• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५९८ - मुदा हेर्न नहने मुदा हेरो

साल: २०११ महिना: असोज फैसला मिति :2011/06/29 ९६

 

अ.द.नं. ५९८-२०११,

दे./फौ.पु/रीट नं ५६०/२५८

नेपाल प्रधान न्यायालय सींगल बेञ्‍च

दा. नं. २५८


अपीलाट भ.पु.ई. ठीमी चोडेटोल बस्ने रत्‍नबाहादुर सुवालस्मेत

वीपक्षी का.ई.डील्लीबजार बस्ने जानुका देवी ऊपाध्यानी  


मुदा हेर्न नहने मुदा हेरो

ईजलाश

श्री माननीय न्यायाधीश प्र मान्येवर नेपाल तारा ले.ज. प्रकाश शम्शेर जंगबाहादुर राणा

 

फैसला

     मेरा नाउँमा ठीमी वाफेरा १४८५ नं का पोतामा दर्ता भयाको भ.पु. सर्वे २७ नं मौजा की नं १३८७ को सावीक २/२।। नाप ठहर ३।।।२ जगा बीचमा आलीसम्म राखी यौटै मोही बाबुबाजीले कमायाको पानी जलै वाकी नतीरी बाकी राषेमा नालेस गरी बाली कुतमा जगा पजनी गर्ने भयेकोमा बाली कुतमा जगा पजनी नभयाबाट ७ सालको बालीदेखी जगा म आफैले कमायाको ०८ सालको धांवाली ८ साल आखाड ९ गते खेत रोपन जादा प्रतेवादी ३ जनाले आई मैले रोपेको बीउँ उखेलिदीयेकोले सोधदा यो जगा ख दान वीलाश खरेलसँग ठीमी ग्राम पंचायेत्मा नालेस गरी हामीले जीतेको छ भनेकाले ठीमी ग्रामपंचायेत्मा नालेस गरी हामीले जीतेको छ भनेकाले ठीमी ग्रामपंचायेतमा एै.१० गते छोरालाई नकल मागन पठाउँदा कुरासम्म बताईदीएको पंचायेत्ले अै वीरुधी कार्य गरी डील्लीबजार बस्ने ख दान विलाश खरेल्को नाउमा म्याद टासी नीज खरेल मैले चीनेजानेको पनि छैन मेरा दर्तातीराको जगामा बीच बीचका मानीशका नाउँमा नालेसगरी पंचायेतले बादी दाबीको १।३ को दामासाहीले धां १।१२ को माल्को भाउँले मोरु २००। बीगोको झगडा हुने पंचायेतका अैले १०० देखी बडी बीगोको मुदा हेर्न नपाउनेमा  झुट्टा मानीश अजमाई नालेस गरेमा अं २ जनालाईर सो नबुझी बेहीशाव गरेमा पंचायेतलाईस्मेत सजाये गरीपाउँ भन्ये जानुका देवी उपाध्यानीको ०८।४।११।५ को वादी रहेछ।

म रत्‍न बाहादुर नातीया श्रेष्टका नाउँमा ठीमी वचाको ४०/३६१ नं का पोताको भ.पु. सर्वे २ नं मौजाको की.नं. १३८८ को सावीक ।।।/ तपठहार २ऽ।। भयेको जगामा वादीको लोगनेका फाजलपरी पचंबाट नीजको मोही भै कमाउँने हर्क बाहादुर रायामाझीले पोता सावीक ।।।/ मात्र बाकी राषी १३/।। जगा जबरजस्ती गरी बाली लगायेकोले अंन्याये भयेका कुरामा हामीले ठीमी ग्रामपचायेत्मा नालेश गरेको सम्म हो नीजको घरमा समनैहासेन भन्येहकमा का.ई. डील्लीबजारमा ख दानवीलाश खरेल भन्ये आर्को छ भनी देखाउँन नसकीयर थरसम्म फरक पर्दैमा समनै नटासेको नठहर्ने नापीले दीयेको पुर्जा बमोजीं चारकीला भीत्रयेकै नम्बर भयेको जगा अंनादीज १३।। झीकी १३८७ नं को जगामा मीलाई दाबी लीयेको वादीको जगा हर्कबाहादुरले कमाई आयाको वादीले कमाई आयाको होईन।

