निर्णय नं. ५९६ - कागज दिलाई पाऊ
अ.द.नं. ५९६-२०११,
दे.फौ.पु/रीट नं. २०४/३६५
नेपाल प्रधान न्यायालय डीभीजं बेञ्च
फौ. अ. नं. ३
का.ई. बालाज्यू गौरीगाऊ बस्ने मान बहादुर बखती छेत्री वादी अपिलाट
ऐ ऐ पैञाँटार बस्ने टेक्बहादुर वाखति छेत्री प्रत्यवादी विपक्ष्य
मुद्दा: कागज दिलाई पाऊ
ईजलास
श्री माननिय न्यायाधीस प्रदीप्त मान्यवर नेपाल तारा ले.ज. प्रकास सम्सेर जङ्ग बहादूर राणा
श्री माननिय न्यायाधीस महेन्द्र बहादुर महत छेत्री
फैसला
अन्यायेवाला बाबु टेक्बहादुरसङ्ग ९६ साल्मा छुटी बेगल भयेको सर्बेबाट नापिहुदा बाबुको बाबुकै नाऊमा र मेरो मेरै नाऊमा दर्ता छ म टयांमा जागिरे भयेपछि हिन्दुस्थां खटिजान परेकोले अंसवंडाको कागज् र श्र्व जगाको तिरो तिरेको रसिद थां ६ स्मेत भर्पाई गराई वावुलाई राखनदियेको हिन्दुस्थांबाट फर्कि घर्मा आई बाबु जीम्माको कागज माग्दा भाईसङ्ग परेको बाली लुट्पीट् मुद्दा मिलाऊन पर्छ अनीमात्र श्र्व कागज दिऊला भनेकोल्ये म्यादभीत्र नालेस गर्न आयेको छु भर्पाई बमोजिंको बंडापत्र रसिदहरु दिलाईपाऊ भन्यस्मेत वादी रहेछ।
प्रत्यवादीले अर्जि गरी अर्जिको म्याद गुजारी बस्येकाले वादी दाबीको ७ थां कागज दिनपर्नेस्मेत ठहराई रा.का.दे. पै बाट फैसला भयेको रहेछ।
म्याद थामिने बिन्तिपत्र अडामा छदै मलाई जनाऊनदि १ तर्फी फैसला गरे भन्यस्मेत प्रत्येवादीको निवेदंमा अपिलली अैं सवाल बमोजिं गर्नु भन्यस्मेत आदेस रहेछ।
मलाई जारीमुद्दा लागी गाऊबाट जारीखत्मा निकाल्येकाले बालाज्यू गैरी गाऊको घरछोडी धर्मथली पैञाटारमा घर बनाई जगा ज्मीं ली बस्येको वादीपट्टीका भाई आमाहरु सगोलमै छं मसुती मस्त निदायेको मौका र असख बेरामी बेहोस भयेको अवस्था थीचाई राखेको भये नमालुं तेश्र्व भये खास कृतेगरेको भर्पाईहोला साथै ९६ सालमा भीन्न भयेको भये ९७ साल्मा स्पेनी नानी सङ्ग कर्जा लीयेको तंसुकमा र २ साल्मा हेरामानसङ्ग कर्जा लीयेको तंसुकमास्मेत सगोलको छोरा भनी फट्के साछी बस्नै नपर्ने बसेकोबाट पनी वादी दाबी झुट्टा ठहर्ने वादीकै माईला भाईको र वादीको श्र्वास्नीको लुट्पीट् मुद्दामा न्यायालय चौथा फाट्बाट मुन्सीखाना मार्फत लेखौट् गरी पठायेकोमा मेरा भाई साने बखतीबाट २ साल श्रावण मैनामा अंसवंडा भै छुट्टिबस्येको कागजका हक्मा घरसार्मा भयेकोल्ये वंडापत्रको कागज् केही नभयेको भन्यस्मेत बेहोराको हिन्दुस्थानबाट ०५ साल पौष २८ गते लेखी पठायेकोबाट पनी वादी दाबी झुट्टा हो भन्यस्मेत प्रत्यवादीको अपिल रहेछ।
