निर्णय नं. ६७६ - अंश
अभिलेख दर्ता नं. ६७६
२०११ सालको मि.नं १८२/२१३
मुदा अंश
नेपाल प्रधां न्यायालय सिङ्गल वेञ्च
अ.नं.२१३
मुद्दा अंश
अपिलाट् सल्याना सेजवाल टाकुरा मध्ये साहुटोला वस्ने मेदिनि प्रशाद रेगमि जैसी-१
विपक्ष दां साहिपुर वस्ने विष्णु कुमारी जैस्यानी
ईजलाश
श्री माननिय न्यायाधिश भैरवराज पन्तो पाध्याय
फैसला
येस्मा मेरा लोग्ने मरी विधवा भयेकिलाई खान लाउन नदिने जेठाज्यू मेदिनि प्रशादले घरवाट निकाला गरेको हुडा निजबाट फाट लि अंश दिलाई पाउँ भंनेस्मेत विष्णु कुमारीको ०७।१२।२६ को फेराड पत्र रहेछ ।
वाडिका लोग्ने विष्णुप्रशादले ८०।७।२६ मा धर्मपत्रको कागज गरी मलाई डीयेको हुडा निजलाई मैले अंश दिननपर्ने हुडा झुट्टै उजुर गरेको भंनेस्मेत मेदिनि प्रशादको ८।४।११ को प्रतेउतर पत्र रहेछ ।
प्रतेवाडीले पेश गरेको ८० सालको धर्मपत्रको लिखत मेरा लोग्ने विष्णु प्रशादले गरी दीयाको हुदा सो लिखत सद्दे हो नीजबाट अंश दीलाई पाउँ भंनेस्मेत वाडी विष्णु कुमारीको वयां भयाको रहेछ.
वुझियासम्मको प्रमाणबाट प्रतेवादीबाट पेश भयको ८० सालको कागज सद्देहो भनी वादीले वयां गरेकिले सो लिखतमा प्र.लाई सगोलबाट रु १२०० परसारी वाकी जेथामा भाई सरह अंश लिंन तिमि दाजु मेदिनि प्रशादका जति छोरा छंन तिसरह अंश लिउला भन्नेस्मेत वेहोरा लेषीयाकाले अपिल्को अवस्था पुगेपछी सो वमोजिंको अंश भागमा वाडीको दर्षास्त परेका वषत प्रबाट फाट्लि वादीलाई अंश दीलाई दिने भंनेस्मेत ठहराई सल्यां अदालतले ०९।५।१८ मा फैसला गरेको रहेछ.
सुरु अडालतको ईन्साफ चित्त वुझेन भन्या प्र मेदिनि प्रशादको अपिल परेकोमा ईन्साफ सल्यां अदालतको मनासिव ठहर्छ भनी सल्यां अपिलले ९।९।२९ मा फैसला गरेको रहेछ ।
सल्यां अपिल्को ईन्साफ चित्तवुझेन भन्या प्र मेदिनि प्रशादको अपिलपरी आयेको यो पेश हुन आयेको वुझदा वादिले प्रतेवाडीवाट अंश पाउँ भंने गरेको ईन्साफ सल्यां अपिल्को मुनासिव सो अंश पाउने ठहरेपछि अैंसवाल वमोजिं मानो छुट्टीयेको मिति कायें गरी प्रतेवादीबाट अंशको तायदाती फाट् लि बंडापत्र खडागरी पाउने अंशको र डंड डसौडको अंकस्मेत फैसलामा किटांगरी फैसला गर्नुपर्ने नगरी अंश पाउँछ भंनेसम्म ठहराई कां वाकी राखि फैसला गरेवापत अडालती वंडोवस्त २८९ नं का अैंले सुरु सल्यां अदालतका डी व्रम्हदेव तेवारी प ३ नं तन्हौलाई मोरु २। ऐ अपिल्का सु लोकजंबहादुर साहु सल्यां वजारलाई मोरु २। जरीवाना हुंछ सो र अपिलले गरेमा मेदिनि प्रशादलाई सुरु डंड मोहरु २। को हाकिंका नाउँमा कराउनेका १० नं ले दसौड मोरु ।२० डंड हुंछ सो लाग्ने डंड नीजले सल्यां अपिल्मा धरौट राषेको देखियाकाले येस्मा समेत अैंसवाल वमोजिं गर्नु भनी तहसिल्मा लगत डी माथि लेखिये वमोजिं चाडो गर्नु गर्न लगाउनु भनि मिसिल सल्यां अपिलमा पठाई डी लेखियेका वेहोराबाट किनारा भयाको जनाउँ धरौटी अपिल गर्ने अपिलाट्लाई दीनु ।
भैरव राज पंत
न्यायाधिश
ईति सम्वत् २०११ साल कार्तिक २७ गते रोज ६ सुभ्म्