निर्णय नं. ६८१ - ज्यां डाका
अभिलेख दर्ता नं. ६८१
२०११ सालको मि.नं १३९/८४
मुदाः ज्यान डाका
नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च
फौ.सा.नं.८४
मुद्दा: ज्यां डाका
जील्लै वर्दिया तप्पे मलवारा मौजे नञा गाउ वस्ने चौधरी लछुमं थारु
धनजीत सुनार
ईजलाश
श्री माननीय न्यायाधीश महेन्द्र बाहादुर महत क्षेत्रीय
फैसला
येस्मा २००९।१०।९ गते रातमा डाका आएकाले कराउदा डाकाहरुले फयेर छाडेबाट गुहारमा आएको धनजित सुनारलाई गोली लागी सोही पीरले ऐ ११ गते मरेको र मेरो कंरु ५९९१ को धनमाल लीगएकाले अप्राधीको पत्ता लगाई धंमाल दीलाई सजाये गरी पाउँ डाँका चीनीन भंनेस्मेत लछुमं थारुको दर्खास्त वयान रहेछ ।
वादी र सरजमीं मुचुल्कास्मेतबाट अप्राधीको पत्ता नलागेकोले अवं २३९ नं बमोजीं कसुर्दार फेला परेका वखत् कार्वाई गर्ने भनि २०१०।१०।२९।२ मा वर्दिया अमीनीले जाहेरी फैसला गरेको मुनासीव भनी २०११।२।१०।१ मा वाके वर्दीया अपीलले जाहेरी फैसला गरेको सदर गरी अमीनी गोश्वाराबाट २०११।३।१७।५ मा तोकवोली जाहेर गरेको साधक जाँचदा कर्तव्य परी धनजीत मरेको देखीए पनि कसुर्दारको नाउ वादी र सरज्मिंवाट नखुलेको अवं २४०।२४१ नं का अैंले जाहेर गर्नुपर्ने प्रत्येवादीको नाउँ नै नखुलेको मात्र वर्ष दीं खोजदा पनी फेला नपरे मुल्तवीलाई जाहेर गर्ने अैं भएको हुनाले आईन्दा येस्तो नहोस भनी मीसील सुरुमा पठाउन सदर अमीनी गोश्वारामा वुझाई दीनु भनी मिसील फाट्मा वुझाई दीनु ।
महेन्द्र बहादूर महत न्यायाधीश
ईती सम्वत् २०११ साल कार्तिक २९ गते रोज १ शुभ्म्