• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६८३ - खोटा टक

साल: २०११ महिना: कार्तिक फैसला मिति :2011/07/29 १०७

अभिलेख दर्ता नं. ६८३

२०११ सालको मि.नं ३५२/८१

मुदा – खोटा टक

                                                                          

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्‍च

सा.नं.८१

मुदा खोटा टक

 


वादि ईनिस्पेक्टर जितेन्द्र ध्वज सुनुवार

विपक्ष प्रतेवादि रघुवर सिं राजपुत


 

ईजलास

श्री माननिय न्यायाधीश प्रदीप्त मान्यवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्ग बहादुर राणा

 

फैसला

येस्मा भीषं भन्ले खोटाटक मार्ने मानिस आयाको छं भनि सुराक दियेकोले ०८ साल माघ १७ गते रातको १ वजे जादा भिषंको दोकान अगाडी वरंडामा वसेको सोध्दा म नोट छापने हु नाउँ रघुवर सिं राजपुत हो नोट छापने सामान अैले मेरोसाथमा छैन तर नोटको साईज वनाउँनेमात्र छ भनी सिसा र सिसाका विचमा १० टकियाको नोट र सो नोटको विचमा दसटकियानोटको साइजको साधा कागज १ सिसामा पानिजस्तो सेतो झोल भयेको सिसि १ स्मेत देखायेकोले सो मालसामान र मानिस स्मेत यसैसाथ पक्राउँ गरी दाखिल गरेको छु खोटाटक मार्नेलाई अैंसवाल वमोजिं हवस भन्‍नेस्मेत व्यहोराको जहेरी रीपोट रहेछ ।

     अैंले वर्षदिं जति भो भुजुंगि मीश्र वावाजिको रुपलि दरभङ्गामा आयाका वखत भेट भै ३x४ दिंसम्म खानदिदा मदेखि खुसि भै मलाई निजले निजले नोट छापने कांगर्छु भनी भन्दा मलाई पनी सिकाई सिकाई दिनुपर्छ भनि साथलगी २x३ सय रुपैञा ३/४ मैन्हासम्म वसी नोट छपदा सिसा २ को विचमा नोट २ राखि श्र्वनोटको विचमा साधा कागज हालि सिसीमा रहेको औसधी नोटमा हालि ३ दिंसम्म सिसाले थीचीराखि तेसपछि नोट निकालि आगोमा सेकदा साधा कागजको नोट तैयार हुने देखें निजवावाजि जानलागदा मैले सो सामानली राजविराज आई ७x८ दिंसम्म वसी भीखं मारवाडीलाई म नोटवनाउँने कामगर्छु भन्दा वनाई देऊँ भनेकाले निजबाट माघ १७ गते नोट २ लि सोनोटको विचमा नोटै साईजको कागज राखि सिसाले तलमाथी थिची रातको ११x१२ वजे नोट साईजको कागज निकाली आगोमा सेकि रहेको टायेंमा पक्राउ गरी ल्यायेको हो औषसधि कंम भयेर हो कि हाल मैले यैदिन वनायेकोले तयार हुन्छ हुदैन यकिनगरी भन्‍न सकदिन तयार गरी अरुठाउँमा चलनसार गरेको छैन भन्‍नेस्मेत ब्यहोराको कागज र अैले करिव २x४ मैनाभो वावाजी वंगालतर्फ गयेपछी अैले १५x दिंजतिभो सावुत मलाई अमलाको तेलस्मेतको माल दरभंगाबाट खरिद गरी ल्याई राजविराजमा आई रु १०० को माल कुंजिलाल मावाडीलाई र रु ७५ को असर्फि वनियालाई रु १०० को माल भीखंजंलाई दिञे निज भीखंचनलाई दियेको मालको रुपैञा लिन वाकिथीयो नोट वनाउँन भिखंचंसङ्ग सल्लाह गरी वनाई तयार नहुदै पक्राउँ गरी ल्यायेको हो तेसअघि मैले नोट वनायेको छैन भन्‍ने प्र रघुवर सिंको वयान रहेछ ।

