• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६७४ - जगावाली

साल: २०११ महिना: कार्तिक फैसला मिति :2011/07/27 ९१

 

अभिलेख दर्ता नं  ६७४

२०११ सालको मि.नं १७५

मुदा जगा वाली

                                                                          

 

 

नेपाल प्रधां न्यायालय सीङ्गल वेञ्‍च

अ.नं.१७५

मुदा जगावाली

अपीलाट-वादी                            वीपकक्ष्य


चेतनाथ पाध्या पा ई सल्यां थां

 

माहीली पुतवार्नी ल.पु.ई कीर्तीपुर गामचा


 

ईजलास

श्री माननीय न्यायाधीस महेन्द्र बाहादुर महत क्षत्री

फैसला

येस्मा अन्याईको लोगने कुमाचा पुतवारले ९२।११।४ मा मबाट मोरु २२८ कर्जा ली राजदल ४।४४ नं सी. खानगीमा दरीयाको खेत माटो मुरी ।४० मध्ये नीजका हक भोग तीराको पुर्व वाटो प.उ दछीं रैकर येती ४ कील्ला भीत्रको माटो मुरी ।१० को तीरो धां ३।७।४ घ्यू ।२५ गहु ।६ तीराको जगा भोगवन्धक पास गरी दीयापछी सो जगा मैले भोग गरी आयेका थीञा फेरी २००१।१०।३ गते म भयेमा आई रु ९९। कर्जा दीनुहोस् पास गरेको २२८ र यो ९९। स्मेत ज्मा मोरु ३२७। मा राजीनामा पास गरी दीन्छु भनेकाले हुन्छ भनी १।१०।४ गते सो भोगवन्धकी जगा राजीनामा गरी दीयेपछी पास हुन नपाउदै २००१।१२।२७ गतेमा कीर्तीपुर माल मार्फत दरीये वमोजीं कुततीर्ने गरी रैतानी नंवर ३०६२ को खला मेरा नाउमा दर्ता गरी सो लगतमा गालेरकं लागेको हुनाले सालको गोलरकं रु १।३४ जींसी धार्नी ५४ अश्मा खुरेस्मेत रसीदमा जनीयाको मेरा नाउमा दर्ता भैसकेबाट पासनगरेको हुदा रकं चलाई सोजगा २००२ सालतकको गहुवालीतक मैले खाई आयेपछी मालमा तीर्नुपर्ने तपाई जगा धनीलाई धां १।१३ गहु ।३. स्मेत वुझाई तपाईलाई जगा नचाहीयेसंम साल वसाल कुतवुझाई खाने गरी मगनीमा दीनुहोस् भनेकाले २००३ ।२।६ मा मगनीको कागज गरी दी सो जगा नीजले कमाई २००५ सालतकको वाली नीजले वुझी वुझाई २००६ सालको वाली नल्यायेबाट २००७।१।२७ गतेस्मेत वरावर भंनजादा अवल्याउछु भनी खेपदै थीयो ८।१।१४ गतेमा पनी जादा वैसाक ८ गते मरे भनेकीले ६।७ सालको वाली ल्याउ जगापनी अवकमाउन दींन भंदा अव १०।१२ दींमा ल्याई दीन्छु भनेकीथीई हाल सो २ सालको वाली तीर्नु नपर्ने होला भंने चतुराईबाट भोगवन्धकी वमोजींको थैली वुझाई जगा नीखनाई पाउ भनी का रजीष्टेसंमा ढरौट राखी उजुर दीयेकाले नालेस गर्न आयेको छु अन्याईले गरी दीयेका कवुलीयेत वमोजीं ६।७ साल वर्ष २ को वालीको वीगो रु २२७।४४ भराई जगास्मेत पजनीगरीपाउँ भंने वादी रहेछ ।

वादीसंग मेरो लोगने कुमाचाले मोरु २२८। कर्जा ली लेखीयको जगा वंधकीलेखी दीयेको भयतापनी उसैसालदेखी जगा आफुलेनै कमाई तीर्नु पर्ने कुतवालीसंम यो वादीलाई तीरी आयेको वादीसंग रु ९९ कर्जा लीयेको र राजीनामा गरी दीयेको छैन कृतेहो साल्सालको वाली लोगनेले वुझाई सकेको छ भरपाईको हकमा लीयेको छैन भंने प्रतेवादी रहेछ ।