तेसो नभये हर्क बाहादुरलाई पंचायेत्ले टासेको म्याद मा हाजिर नभै चुपलागी बस्नु नपर्ने हर्कबहादुरले फैसला उँपर बडर गराउनेतर्फ  उजुरबाजुरै नभयेको वादीको जगा हर्क बाहादुरले कमाईरहेकै हुँदा वादीको जगा वादीको नाउँमा दर्ता भयेपनी काम कारवाई भोगस्मेत बादीको लोग्ने ख दान वीलाशले गरी आयाको ख दान वीलाशले उजुर गर्न नसकेको झुट्टा मानीश अजमाई नालेश गरेबाट भयेको पंचायेतको फैसला बदर होश भंन्ये उँजुर लयेक नठहर्ने साछी सरजमीं जो बुझनु पर्ने बुझी ठीमी ग्रामपंचायेतको फैसला सदर थामी पाउँ भंन्ये कृश्‍न बाहादुरको वा भै रत्‍न बाहादुर श्रेष्टको ०८।५।१९।३ को प्रतीउत्तरपत्र रहेछ।

थीमी ग्रामपंचायेतबाट ०७।९।७ गते येकतर्फीबाट फैसला भयाको फैसला स्हीतको प्रमाणको मीसील अतेबाट बुझी आयाको रहेछ।

जानुकादेवीका नाउँमा दर्ता भयाको जगामा खीचोला गरे भंन्ये र ख दान वीलाशका नाउँमा उजुर परी दर्तावाला जानुकादेवीका नाउँमा उँजुर नपरेकोमा पचायेत्बाट तैकात गरेको ठीमी ग्रामपंचायेत्बाट देखीयेको अघिको मीसील्बाट देखीयेको येकाको नाउँको दर्ताको जगा येका नाउँमा उँजुर परी तैकात भयेको देखीनाले यो पंचायतमा उजुर परी ०७ साल पौष ७ गते ठीमी ग्रामपंचायेतले छीनीयेको मुदा अवं १११ नंले खाज हुने भयेकोले येस अडामा परेको मुदाबाट कसैलाई केही गर्न नपर्ने अपील तेश्राको ०९।१।१९ को फैसला रहेछ।

म रत्‍नबाहादुरको नाउमा दर्ता भयाको रोपनी २ऽ॥मध्ये १३।। जगामा ख दान वीलाशको अराउँ भनी हर्क बाहादुरले खीचोला गरो भनी खीचोला गर्ने उपर नालेस गरेको जानुका देवीका नाउँको दर्तामा ख दान वीलाशको नाउँमा परेको उँजुरबाट हकैजाने गरी फैसला गरेको होईन नीजहरुका नाउँमा अैंको रीतपुर्वक म्याद टास गरेकोमा म्याद गुजारी बसेकोले पंचायेतबाट फैसला भयेको सम्महो यस्मा १११ नं अैं लागन नसकने ख दान वीलाशले म खरेल होईन उपाध्या हुं भन्ये सम्म नकल पायेको छैन भनी आफु उँपर लागेको (अमको ........................) बाट फुरसद लीन खोजेको देखीयेकोस्मेतबाट पंचायेतबाट भयको फैसला सदर थामी पाउँ भन्ये कृश्न बाहादुरको वा भै रत्न बाहादुरले ०९।२।२६ मा दीयाको अपील रहेछ।

यस्मा ख दान वीलाश खरेलको नाउमा उँजुर परी दर्तावाला जानुका देवीका नाउँमा उँजुर नपरेकोमा पंचायेतबाट तैकात गरेको ठीमी ग्रामपंचायेतबाट आयेको मीसीलबाट देखीयेको येकाका नाउको दर्ताकोजगा येकाका नाउँमा उँजुर परी ०७।९।७ गतेमा ठीमी ग्रामपंचायेतबाट छीनीयेकोले अवं १११ नं ले खारेज गर्ने गरी अपील तेश्राले ०९।१।१९ मा फैसला गरेको ईन्साफ मुनासीब देषीयेकोले अपील दोश्राको ईन्साफ मुनासीब छ ईन्साफ पारी छीने हाकीं उपर अपील गरेमा कोर्टफी रही दायेर भयेकोले केही गर्नु नपर्ने गरी यो मुद्दाको मीसील अ त मी फाटमा बुझाई दीने।

 

 

 

प्रकाश शम्सेर

न्यायाधीश 

 

ईती सम्वत  २०११ साल आश्वीं २९ गते रोज ६ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563