     माघ १६ गते रघुवर आई वासदेउँ भनेकोले दिवसेपछी भोलिपल्ट व्याहान गयो १२ वजे फेरी आई मलाई येकान्तपारी म नोट वनाउँछु सो वनाउने औसधि समान छ भन्यो निज विदेसि मानिस आई खोटा टक मारी ठगी गर्दो रहेछ यसलाई छाडन हुदैन हैन भंने सोची हुंछ म कुनै मानिससङ्ग सल्लाह गरी आउछु अनि चालु गराउँला भनी ताहाबाट गोश्र्वाराका वडा हाकिंलाई गै भने वडाहाकिंले ईनिसपेक्टरलाई भने विना सवुद पक्राउँ गर्न हुदैन भनि निज ईनीसपेक्टर भने तिमिले निजबाट कांगर्न लगाई रहनु भनेकाले रात ११ वजेदेखि नोट वनाउँन सुरु गरेको थीयो १२ वजे ईनिसपेकटर आये मैले नोट वनाउने यै हो भनेपछी पक्राउ गरी ल्यायेको हो निज रघुवरसङ्ग रु १०० लियेको हैन पक्राउँ गरी दीयो भने रीसले झुट्टा पोल गरेको हो भन्‍ने व्यहोराको भीखंचनको वयान रहेछ ।

     बुझीयेसम्मवाट नोट वनाउँनलाग्दा पक्राउँ गरेको भन्‍ने प्रतेवादिको साविति वयान भयेकोले खोटाटक मारी वनाउँन  उँद्योगगरेमा खोटाटक मार्नेको ४x८ नं ले ५ वर्षको कैद सजाय दिये हुने जस्तो देखिन आउँछतापनि नोट वनाउँने भनेको वरामद भैआयेको सामानवाट नोट बनाउन असंभव अरु मिसिन सामानरु वरामद नभयकोले नोट वनाउने निउँ गरी ठगी गरीलिने किसिंको भन्‍नु पर्ने संखा देखिन आउँने ठगीका ऐनले सजाय दिनलाई पनि येस यस्को येति यति ठगी गरेको भन्‍ने उँजुर पर्न नआई खोटा टक मार्ने भन्‍नेतर्फ उँजुरपर्न आयाकोले ठगीतर्फ सजाय गर्न नमिल्ने भई सजायलाई अडवडपरी जाहेर गरेका छौ सावित भयेकाले खोटाटक मार्नेका ४x८ नं बमोजिं ५ वर्षकैद गर्नु भन्‍ने वा अरु सजाय गर्नु भन्‍ने स्मेत निकासा वक्सेबमोजिं गर्ने ठहराई ०१०।२।२०।३ मा सुरु हनुमाननगर अमिनिले जाहेरी फैसला गरेको रहेछ ।

     सोही ईन्साफ सदर गरी १०।१२।१२।५ मा सप्तरी अपिलले र ०११।१।२३।३ मा सदर अमिनि गोश्‍वाराले जाहेरी फैसला गरेको ।

     साधकतहबाट पेश हुन आयाको यो मुदा वुझ्दा वुझीयेसम्मका मिसिल प्रमाणबाट ईंसाफ सुरु अपिल्को मुनाशीव ठहराई जाहेर गरेको सदर अमिनि गोश्र्वाराको मुनासीव सजायका हकमा खोटा टक मार्ने सामान पनि पुरा दाखिल हुन नआयाको र निजले खोटाटक चलन चल्ती गरेको पनी देखिन नआयाको र निज रघुबर सिं राजपुत २००८ साल देखि अहिलेसम्म थुनामा परेको देखियकोले अव अरु सजाय गर्नु पर्दैन छाडि दिनु भनी हनुमाननगर अमिनिलाई लेखि पठाई मिसिल मिसिल फाटमा वुझाई दिनु ।

 

 

                                प्रकाश शम्सेर

                                 न्यायाधीश

ईति सम्वत २०११ साल कार्तिक २९ गते  रोज १ सुभं

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563