निर्णय नं. ६८० - जारी चोरी
अभिलेख नं ६८०
२०११ सालको मि.नं १३२/१९५
मुद्दाः जारी चोरी ।
नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च
फौ.सा.नं.१९५
मुद्दा जारी चोरी
भक्तपुर ईलाका वागेश्वरी वस्ने रामकृस्न लामीछाने
भक्तपुर ईलाका वागेश्वरी ठुलीगाउ वस्ने रामकृस्न उपाध्याय अधीकारी समेत
ईजलास
श्री माननीय न्यायाधीश महेन्द्र वाहादुर महत क्षत्रीय
फैसला
येस्मा वादी रामकृस्नले प्रत्येवादी राम प्रसादको जनै झीकी जात लीन पाउँ भनि खत रोजेकोले सावीती हुँदा लालमोहर वक्साउन नपरी साधक जाहेर गरेको सदर भै आए बमोजीं गर्न वाकी भएको राम प्रसादलाई लागेको सजायको लगत काटी दीनु भन्ने आदेश पाउ भन्नेस्मेत वीस्नु प्रसादको नीवेदनपत्रमा भएका तोनं ८३७५ को आदेश र गृह विभागको पत्र नकलमा ज्वान १३ लाई कैद भुक्तां गर्न वाकी भए पनि कैद माफ गरी परेका अड्डालाई जनाउ दी छाडीदीनु भंने लेखिएको नीज रामप्रसादलाई सर्कारी डंड कैदमा थुनेको नभै साधुले रोजन पाउने खतमा मुडीपाउ भंने रोजेकोले स्व वमोजीं गर्नसम्म थुनेको हुँदा छुटी गैसकेपनि पक्री वा फेला परेका वखत फैसला बमोजीं मुडीदीनु भंने वा फैसला वमोजीं गरी रहनु नपर्ने हुदा तामेलीमा राखी दीनु भंनेस्मेत नीकासा भयाबमोजीं गर्ने भनि २०१०।७।११।३ मा भक्तपुर अदालतले रीपोट् गरेको मनासीव ठहराई २०१०।९।८।३ मा अपील पैलाले जाहेरी फैसला गरेको यो साधक जाँचदा लालमोहर गर्नु नपर्ने र सुरु वयान हुँदा सावीत भएकाले कायेलनामा नगरेपनी अडकाउ नहुने भंने फैसलामै बोली परेकाले थुनामा राखनु पर्ने नहुदा झिकाई फैसला र अैं बमोजीं गर्नु भनी मिसील सुरुमा पठाउन अपील्मा पठाई दीनु भनि मिसील फाटमा वुझाई दीने र साधुले जात लीन पाउँ भंने खत रोजी स्वही बमोजीं जात लीन पाउने गरी फैसला भएकोमा मुडीने फैसला भएको भनि रीपोट्मा लेखेकोले सुरु भक्तपुर अदालतका ना सु वीस्नुराज वंत प. २ नं. गोर्खा खांचोक वगुवा १ र अपील पैलाका सु. खड्गवीक्रं थापा का. ई. डीलीवजार १ स्मेतलाई मोरु ।७ सात पैसाका दर्ले जरीवाना लागछ नीजहरु रुजु नहुदा अैं वमोजीं असुल गर्नु भनी तहसीलमा लगत दिनु ।
महेन्द्र बहादुर महत न्यायाधीश
ईती सम्वत २०११ साल कार्तीक २९ गते रोज १ शुभम्