श्र्व भर्पाई येस्ले लेखेको भन्यपनी नखुलेको अरु धंमाल नगद् सुना चाँदी श्र्वास्नीको जीम्मामा राखेकोले कागजपत्र पनी श्र्वास्नीकै जीम्मा राखनसक्ने म बेरामी भयेको मौका का.दे.को उचालट्मा लागी गरायको होला केही परीबन्धबाट झुक्याई गरायको भये मलाई थाहा छैन भन्येस्मेत प्रत्यवादीको वयान रहेछ।
भर्पाई लेखने मानीस मैले नाउ नजानेका बाबुले चीनेको ठमेलटोल भन्दा केहीदखिं पट्टि नेवार्को घरमा लगी नीजै वावाले भर्पाई लेखाऊन लगाई स्हीछाप गरी दियेका हुं महीन्द्र स्वर्ग गयेको मौका भाईले वाली लुटेछन र श्वास्नीले ऊजुर गरेकोमा भाई साने बखतीबाट छुट्टीयेको बंडापत्र छ छैन भनी श्र्वहानी भयेकोमा भाईसङ्ग वंडापत्र नभै तेसै छुट्टियेको भनी ज्वाफ दीयेको वावुसङ्ग वंडापत्र भयेको हो हैंन भनी मलाई नश्र्वधेकोल्ये वाबातर्फको केही लेखीदियको छैन तापनी बाबाले वंडापत्र गरी छुट्याई दीयेको देखने जान्ने गुरु प्रोहीत साछी सर्जमिंस्मेत बुझे प्रष्टै जाहेर हुने बाहीरि खेतीगरी साहुहरुबाटस्मेत फर्स्यौट भैबस्येको बाबु भाईले बदमायेसी गरी नलगायेको रिं बोकाउने जालसाजी नीयद लीयेको माष्टर दुर्गा प्रसादलाई उठाई मलाई पक्राउ गरी बेईज्जत गरेमा ऊजुर परेको मुद्दा फौज्दारीमा छ सद्दे भर्पाईलाई जालसाँजी कृते भनेमा सजाये गरी पाऊ तंसुकमा साछी बस्येको मलाई थाहा छैन भन्यस्मेत् मानबहादुरको वयान रहेछ।
टेकबहादुरको ल्याप्चेस्ही माष्टर दुर्गाप्रसादलाई चचाउदा मील्दैन भनी लेखीदियेको माष्टर दुर्गाप्रसाद झगडीया हुँदा अर्कैलाई जचाई पाऊ भनी वादीले विन्तिपत्रस्मेत दियेकोल्ये माष्टर सिव बहादुरलाई जचाऊदा पनी मिल्दैन भनी लेखीदियेकोले वादीले दाखेल गरेको सकल भर्पाई नै जाल्साजी कृते देखीयेको र ९६ साल्येता वादीको बाबु टेकबहादुरले वेवहार गरी कर्जा लीदा पनी वादी येका घरको भनी लेखीदियेको तंसुक नकलबाट देखीयेकोबाट ९६ साल्मा छुट्टियेको बंडापत्र कागज् रसिद दीलाई पाऊ भन्य कुरा साचो नदेखीने अरु धंमाल श्र्वास्नीको जिम्मा दिनेले कागज पत्रमात्र बाबुको जिम्मा दियेको भन्य कुरा पत्यार लायेक नदेखीने हुँदा वादीले झुट्टा ऊजुर गरेको र सुरुले गल्ती ईन्साफ गरेको ठहर्छ भनी अपिल पैलाबाट फैसला भयेको रहेछ।
माष्टर दुर्गप्रसाद मेरो झगडीया भन्य मैल्ये प्रमाण डीसकेपछी नीज माष्टर दुर्गाप्रसादलाई श्र्वास्ही छाप जचाउने नहुनेमा जचायेकोबाट मिल्दैन भनेपछी मेरो ऊजुर पर्दा ख. सिव बहादुरलाई जचाउने कुरा झगडीयाले थाहा पाई माष्टर दुर्गा प्रसाद मार्फत ख सिव बहादुरलाई मिलाई मिल्दैन भनी येस्तो जालपेचबाट श्र्व भर्पाईको स्ही मिल्दैन भनी लेखी दियेबाट अन्याये भयो अडाका