• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६७३ - जगा नीखनाइ पाउ

साल: २०११ महिना: कार्तिक फैसला मिति :2011/07/27 ८८

अभिलेख दर्ता नं. ६७३

२०११ सालको मि.नं ९३७

मुदा जगा नीखनाई पाउ

                                                          

नेपाल प्रधान न्यायालय डीभीजन वेंच

मुद्दा नं.९३७

 


नीवेदक वादी श्रीबहादुर बीष्ट क्षत्रृ पु.१ नं. का.प इ वनेपा जनागाल

वीपछि प्रतेवादी बेनु बहादुर वीष्ट पु.१ नं का.प.ई वनेपा जनागाल


मुद्दा: जगा नीखनाइ पाउ

इजलास

श्री माननिय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एमए वीएल

श्री माननीय न्यायाधीस प्रदीप्त मानेवर नेपाल तारा ले.ज. प्रकाश सम्शेर ज.बारा ।

 

फैसला

येस्मा नावालख छदै वेनीवहादुरलाई वावु गडुलध्वोजले ८० सालमा हुनुपर्छ मोरु २६०। ली ताताष्वात भंने माटो मुरी ।६ को जगा भोग वंधकी दियको रुपैञा वुझाउन जादा आलटाल गरी रुपैञा वुझी दियन रुपैञा वुझाई जगा नीखनाई पाउ भंने २००१।१२ वेगतेको हिन्दुस्थाने श्रीबहादुरको विंतीपत्रमा वुझी तैकात गर्दा सनदले छिंनहुने भय छीनी र नभय मुल्तवीराखी ।२   मैन्हाभित्र देवानी पैला मार्फत जाहेर गर्नु भंने २००१।१।३ मा दस्षत भैगयेकोमा ।

वादीको जगा वंधकी लीयको छैन ८० सालमा वादीको वावु गडुलध्वजबाट मोरु २६० मा राजीनामा गरी लीयकाले आजतक राजीनामा जानी भोग चलं र दर्तास्मेत मेरै नाउमा भयको छ राजीनामा घर चोरीमा परेको थाहापाई उजुर गरेको हुडा वादीको दावीबाट फुर्सद पाउ भंनेस्मेत २००१।९।८ को वेनी बहादुरको वयां भै ।

वुझियसम्मका प्रमाण परीवंधवाट वंधकी दियको ठहर्दैन राजीनामा गरी दियको ठहराई २००२।२।२३ मा काभ्रेपलाञ्‍चोक अदालतबाट र स्वहि इन्साफ वदर गरी राजीनामा गरी लीयको ठहर्दैन भनी स्वही अडावाट ०३।४।४ मा जाहेर गरेकोमा ।

स्व इन्साफ सदर गरी ०५।१२।१४ मा अपिल दोश्राबाट फैसला गरेपछी ।

वंधकी ठहर्दैन राजीनामा गरीलीयको ठहर्छ भनी ०६।१०।१८ मा प्रधान न्यायालय तेश्रावाट फैसला गरेको सदर गरी ०७।२।२९ मा खड्गनीसाना भैसकेपछि ।

स्व इन्साफमा चीत वुझेन दोहराई जाँची पाउँ भनी वादी श्री बहादुरले दियको निवेदनपत्रमा वेहोरा साँचो हो र ०७ साल्मा छीनीयको रहेछ भने इन्साफ जाची अैंसवाल वमोजींगर्नु भंने आदेश वमोजीं झीकाई आयको मिसील हाजीर रहेको वादी श्री बहादुरलाई राखी वुझ्दा वंधकी दियको भय दोहरी लीयदियको हुनुपर्ने स्व छ भनी वादीले प्रमाण दी पेश दाखेल गर्न नसकेको हुनालेस्मेत अरु प्रधान न्यायालयका फैसलामा लेखीयका वुंडा प्रमाणबाट सदर गरी छीनेको ०७।७।२२ मा भयेको खड्गनीसाका इन्साफ मुनासीवछ मुद्दा दोहरायमा वादी श्री बहादुर वीष्टके सुरु डंड रु  १। को हाकींका नाउँमा कुराउनेका ११ नं ले सैक्रा १० ले रु ।१० पैसा डंड हुंछ हाजीर हुदा अैं बमोजीं गर्न लगत दि मिसील मिसील फाँटमा बुझाई दीनु ।

  

 

 

प्रकाश शम्सेर                            हरिप्रसाद

न्यायाधीश                              प्रधान न्यायाधीश

इती सम्वत २०११ साल कार्तीक २७ गते  रोज ६ 

                        

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563