पदं बाहादुरले सकार गरेकाले नीजका नाउमा खतं भै वाकीमा डोर खटायेमा नीजको १० थां माल जायेजात भै आयेको लगत हेर्दा सो २ खला जगा देखीयेकाले २१ दीने म्याद टासी ७।३।२६ गते लीलं भै गयेको लीनु पर्ने ली बढी भये जती नीजको दर्खास्त पर्न आयेमा फीर्ता दीने गरी धरौटीमा आंदानी बाधीयेको छ सो जगा नीजको नभये मालले गरेको २।१।२० का फैसला उपर उजुर गर्नु पर्ने झुट्टा नालेस गरेको भन्‍ने नासु जगलालको रीपोट,

रीपोटफाट्का पर्चा बमोजीं कारवाई नगरी मेरो जगा टाश गरेको भन्‍ने मेरो नालेस परेको छदै मेरो जगा लीलामं गरे भन्‍ने जगत बहादुरका बीन्तीपत्रमा यो उजुर स्मेत सो मीसिल्मा मेल राखी बुझी अैंन सवाल बमोजीं चाडो कीनारा गरी दीनु भन्‍ने हुकुं प्रमाङ्गी,

सरजमीं बुझी जस्ले  जगा कमायेको ठहर्छ उसैबाट अैंन सवाल बमोजीं गरी बाली असुल गर्नु भनी ल.पु. माल्मा पठाउने ठहराई २।४।१२ गते पावंरी पोट्फाटले पर्चा गरेको सो बमोजीं कारवाई मालले गरेको मीसिल पत्ता नलागेकोले सो पर्चा बमोजीं कारवाई गर्नु भन्‍ने वा सो बमोजीं गर्नु पर्दैन भन्‍ने नीकासा पाउ भनी अपील तेश्राले ८।१२।२७ गते जाहेर गरेमा ठहर किनारा नगरेमा रु ।१६ जरीवाना गरी मीसील अपील तेश्रामा पठाउने भनी ९।३।३ गते प्रधान न्यायालय दोश्रा फाट्बाट तोक भयेको,

की नं २८० मध्ये धां १।१८ गहुँ २।४ तीरो लागेको खला जगा २।१।२० का फैसला बमोजीं हाल्मोही जगत बहादुर ठहरेको भन्‍ने लगतमा लेखेको अकर्ण बमोजीं हालवाला हाकीं जंगलालले लीलाम गरेको अडा सबंधी कारवाइ बेजाफता गरे भन्‍ने दाबी झुट्टा ठहर्छ २।४।१२ का पावंरी पोट फाट्का पर्चा बमोजीं सरजमीं बुझी हाल मोही ठहराने येकीं गर्नु पर्ने नभयकोले दोहराई बीचार गर्न मालपोत तथा वन वीभागमा पठाउन योग्य संझींछ भन्‍ने १०।४।१२ गते अपील तेश्राले जाहरी फैसला गरेको,

माल अडा उपरको तालुक पावंरीपोट फाट्का पर्चा बमोजीं नगरी सो भन्दा अघीको फैसला बमोजीं भन्‍ने लगतबाट अपीलाट्को जायेजात लिने गर्दा न्याय नपर्ने संभव भयेकोले सो पर्चा बमोजीं गर्नु भनी मीसील र अपीलाट्स्मेतलाई ललीतपुर मालमा पठाईदीनेस्मेत ठहराई ११।८।२५ गते प्रधान न्यायालय सीङ्गल वेञ्चवाट फैसला गरेको मालका हाकींस्मेतका उपर परेको उजुरहुदा मालमा कारबाइ गर्न पठाउने गरेमा चीत्त बुझेन न्यायालयबाटै कारवाइ गरी पाउ भन्‍नेस्मेत जगत बहादुरको बीन्तीपत्रमा लीलां भयेपछी फैतगीनकोवु भन्‍ने जगाको तीरोको हस्ते असुल भयेको रहेछ बुझने र मालको सी दानबहादुरलाई झीकाउन भन्‍ने आदेस बमोजीं श्रेस्ता बुझीयेको सी दानबहादुरले तारेख गुजारको बेहारा पेस हुदा मुदा दोहराउने नीस्सा नीवेदकलाइ दी झगडीया लाल डंगोलस्मेतलाई झीकाई हाजीर भयेपछी मालको हाकीं नासु जंगलाललाई सुचना दी झीकाइ दुवैथर झगडीया राखी डीभीजन बेंचमा मुदा पेस गर्नु भन्‍ने आदेसबमोजीं पेस हुन आयेको यो मुदा नीवेदक जगत बहादुर र झीकीयेका झगडीया मो. नाइके लाल डंगोल तपु डंगोल र सुचना पाइ आयेका नासु जंगलाल मास्केलाईस्मेत राखी बुझदा २००६ साल श्रावण १२ गतेको पहाड बन्दोबस्त रीपोटफाट्का पर्चा बमोजीं सरजमीन बुझीयेको नदेखीयेकोले ललीतपुर माल साछी राखी ललीतपुर अदालतबाट सो पर्चा बमोजीम सरजमीनस्मेत जो बुझनुपर्ने वुझी बुझनलगाई अैंन सवाल बमोजीं कीनारा गरी दीनु भनी मीसीलै अपील तेश्राफाटमा पठाई दीनु येस्मा कसैलाई केही गर्नु पर्दैन ।

 

भैरवराज पंत                      हरिप्रसाद  

न्यायाधीस                         प्रधान न्यायाधीस 

फाट्वाला वी. होमराज

इती सम्वत् २०१२ साल आसीण ११ गते रोज ३ सुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563