वादीको राजीनामा लीखत पास नभयेकाले दर्ताको नाताले राजीनामा गरी लीयेको सदर भंन नभयेको वालीतर्फ तीरो वुझायेको भरपाई पेस गर्न नसकेकोले वुझायेको कायें मांन नभयेकोले वादीले भरीपाउने र जगा पजनी तर्फ भोगवन्धकी थैली वादीले रजीष्टेसंमा ढरौट राखीसकेको प्रमाण मीसीलबाट देखीनाले तेसतर्फ वीचार गर्न नपरेको राजीनामा लीखत सदे कृतेमा नसुनाये हुने सुनायेमा रु ।७ जरीवाना गर्ने सो ९९ को थैलीमा वादीको अैंबमोजीं नालेस परेका वखत ठहरे बमोजीं हुने ठहराई देवानी दोश्राले फैसला गरेको रहेछ

देवानी दोश्राले गरेको ईन्साफ मुनासीव ठहराई अपिल पैलाले फैसला गरेको रहेछ ।

यस्मा अपील पैलाले गरेको ईन्साफमा चीत्त वुझेन भंने वादी चेतनाथको अपील परेवाट नीर्णयलाई पेस हुन आयको यसमुदामा वादीले प्रतेवादीको लोग्ने कुमाचाबाट भोगबंधकी पास  गरी लीयेको राजदल ४।४४ नं सोखांगीमा दरीयेको माटोमुरी ।४० मधे माटो मुरी ।१० को जगामा मोरु ९९। थपगरी भो.रु. ३२७ मा २००१।१०।४ मा राजीनामा गराई लीयेको पास नभयेपनी पासगर्ने म्याद भीत्रै कीर्तीपुर माल अडामा र गोलदारूका रकं तहसील अडामा अपीलाटका नाउमा सोजगा दर्ता भै मोही अपीलाट चेतनाथ जनीई नीज तर्फबाट दर्ता भोग तीरो भयेको कीर्तीपुर माल र गोलदारुका रकं तहसील अडाबाट आयेको दर्ता उतार र सो अडाले साल साल तीरो वुझी गरी दीयेको रसीदबाट जगामा अपीलाटको हक भोग कायें भैसकेको सो दर्ता उपर प्रतेवादीको लोगने कुमाचा र वादीलेस्मेत उजुर गरी वदर गरायेको नदेखीयेको सोही दर्ता वमोजीं जगाको हक अपीलाटकै कायेंराखी कुमाचाले तपाई जगाको धनीलाई जगा नचाहीयेसंमलाई मगनीमा कमाउन दीनुहोस भनी मगनीको कागजलेखी कमायेको कवुलीयेतलाई प्रतेवादीले पनी कायेमै मानेको र राजीनामालाई कीर्ते भंने वयां गरेको भयेपनी येती परीवंदले कीर्ते भनी परीवंद खुलाई वयां दीननसकेको सो राजीनामाको सहीछाप जचाउदा कुमाचाको सैछापसंग मीलछ भनी माष्टरले लेखीदीयेको अपीलाटले छलफलमा देखायेका सकल राजीनामाबाट देखीयेकोबाट प्रतेवादीको जीकीर साचो नदेखीयेको स्मेत प्रमाण परीवंदबाट सोराजीनामा पास नभयेपनी अपीलाटको सो जगामा हक पका भैसकेकोले प्रतेवादीका नाउमा छलफलको म्याद जारी गर्दा मरीसकेको भनी जनीई आयेकोले नीजको नजीक हकदारका नाउमा म्याद जारी गर्दा पनी सो छलफलको म्यादका हाजीर नभै गुजारेकोबाट जगामा अपीलाटको हक ठहरेकाले आफ्नो हकको रैकर जगा यांमा पजनी गर्न पाउछौ भनी वादीलाई सुनाईदीने जगातर्फ सुरु र अपीलले केही गल्ती गरेको र वालीतर्फ वुझायेको भरपाई प्रतेवादीले दाखील गर्न नसकेकोले प्रतेवादीवाट अपीलाटले वालीको वीगो भरी पाउने गरेकोसंम सुरुको सदर गरी अपीलले छीनेको मनासीव ठहर्छ जगातर्फ केही गल्ती ईन्साफ गरेमा सुरु अपीललाई स्मेत तपसीलका कलंमा तपसील वमोजं गरी मीसील मीसील फाटमा वुझाई दीनु ।

तपसील

देहायका अडाका देहायका जागीरदारको इन्साफ केही उलटीमा जरीमाना गर्नु पर्दैन उलटी कीतापमा जनाई राखनु -------------------------------------------------------------------१

देवानी दोश्राका देहायेका जागीरदार --------------------------------------------------

सु लछमण रमण उप्रेती -----------------१

डी गुणराज पाध्या-----------------------१

वी ओं प्रसादमैनाली --------------------१

अपील पैलाको देहायका जागीरदार ---------------------------------------------------

अ.ख. रामगोपाल ----------------------१

वी येकराज ---------------------------१

  

 

महेन्द्र बहादूर महत                              न्यायाधीस

ईती सम्वत २०११ साल कार्तीक २७ गते  रोज ६ सुभम्

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563