हाकींले जाची अर्को माष्टरलाई स्हीछाप जचाईपाउ म येकाघर्को भनी स्हीछाप गरेको तंसुक भनेकोमा श्र्वतंसुक मलाई देखाई सुनाई निरोपण गरी साचो ठहरेमात्र श्र्व प्रमाण लगाऊने पर्ने अरु धंमाल श्र्वास्नीको जीम्मा दि कागजपत्र बाबुको जीम्मा लगाऊन नपर्ने भन्ये लेखेकालाई गरीबको घर्मा १ सरो चलंको माल भाडा वर्तन चलं गर्न चाहीने हुँदा कागज पत्र भर्पाई राखन दियेको हुं भन्ये स्मेत अपिल उपर वादी मान बहादुरको अपिल रहेछ।
प्र. टेक बहादुरको फा न. २० मा रहेको ५।५।१३ को भर्पाईमा लागेको ल्यापचे स्हीछापसङ्ग श्र्वही फा.नं. २२ मा रहेको अपिल पैलामा ७।६।१७ मा गरेको वयानमा लागेको स्हीछापसङ्ग भीडाऊदा श्र्वदुवै स्हीछाप प्रष्ट र ऐउटै औलाको हो भनी श्र्वदुवै स्हीछाप मील्छ भनी मा. विस्णु नीधीले राये लेखेको रहेछ।
स्पेनी नानीसङ्गको ९७ साल आस्वीं २९ गतेको रु ८१। को र हिरामान श्रेष्ठको २।९।४।३ को रु ९९।५० को सकल तंसुक झीकाई पेस गर्नु भन्य श्री मानीय न्यायाधीस महेन्द्र बहादुर महत छेत्रीको आदेस रहेछ।
प्र.ले प्रमाण दीयेको ६ साल्को बाली लुट्पीट् मुद्दाको मीसील वा श्र्वमुद्दाको फैसला नकल झीकाई आदेस बमोजिं साहुबाट झीकाई आयेको वादी येकाघर्को भनी स्हीछाप परेको भनेको श्र्व तंसुक सद्दे कृतेमा सुनाऊन र सद्दे कृतेमा जचाऊन पर्ने भयेमा मा. विस्णु नीधीलाई जचाई पेस गर्नु भन्य सीङ्गल बेञ्च श्रीमाननीय न्यायाधीस प्रकास सम्सेर जङ्ग बहादुर राणाको आदेस रहेछ।
तंसुकमा लेखीयेका साहु र बाबु टेक बहादुरस्मेत मीली जाल्साँजी कृते खडा गरेका हुं भन्य वादी मान बहादुरको र सद्दे साचो हो जाल्साजी कृते हैन वादीको स्हीछाप तंसुकमा लागेको सहीछापसङ्ग भीडाई पाऊ भन्य प्र. टेक बहादुरको सद्दे साचो हो जाल्साँजी कृते हैन भन्यस्मेत् साहु हिरामान स्पेनीनानीको वा. रत्नप्रसादस्मेतको वयान रहेछ।
फा.नं. २ तारेख भर्पाईमा लागेको मान बहादुरको स्हीछापसङ्ग धनी कृस्न कुमारीलाई ९७।६।२९ मा टेक बहादुरले गरीदीयेको द्रीष्टी बंधकी फट्टा तंसुकमा साछी खंडमा लागेको ल्यापचे स्हीछापसङ्ग भीडाऊदा दुवै येऊटै औलाको हो मील्छ रिणि टेक बहादुर भयेको २।९।४ मा हिरामानलाई गरी दीयेको तंसुकमा साछी खंडमा लागेको मान बहादुरको स्हीछाप भनेको अप्रष्ट हुँदा भीडाउन सकीदैन भनी मा. विस्णू निधीले राये लेखेको रहेछ।
फाटवाला वीचारी आनन्द बीलासले झगडीयाको मोलाहीजामा लागी अैं वीरुध्द गरे भन्येस्मेत साहु हीरामानको नीवेदंमा देवानी वीभागबाटै नीवेदकको कागज गराई मिसिल साथ राखी पेस गर्नु भन्य श्री मानननीय न्यायधीस प्रकास सम्सेर जङ्ग बहादुर राणाको आदेस रहेछ।
