निर्णय नं. ६३१ - जगा बाली
अभिलेख दर्ता नं ६३१
२०११ सालको मि.नं ७६९/१०३८
नेपाल प्रधान न्यायालय फुल बेञ्च
ठा.नं.१०३८
मुद्दा: जगा बाली
निबेदक हनुमाननगर अमीनी इलाका प्र.खालीसा मौजे बासमुढा बस्ने रामसुन्दर झा माहापात्र व्राहम
विपक्ष हनुमाननगर अमीनी इलाका मोटरी बस्ने सुर्जेनारान झा मैथील
मुद्दा: जगा बाली
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए.बी.एल
श्री माननीय न्यायाधीश प्र.मा.ने.ता. ले.ज. प्रकाशशम्सेर ज.वा.रा.
श्री माननीय न्यायाधीश भैरवराज पन्तोपाध्या
श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिंह राजपुत बीएसि बी.एल
फैसला
यस्मा मेरा बाबा बलदेवका नाउमा दर्ता भएको बाबु मरि मेरो हक भएको सुर्जेनारायण झाका घर दखिं नं १७२२ को जगा बीगहा ।४।।। मध्ये S।।। जगामा सुर्जेनारानको जगामा नीज नुनुलालले हात ११ को ग्वाली घर बनायो बाकि ।४ जगा सुर्जेनारानले १२ सालको बाली देखि चलान गरेकाले बीगो भराई पछि बनायेको घर उठाइ जगा सदर थामी पाउ भन्ने रामसुन्दरको बादि रहेछ ।
बादीका बाबु बलदेब झासंग मेरो बाबु जदु झाले १७२२ नं जगा खरीद गरेको छ दर्ता सरी भोगी खाई आएकोछु मेरो खरीदि हक भोग भन्ने सरजमीन बुझे देखिने रसिद कागज अगलागीमा परेकाले बिन्तिपत्र दिएको छु १।२।३ साल तक्को रसिद मसंग छ ०३ सालको नापिमा विलेवन्दी एरीमा मैले उजूर दिएबाट नापि दर्ता मेरै हुने १७२२ नं लीएको साधको १७७१ मा पनी केही पछि लीएको ।।३।।२ न् १७२२ मा बास छैन केहि मेरो मोटरीको जगा परी नापि भएको छ मेरो ९३ नं मा बास छ ननुलालको बास छैन बढिदावी झुट्टा हो भन्ने समेत बेहोराको सुर्जेनारानको प्रतेबादि रहेछ ।
नापि डोरले सरजमीन गर्दा जगा प्रतेवादिकै भन्ने ठहराई सुर्जेनारानकै नाउमा दर्ता गरी दिनु भनी तोक लेखि पठाएको नकलबाट देखिएकाले बादिले झुट्टा उजूर गरेको ठहराई हनुमाननगर अमीनीका ले सोमध्वजले ५।२।२१ मा फैसला गरेको रहेछ ।
स्व फैसलामा चित्त बुझेन भन्ने रामसुन्दरको अपील परेकोमा नहर पोत पनी तिरेको देखिएबाटस्मेत जगा बादि रामसुन्दरकै ठहराई ५।३।१८ मा सप्तरी अमीनका का.मु. अडि.ऋखिरामले फैसला गरेको रहेछ ।
स्व अपीलको फैसलामा चित्त बुझेन भन्ने बेहोराको सुर्जेनारानको अपील परेकोमा इन्साफ सुरु अमीनीकै मुनासीब ठहराई ७।२।१६ मा प्रधान न्यायालय बक्यौता फाट्का कर्णेल तोरण शम्सेरले गरेको फैसला रहेछ ।
इन्साफ जाची पाउ भन्ने बेहोराको रामसुन्दरको बिंतीपत्रमा ०७ सालमा छीनीएको भए जाची दिनु भन्ने बेहोराको ८।९।४।४ मा प्रधान न्यायाधीशबाट आदेश भएको रहेछ ।
यो मुद्दा फुल बेञ्च खडा भएपछि पेस गर्नु भन्ने ९।५।१० मा सिङ्गल बेञ्चबाट आदेश भएको रहेछ ।
निवेदक रामसुन्दरको वारेस वनवारी र बिपक्ष सुर्जेनारानको वारेस यझमानसमेतलाई राखि पेस हुन आएको मुद्दा बुझदा हनुमाननगर मालबाट आएको जवाफ हेर्दा ९८ साल देखि ०२ साल सम्म सप्तरी चन्द्रनहरबाट आएको २ नं को फारांमा १७२२ नं को ।४।।। जगा बदि रामसुन्दरको बाबु बलदेवका नाउमा सो नहर पटवीको २ नं को लगतमा दर्ता भएको देखिएको र ०३ सालमा कसैका नाउमा दर्ता भएको नदेखिएको ०४ साल्मा स्व नं १७२२ को ।४।।। जगा बादि रामसुन्दरकै नाउमा दर्ता कायेम रहेको देखिनाले दर्ता तीरोबाट बादिको हक भोग भएको जगामा प्रतेबादीको ठहराउन कानुनले इन्साफमा नमीलने भएको हुदा प्रधान न्यायालय बक्यौताको इन्साफ गलती भै सप्तरी अपीलको इन्साफ मुनासीव ठहरछ तपसिलका मनीसलाई तपसिल बमोजिं गर्नु भनी तहसीलमा लगत दि मिसिल मिसील फाट्मा बुझाइ दिनु
