• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५९७ - घर

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/25 ९९

अ.द.नं. ५९७-२०११,

दे./फौ.पु/रीट नं २४८/८३६

नेपाल प्रधान न्यायालय सींगल बेञ्‍च

अ.नं ८३६


अपीलाट बादी जील्लै बुटौल तप्पे धनौरा मौजे तौलीहवा बजार बस्ने गढु कहार

विपक्ष प्रतेवादी एै एै औधराम बरही


 

मुदा घर

ईजलास

श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षत्री

फैसला

यस्मा पंचायतका ३ नंका अैंले पंचायतले हेर्न नपाउने अमिनीले हेर्ने मुदा पंचायतले हेरी फैसला गरेको खारेज हुने ठहर्छ अमीनीमा नालेस गर्नु भनी वादीलाईसुनाईदीने भंन्यस्मेत ०१०।५।१८ मा बुटौल अपिलले फैसला गरे उँपर तीरोको हीसाबबाट कंरु ३० घर भत्कायको बीगो कंरु ६५ लेखयकोले कंरु १०० भन्दा घति बीगो भै पंचायतले हेर्न पाउने भंन्यस्मेत बादीको  अपिलपरि आयको यो मुदा बुझदा चन्द्रे गीरीबाट राजीनामा गरी लीयेको घडेरी जगामा षीचोला गरे चलं चलाई पाउँ भंन्यस्मेत बादीको डाबी भयको चन्द्रे गीरीबाट बादीले रु ९०१मा राजीनामा गराई लीयको मीसीलबाट देषीन्दा हदमाथीको मुदा पंचायतले हेर्न नहुने हेरि छीनेको खारेज गर्ने गरेको ईन्साफ बुटौल अपिलको मनासीव रैतीलाई दोहरा नालेस दीनु पर्डा मर्का पर्ने पंचायतको गल्टीले कारवाही गरी फैसला फैसला गरेको देषीन्दा फैसला र कारबाई वडर गरी दुवैथर झगदीयालाई जनाउँ दी झीकाई बादी प्रतेबादीसम्म कायें राषी अरु अैंन बमोजिं सबुद प्रमाण बुझी ठहरे बमोजिं तहकीकाट गर्नु भनी मीसील अमीनीमा पठाउँन अपिलमा पठाई दिनु अपिलाट बादी गढु मकहारके ईन्साफ पारी छीन्‍ने हाकींका उपर अपिल गरेमा सुरुले डंड गरेको नहुडा हाकींका नाउँमा कराउँनेका १० नं ले तजबिजी कंरु १ यक डंड हुन्छ तारेखमा बस्न नपर्ने गरी बुटौल अपीलमा १०।९।६ मा धरौट राषेको देषीनाले सो ढरौटि रुपैञा सदरस्याहा गर्नु भनी पुर्जि गर्न लगत दीनु ।

 

 

न्यायाधीस 

ईती संवत् २०११ साल भाद्र २५ गते रोज ६

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563