निर्णय नं. १८ - जगा बाली फुकुवा
अभिलेख नं.१8/20०९
संवत् २००९ कव दे/फौ.पु./रीट न्.५७८/१५७
बुद्धिबहादुर मल्ल वि. ऋद्धि बहादुर मल्ल
मुद्दा – जगा बाली फुकुवा
नेपाल प्रधान न्यायालय डिभीजन बेन्च
डा.नं.१५७
मुद्दा गर्न नहुने जग्गा बाली फुकुवा
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एम.ए.वि.एल
श्री माननीय न्यायाधीश भैरब राज पन्तोपाध्या
आदेश
यसमा का.ई बतिस पुतली बस्ने बुद्धि बहादुर मल्लको र रिद्धि बहादुर मल्ल समेतको अंस मुद्दामा रोक्का रहेको जगाबाली बेहिसाब सँग फुकुवा दिए भन्ने मुद्दामा सप्तरी गोस्वाराका बडा हाकिम समेतका नाममा बुद्धि बहादुरले प्रधान न्यायालय श्रेस्ता फाँटमा नालेस दियाको सो लाग्दै नलाग्ने नालेस दर्ता गरेकोले खारेज गराई पाउँ भन्ने निज रिद्धिबहादुरले निबेदनपत्र दियाकोमा तोक नलागीकन यसफाँटमा दाखिल भयाकोले डिभिजन बेञ्चमा पेश गर्नु भन्ने भएका आदेश बमोजिम प्रधान न्यायालय श्रेस्ताफाँट बाट पेश हुँदा पर्चा उपर अपील नगरी नालेस गरेको किनहो नालेस खारेज हुनुनपर्ने कारण छ भनी बुद्धि बहादुरलाई नोटीस पठाई १३ गते जवाफ ल्याईये पछि १६ गते बृहवार डिभिजन बेञ्चमा पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०९।१०।९ गतेकव आदेश बमोजिम जारी भएका नोटीसका म्याद १३ गते निज बुद्धि बहादुरले लिखित जवाफ यस अड्डामा दाखिल गरेबाट यही माघ १६ गतेको तारेख दिएकोमा नजि हाजिर नभएको बेहोरा, नजिले पेश गरेको लिखित जवाफ र निजले डाएर गरेको नालेसको बेहोरा समेत प्रधान न्यायालय श्रेस्ता फाँटबाट आजको डिभिजन बेञ्चमा पेश हुँदा यस्मा २००८।५।२९ को सप्तरी गोस्वाराको पर्चा बेहोराबाट बादीलाई छुट्याई दिनुपर्ने जग्गा छुट्याउन नपर्ने गरी पर्चा गरेको देखिनाले त्यस्तो फैसला सरहको पर्चा गरेकवमा हाकिमका नाममा कराउनेको २ नं का ऐन बमोजिम बादीले सो फैसला सरहको पर्चाउपर अपीलै गर्नुपर्ने नगरी झगडीया समेत उपर नालेस गरेको देखियाकोले यो नालेस खारेज गरी दी ऐनले लाग्ने अपील दिनु भनी तारेख गुजारी बसेको बुद्धि बहादुरलाई जनाऊ दिनु ।
न्यायाधीश प्रधान न्यायाधीश
सम्बत २००९ साल माघ २३ गते रोज ५ शुभम् ।