तपसिल
प्रधान न्यायालय बक्यौता फाट्को इन्साफ उल्टी भै सप्तरी अपीलको इन्साफ मुनासिव भएकोले न्यायालय बक्यौता फाटको ७।२।१६।२ का फैसला बमोजिं दिएको ०७।२।२५ को देहाए बमोजिंको लगत काटी दिनु --------------------
रामसुन्दर झर्क कंरु ३।।४ दण्ड हुनेमा सुरुका फैसलाले लीने गरेको सप्तरी अपीलका फैसलाले बीगो र जगा जीतेमा समेत सलामी कंरु ३।-। लाग्ने कट्टी गरी बाकि कंरु ३ ।।। को लगत काटी दिने हनुमाननगर अमिनी तहसिलमा २००५।१२।१६ मा लगत दिएकोमा स्व अमीनले दिएको लगत काटीदिने भनी दिएको लगत काटी सुरुका ०५।२।२२ का लगत बमोजिं कायेम गर्ने भनी पूर्जि गरीदिने -------------------------------------------------------------------१
ऐ ऐ बस्ने देहायका जीमीदार पटुवारीके प्रतेवादी सुर्जेनारानका नाउमा दर्ता गरी दिनु पर्ने जगा बादीका नाउमा दर्ता गराइ दिएबापत जगा पजनीको २६ नं ले कंरु १। ३ ।।। डण्ड हुने स्व डण्ड फिर्ता दिने गरेको अपीलको लगत काटी सुरुकै लगत कायेम गर्नु भनी ऐ ऐ -----------------------------------------------२
जीमिदार रुपलाल चौधरी थारुके डण्ड रु ।।। पटुवारी कुसेश्र्वर काएस्तके ।।३।।। जी खालीसा मौजे पोटरीया बस्ने प्रतिबादी सुर्जेनारायण झके जगा बाली जीतेमा जगा मीचनेको २० नं ले बालीमा कंरु १ जगामा कंरु १ समेत जम्मा कंरु २ जीताउरी लाग्नेमा अपिलका फैसलाले तीरो कंरु १।- ।।२ को मोल वीगो कंरु ४०- बालीको विगो कंरु ९२ समेत जम्मा कंरु १३२- को जगा मिचनेको २२ नं ले ३।३।। डण्ड लीने सुरुले जीताउरी लीएको कंरु २ मा कटाइ बढी १।३ असुल गर्ने गरी लगत दिएकोमा अपीलवाट दिएका लगत बमोजिंको डण्ड गर्नु पर्दैन स्व लगत काटी सुरुका फैसला बमोजिंको लगत कायेम गर्न पूर्जि गर्ने कलं --------------------------------------------------------३
प्र खालीसा मौजे पोटरीया बस्ने ननुझाके जंमा बीगो कंरु १९।S।। को जगा मीचनेका २३ नंले सैक्रा २।। ले कंरु । ३ ।। डण्ड गर्ने गरी सप्तरी अपीलले लगत दिएकोमा स्व दण्ड नलाग्ने हुदा असुल भएको भए फिर्ता र नभएको भए लगत काटी दिनु भनी पुर्जि गर्ने --------------------------------------------४
देहायका मानीसके झुट्टा बकेवापत अबं २१३ नं का अैनले कंरु १ का दर्ले जरीवाना हुनेमा अपिलका फैसलाले नलाग्ने गरेको लगत काटी सुरुका फैसला बमोजिं गर्नु भनी पुर्जि गर्ने -–----------------------------------------------५
प्र. खालीसा बरमझीया बस्ने फुलमैनझाके कंरु --------------१
ऐ ऐ बस्ने राखोकि झाके ऐ -------------------------------१
बादि प्र खालीसा मौजे वरमझीया बस्ने रामसुन्दर झके सुरु उपर अपिल गरेबापत हा.का. १० नं ले सुरुडंड कंरु ३।।२ को दसौद कंरु । २डण्ड हंछ वारेस हुदा अैन बमोजिं असुल गर्न जील्ला तहसिलमा पूर्जि गर्ने ---------------------------६