मोलाहीजा भन्यसब्द भुलबाट लेखी नगयेकाले सबुददीन खुलाऊन सकदीन अैंसवालले जो ठहर्छ भन्य साहु हीरामानको कागज् रहेछ।
यो मुद्दा डीमीजं बेञ्चमा पेस गर्नु भन्य श्रीमाननीय न्यायाधीस भगवती प्रसादसिंहको आदेस रहेछ।
माष्टर विस्णुनीधीले जाचेकोमा चीत्त बुझेन सिव बाहादुर र दुर्गा प्रसादहरू अरु माष्टरलाई जचाई पाऊ भन्यस्मेत प्र. टेकबहादुरको निवेदन रहेछ।
भर्पाईको स्हीछाप जचाऊन डील्लीमा पठाऊन वादी प्रत्यवादीले रु २०५ दाखेल गर्न १५ दिंको टायेंम दीनु भन्य डीभीजं बेञ्च श्री माननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान श्री माननीय न्यायाधीस भगवती प्रसाद सिंहको आदेस रहेछ।
डील्लीमा स्हीछाप जचाऊन पठाऊने दाम वादीतर्फको दाखेल गर्नल्यायेको छु भनेको प्र. टेकबहादुरले दाखेल गर्न सकदीन भनेको ज्मैदाम तीमी दाखेल गर्ने हौ की भनी वादीलाई डीभजं बेञ्च श्री मानननीय न्यायाधीसज्यूका रोहवरमा श्र्वधनी गर्दा प्र टेक बहादुरले श्र्व मेरो भाग रुपैञा दाखेल गर्न सकदीन भन्य र बादी मान बहादुरले पनी सबै मैले मात्र दाखेल गर्न सकदीन अैं सवाल बमोजिं जो हुनुपर्ने हवोस भनी कागज लेखीदियेको रहेछ।
येस्मा प्र. टेक बहादुरको भर्पाईको स्हीछाप मिल्छ भनी क.प. वीस्णु नीधीले लेखेको भयेपनी श्र्वस्ही छाप मिल्दैन भनी मा. दुर्गा प्रसाद सिव बहादुरहरुले लेखीदियाका प्र. टेक बहादुरले स्पेनीनानीलाई गरी दीयेको तंसुकमा येकाघरको छोरो मान बहादुर भनी फट्केमा साछी बस्येको श्र्वस्हीछाप मान बहादुरको स्हीछापसङ्ग मील्छ भनी क.प. वीस्णु नीधीले लेखीदीयाको आदेस बमोजिं डील्लीमा स्हीछाप जचाऊन पठाऊन प्र. टेक बहादुरले फीस दाखेल नगरेको वादी मान बहादुरले पनी सवै दाखेल गर्न सक्दीन भनी कागज् गरीदियाको निजै मान बहादुरको श्वास्नीले देवर साने उप्पर दियाको ऊजुरीमा बजदा बंडापत्रस्मेत छैन भनी निज मान बहादुरले हिन्दुस्थांबाट कागज लेखि पठायेकोबाटस्मेत सुरुको ईन्साफ ऊल्टाई छीनेको ईन्साफ अपिल पैलाका मनासिब कोर्ट फी रहेकोल्ये स्पेनी नानी हिरामानबाट दाखेल भयेको तंसुक जाल्साँजी कृते भनेतर्फ वादी मानबहादुरलाई केही गर्न पर्दैन आदेस बमोजिं ईजलासबाट भये गरेकोमा विचरीलाई आछेप लगाई निवेदंमा वडी कुरा लेखेमा का.ई. वालाज्यू बस्ने प्रत्यवादीको पेट्बोलीबाट बुझीयेको साहु हिरामानलाई रु १। येक जरिवानागरि तहसिलमा लगत दी मिसील मिसील फाट्मा बुझाई दिनू ।
महेन्द्र बहादुर प्रकाशशम्सेर
न्यायाधीस न्यायाधीस
ईती सम्वत् २०११ साल् आश्र्वीं २७ गते रोज ४ सुभं