निर्णय नं. ६८५ - थैली दोहरा पारी लीयो भन्ने
अभिलेख दर्ता नं. ६८५
२०११ सालको मि.नं ६९८/९९०
मुदाः- थैली दोहरापारी लीया भन्ने
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
अ.नं.९९०
मुद्दा थैली दोहरा पारी लीयो भन्ने
अपिलाट् प्रतेवादी का.ई. भेडासिं खिल्लटोल वस्ने डि दिनेश मान प्रधानाङ्ग
विपक्ष – का.प.ई पनौती पस्थली वस्ने सुरथ बहादुर खड्का छेत्री ।
ईजलास
श्री माननीय न्यायाधिश भैरवराज पन्त पाध्या
फैसला
येस्मा मेरावावु अमर बहादुरले डि दिनेशमानसंग ०१।३।२५ मा मोरु १५०१। सु. महेशमानसंग २०००।६।५ मा रु २०१। लीयेको रहेछ वावा परलोक हुनु भयो हामी सौतेनी आमासमेतका छोराहरु भीन्न भयेको हुदा मतर्फको ४ भागमा सो मोरु २०१। को सावा व्याज गरी मेरो भागजती रु २११। साल ०५।८।१४ मा र रु १५०१ को सावा ब्याज गरी भयेको कोही भाग रु १४१७।३४ साल ०५।५।२५ मा वुझाई भर्पाई लीयेको छु सो प्र.हरुलाई तीर्नुपर्ने रुपैञा वावाले वुटौलवाट नोट रु १५०० विंषागरी पठाईसकेको रहेछ हाल भाईद्वाराबाट थापाएको हुदा नालेस गर्न आयेको छु मसग दोहोरोपारी लीय खायमा सजाञँ गरी दोहोरोपारी लीये खायेको रुपैञाको सयेकडा १० का दर्ले व्याजस्मेत हीसाव गरी दीलाई पाउ भन्नेस्मेत सुरथ बहादुरको वादी रहेछ ।
वादीका वावु अम्बर बहादुरसग पटक पटक लेंदें गरी आयेको चीठी सामेल नोट रु १५०० विंमागरी पठायेकोमा तेसबखत नोटको दर ८७ थीयो सटही गर्दा रु १३०५ भयो बुटोलको कांमा मेरो लागेको खर्च रु ५०० कटाई वाकी रु ८०५ थीयो वादीको वावु परलोक भयेपछी वादीलाई भन्दा मिलाउला भनेको र वादीका वावुले लीयेको रु २०१। को १ कलं र रु १५०१। को १ कलंस्मेत गरी दुबैकलंको जंमा मोरु १७०२। मध्येमा १५०० भर्ना मिलायेको रु १५०१। मध्ये वादीका कान्छी आमातर्फको रु ५००। वाहेक मोरु १००१ वादी पछीको र तेस्को व्याजस्मेत गरी १४१७।३४ र २०१ मा सावा व्याज गरी ४ खन्ड लीदा नपुग वादीका वावुले पठायेको नोटको वाकी ८०५। को फीर्ति व्याज ३२९।३७ भै रु २८२।९७ नपुग भयेको सो तीरेको हुदा १४१७।३४ को भरपाई दियेका छौ छोरा लीय भनी फतुर गरेमा वादीलाईनै सजाञँ गरी पाउ भन्नेस्मेत सु.महेसमान डा.दीनेशमानस्मेतको प्रत्येवादी रहेछ ।
वादी दाव वमोजिं हर हिसाव गरी दिनलाई वादीको दावी वारे ०५ साल भाद्र २५ गते र ०५ सा मार्ग १४ गतेमा भर्पाई दियेको भन्ने पुष लेखेको हुदा साहु आसामीका २० नं ले सो भरपाईको मितिले ६ मैना नाघीसकेको हुदा खारेज गर्ने गरी ९।६।२३ मा सुरु रा.का.दे दोश्राबाट फैसला गरेको रहेछ ।
सो ईन्साफमा चीत्त चीत्तवुझने भन्नेस्मेत वादी सुरथबाहादुरको अपिल परेकोमा हरहिसाव गरी पाउँ भन्ने बादीको दाबी नभै दोहरापारी लीये भन्येस्मेत अपिलाटको दावी भयेको हुदा अैन बमोजिं तैकात गरी दिनुपर्नेमा खारेज गर्ने गरेको सुरुको ईन्साफ गल्ती ठहरछ तैकात गर्नु पर्ने भयकाले मिसिल सुरुमा पठाउने ठहराई १०।३।६।६ मा अपिल दोश्राफाटबाट फैसला भयेको रहेछ ।
हिसाववेगर ईन्साफ गर्न अैंले नहुने हुदा अपिलवाट गरेको ईन्साफमा चीत्त वुझेन भन्ने डी दीनेशमानको अपिलपरी आयेकोमा नीज अपिलाट दीनेशमानलाईस्मेत राखी ईन्साफ तर्फ विचार गर्दा हरहिसाव गरी पाउ भन्ने वादीको दावी नभै दोहरापारी लीये भन्ने वादी दावी हुदा ईन्साफ गर्नु पर्ने ठहराई सुरुमा पठाउने गरेको अपिल दोश्राफाटको ईन्साफ मुनासीव छ इन्साफपारी छीन्ने हाकीं उपर अपिल गरेमा सुरु अपिलबाट डण्ड केहि नगरेको हुदा हा.का १० नं ले अपिलाटलाई तजविजी मोरु १। एक डण्डहुन्छ रुजुहुदा असुल गर्नु भनी अ.त.दे.मा लगत दीनु ईन्साफ गर्नुपर्ने काम वाकी हुदा अपिलाटलाई तारेख तोकी मिसिल सुरु रा.का.दे. दोश्राफाटमा पठाउन मिसिल विभागमा बुझाई दिनु ।
भैरवराज पंत
न्यायाधिश
ईती सम्वत २०११ साल कार्तीक ३० गते रोज २ सुभ