गलति इन्साफ गर्ने सप्तरी अपिलका देहायका मानीसके हाका १५ नं ले तजबीजी कंरु १ जरीवाना हुंछ अैन बमोजिं अशुल गर्नु भनी तहसिलमा लगत दिने--------७
कामु अडि रीखिराम पाध्या का.ई फसकुके कंरु -----------------।।२
बी दीपमान सिं राजभंडारी काई बटुटोलके कंरु -----------------२
बादि रामसुन्दरके प्रतेबादी प्र खालीसा मौजे पोटरी वस्ने सुर्जेनारान झासंग कंरु ९२ ऐ ऐ बस्ने ननु झासंग कंरु १५ २ बीगो भरी पाउने भनी सप्तरी अपिलले हनुमाननगर अमीनी तहसिलमा २००५।१२।२६ मा नं ११४ मा लगत दिएको दसौद कंरु १०।। २ ।। नलाग्ने हुदा लगत काटी दिनु भनी पूर्जि गर्न अ.त. बीगो फाटमा लगत दिने कलं ------------------------------------------------------------८
गल्ती इन्साफ गरेमा भनि देहायका जामीरदारलाइ अपिलले गर्ने गरेको जरीवाना नलाग्ने हुनाले असुल भएको भए फिर्ता र नभएको भए लगत काटी दिनु भनी अ.त.दे. मा लगत दिने ------------------------------------------------------९
हनुमाननगर अमिनीका ले सोमध्वज पांडेके कंरु---------।।२
ऐ का ख. नरपती के कंरु ----------------------------।
ऐ का बी किर्तिवहादुर के ----------------------------२
झुट्टा बकने देहायका मानीसके कंरु १ का दर्ले जरीवाना गर्ने भनी अपिलले लगत दिएको स्व जरीवाना नलाग्ने हुदा असुल भए फिर्ता र नभए लगत काटी दिनु भनी पूर्जि दिने कलं ------------------------------------------------१०
प्र. खालीसा मौजे महादेवपट्टी बस्ने सेख मीडन मीञाके कंरु -----------१
ऐ ऐ बस्ने बीलटा मंडर ग्वारके कंरु ------------------------------१
ऐ मौजे वरमझीया बस्ने दिनानाथ झा के कंरु ----------------------१
ऐ ऐ बस्ने चुहान धानुकके कंरु -----------------------------------१
देहायका मानीसके झुट्टा बकेवापत अ.वं. ३१३ नं ले कंरु १ का दर्ले हनुमान नगर अमीनीले जरीवाना गर्ने गरेकोमा अपिल फैसलाले नलाग्ने गरेको हाल लाग्ने ठहरेकाले अपिल फैसला लगत बमोजिं गर्नु पर्दैन सुरुकै लगत बमोजिं कायेम गर्नु भनी पुर्जि दिने -----------------------------------------------------------११
प्र खालीसा मौजे बरमझीया बस्ने कुलमनी झाके कंरु -------------१
ऐ ऐ बस्ने मनु मीञाके कंरु ------------------------------------१
वादि खालीसा मौजे बरमझीया बस्ने रामसंदर झाके सुरु उपर सप्तरी अपील्मा अपिल गरेवापत पैल्हा अपिल हुदा हा.का. १० नं ले सैक्रा १० ले शुरु डण्ड कंरु ३।। ४ को दसौद कंरु । ४ डंण्ड हुन्छ वारेस हुदा अैन बमोजिं असुल गर्नु भनी ऐ -----------------------------------------------------------------------१२
अपीलको म्याद पूगेपछि बादीको नाम खारेज गरी लगत काटी १७७२ नं को ६१ सालमा बलदेव झाका नाउमा नंबरी दर्ता भएको हाल वादिका नाउमा दर्ता हुन आएको जगा प्रतेबादीको नाउमा दर्ता गरी दिनु भनी मंसीफीलाई लेखौट गरी दिने भनी सुरुका फैसलामा लेखिएको अपीलले बादिका नाउको दर्ता सदरै हुने गरेकोमा इन्साफ सुरुको सदर भै स्व नं १७७२ को जगा प्रतेबादि सुर्जेनारानका नाउमा दर्ता हुने ठहरेकाले सुरुका फैसला बमोजिं पुर्जि गर्ने काम बाकिनै हुनाले नापि मुंसिफिसमेत जोजसलाइ पूर्जि गर्नुपर्छ गरी प्रतेबादिका नाउमा दर्ता गरी दिनु भनी मीसील सुरु अमिनीमा पठाउन सप्तरी अपीलमा पठाई दिने भनी लेखेको ------१३
