निर्णय नं. ६८४ - उमेर नपुगेको कंन्या विवाहा गरे
अभिलेख दर्ता नं. ६८४
२०११ सालको मि.नं ३५३/८९
मुदा उमेर नपुगेको कन्या विवाहा गरे
नेपाल प्रधान न्यायालय सिंगल बेंच
सा.नं.८९
मुद्दा उमेर नपुगेको कंन्या विवाहा गरे
वादी प ३ नं भीर्कोट भोर्ले वस्ने कुलबहादुर षड्का छेत्री
प्रतेवादी प ३ नं तन्हौ वंकेवा वस्ने वसंधरी षडकेनी छेत्रीनी स्मेत
ईजलास
श्री माननिय न्यायाधीस प्रदीप्त मांनवर नेपाल तारा ले.ज. प्रकास सम्सेर जङ्गबहादुर राणा
फैसला
मेरी जेठी स्वास्नी वंसधारी ०७ साल अषाड मैन्हामा झगडा गरी छोरी सन्तकुमारीलाई ली माईतमा वसेकी थीई ०९ साल बैसाष २८ गते प्रतेवादीहरु मीली १३ वर्ष उमेरकी छोरी संतकुमारीलाई ३५ बर्षको उमेरको सेर बाहादुरलाई बिवाहा गरी दीयेकोले प्रतेवादीहरुलाई उँमेर नपुगेकी कंन्या विवाह गरी दीये लियेमा सजाये गरी पाउँ भंनेस्मेत वेहोराको कुल बाहादुरको फीरादपत्र रहेछ ।
९२ साल्मा जंम भयेकी छोरी सन्तकुमारीलाई २८ वर्ष उमेरका प्र.सेर बहादुरसग १६ वर्षकी केटीको मजुरी ली वीवाहा गरी दीयेकी हुं भंनेस्मेत वेहोराको वसंधारी षडकेनीको प्रतीउत्र पत्र रहेछ ।
उँमेर पुगेकी केटीलाई प्र बसुंधराले प्र सेर बहादुरलाई वीवाहा गरीदीयेको भंने सुनेको हुं वादीले झुट्टा उँजुर गरेको भंनेस्मेत वेहोराको गगंसी १ गोरेको १ स्मेत प्रतीउत्तर पत्र छुट्टा छुट्टै परेको रहेछ ।
मेरा षुसीराजीले नै आमा वसंधारीले सेर बहादुरलाई वीवाहा गरी दीयेको हो हाल म वर्ष १८ को छु भंनेस्मेत केटी संतकुमारीको १०।६।१६ को वयां रहेछ ।
वुझीयासम्मका प्रमाण परीवंदवाट मेरा षुसीराजीले नै आमा वसंधारीले सेर बहादुरलाई वीवाह गरी दीयको हो मेरो उँमेर हाल वर्ष १८ को छ भनी मुष्ये वीवाहा हुने केटीलेनै वयां गरेकी र एस अडाबाट उमेर जाचदा पनी मनासीवै देषीयेकाले वादीको उँजुर झुट्टा ठहर्छ झुट्टा उँजुर गरेवापत उँजुर साचो ठहरे प्रतेवादीलाई वीवाहावारीको १४ नं ले प्राईमीनिष्टरका तजवीजले १५ दिंदेषी १ मैन्हासंम कैद र थप १२० रु देषी ३६० संम जरीवाना हुनेको ऐ ३४ नं ले आधी डंडा कैद वादी कुल बाहादुरलाई लागने हुदा तोकीवक्सेको सजाये गर्ने ठहराई २०१०।७।१३।५ मा सुरु पोषरा अदालतले जाहेरी फैसला गरेको रहेछ ।
ईंसाफ सुरुको सदर भनी २०१०।१०।२९।५ मा अपिल पैल्हा फाटले जाहेरी फैसला गरेको रहेछ ।
साधकतहबाट पेस हुन आयेको यो मुद्दा ईंसाफ सुरुको मुनासीव ठहराई अपिल पैल्हाले जाहेर गरेको ईंसाफ मुनासीव सजायेका हक्मा वीवाहावारीको १४ नं ले १५ दिं कैद र मोहरु १२०। थप डंड हुनेमा ऐ ३४ नं ले तेस्को आधी वादी कुल वहादुर षड्का छेत्रीके कैद दिं ।०।७।१२ सातदीं वार घंटा र थप डंड मोरु १२०। डंडा हुन्छ रुजु नहुदा असुल गर्नु भनी तहसीलमा लगत दि मिसील अपिल्मा वुझाउँन मीसील फाँटमा वुझाई दिनु ।
प्रकाश शम्सेर
न्यायाधीस
ईती सम्वत् २०११ साल कार्तिक २९ गते रोज १ सुभं