०६।४।९ को सप्तरी अपीलको इन्साफ
मुनासिव हुदा देहाय बमोजिम लगत काञें गर्नु
प्र. खालीसा मौजे पोटरी बस्ने ननु झाके कंरु ।३ ।। डण्ड हुंन्छ रुजु नहुदा असुल भैसकेको भए अैन सवाल बमोजिं अशुल गर्नुपर्ने कंरु सात आना दुई पैसा-------१४
ऐ ऐ बस्ने सुर्जेनारान झा मैथीलके ०५।१२।१४ का सप्तरी अपिलका फैसलाले कंरु ३। ३ लाग्ने गरेकोमा सलामी कंरु २ कटाई बाकी कंरु १। ३ । र सपतरी अपिल उपर न्यायालयमा अपिल गरेवापत हाका १० नं ले सैक्रा १० ले सुरु डण्ड कंरु ३। ३। को कंरु । ३ ।। समेत जंमा कैरु ।।। मा ६।४।९ मा सुर्जेनारानले अपिल गर्दा कंरु ३। ३ धरौट राखेको देखिएकाले स्व धरौटबाट कट्टा गरी सदर स्याहा गरी वाकि कंरु २ दुई अैन सवालको रित पुर्याइ फिर्ता दिनु -----१५
प्र खालीसा मौजे बरमझीया वस्ने बादि रामसंदर झाके ०६।४।९ का सप्तरी अपिलका फैसलाले नलाग्ने ठहरेको कंरु ३ ।।। असुल भए फिर्ता नभए लगत काटी दिने भनी तहसीलमा लगत दिनु ---------------------------------------१६
नं १७७२ को नंबरी जगा बादि रामसंदुर झा पत्रका नाउमा दर्ता नभएको भए जीमीदार पटवारीलाइ दर्ता गरी दिनु भनी लगत दिनु ------------------------१७
झुट्टा बकने देहायका साछीके अवं २१३ नं ले कंरु १ एकका दर्ले डण्ड हुंछ रुजु नहुदा अशुल गर्नु भनी तहसीलमा लगत दिनु --------------------------------१८
प्र खालीसा मौजे महादेवपट्टी वस्ने सेख भीडन मीञाके कंरु -------१
ऐ ऐ वस्ने बिलटा मंडर ग्वारके कंरु ----------------------------१
ऐ बरमझीया बस्ने दिनानाथ झाके कंरु --------------------------१
ऐ वस्ने चुहान धानुक के --------------------------------------१
बादि रामसंदरले देहायका प्रतेबादीबाट देहाय बमोजिं भरी पाउने ठहरेको कंरु १०७।४ भरी पाउ भनी अैनका म्याद ५ बर्ष भीत्र देहायका प्रतेवादिको जायजात देखाइ दर्खास्त दिएका बखत देहाए बमोजिं भराइ भराएका बीगाको दसौद लीनु डण्ड भएकोले प्रतेवादिलाई बीसौद नलाग्ने भनी बीगोमा लगत दिनु --------------
सुर्जेनारान झाबाट कंरु ------------------------------९२
ननु झाबाट कंरु -----------------------------------१५। २
इन्साफ उल्टीमा देहायका मानीसलाई केही गर्न पर्दैन -------------------------
हनुमाननगर अमीनीका
हाकिं ले. सोमध्वज पाडे पाध्या -------------------------------१
त ख नरपती पराजुली ---------------------------------------१
प्रधान न्यायालय बक्यौताका
श्री मांनेवर नेपालतारा कर्णेल तोरण शम्सेर जंग वहादुर राणा -----१
मेकप मंन बीक्रं राणा ------------------------------------------१
सुव्वा पितांवर खन्याल ------------------------------------------१
बी तेजप्रसाद धिताल --------------------------------------------१
भगवतीप्रसाद सिंह भैरवराज पंत प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीश न्यायाधीश न्यायाधीश प्रधान न्यायाधीश
फाटवाला ताडि लीलामणी
इति सम्वत् २०११ साल चैत्र २८ गते रोज २ शु
(नोट २०१३।५।२० मा फुल वेञ्चवाट फैसला तपसिल खण्ड संसोधन भएको छ )