निर्णय नं. ६८६ - लीलाम रोक्का गरीपाउ
अभिलेख दर्ता नं ६८६
२०११ सालको मि.नं
नेपाल प्रधान न्यायालय सींगल वेञ्च
अ.नं.१४१४
मुद्दा- लीलाम रोक्का गरीपाउ
अपीलाट वादी मोरं प्र. वेली मौजे मंसापुर मकली वस्ने केवीया थरुनी ------------१
वीपक्ष प्रतेबादी मोरं बीराटनगर संकरपुर वस्ने राम श्रेष्ठ --------------------
ईजलास
श्री माननीय न्यायाधीश भैरवराज पंतो उपाध्याय
फैसला
येस्मा मेरा ससुरा छोटी गछदारले कंरु ९१५। रुपैञामा दीष्टी लेखी दीयको जगा वीगाहा ७।।.।।४ मा मेरो स्मेत हकलाग्ने मलाई ठाहा नदी लेषीदीयछ ससुरा र देवरस्मेत मरेपछी साहु सूर्जेमान र देवरानी लुषुरी मीली मेरा भागको वाली स्मेत षायेकाले श्री प.क.ज. साहेवका दौडामा वींन्तीगर्दा आधी जगा छुत्याई साहुको ठैली वादीवाट दीलाई दीनु आधा देवरानीले वुझाय ऊसैवाट र नवुझाय वादीवाट वुझाउन मंजुर गरे वादीवाट वुझाउन लगाई ठैली नवुझायसम्म जगा भोग गर्न पाउने गरी मीलापत्र भयकाले मैले साहुको ज्मै ठैल्ही जगा भोग गरी आयको ठाहा पाऊदा पाऊदै देवरानी लुषुरीवाट भरी पाउने वीगो कंरु ४१३ मा सोही जगावाट भरी भन्ने साहुको डरषास्त परी तहसीलवाट लीलाम गर्न तास गरेकाले उजुर गर्न आयेको छु राम श्रेष्ठ र सूर्जेमान वावु छोरा हुनाले जालसाज गरी मेरो हकको जगा लीलाम हुन पाउने छैन रोक्का गरी पाऊ भंने केवीया थरुनीको फेराद पत्र रहेछ ।
छोटो गछदारका नाऊमा दर्ता भयको जगा वीगा ७।।.।।४ मेरो असामी लुषुरीको हक हुदा लीलाम गरी पाउ वादीको हक भय छोटी गछदार मर्दा सो जगा वादीका नाऊमा नाऊसारी दर्ता हुन पर्ने वादीको देवरानी लुषुरीका नाऊमा दर्ता भयवाट वादीको हकको नदेषीयाकाले लीलाम गरी बीगोभराई पाऊ भंने रामश्रेष्ठको प्रतेवादी रहेछ ।
वादी केवीया प्रतेबादी लुषुरीस्मेत २ जना छोटी गछदारको बुहारी भै आधी आधी हक पाऊने देषीयको देवरानीको भाग स्मेत साहुको ठैली वुझाइ रुपैया नतीरेसम्म वादीले जगा भोग गर्ने देवरानीले रुपैञा वुझायपछी जगा छाडी दीने गरी मीलापत्र भयेको अव साहुको ठैलीको हकमा वादीले जगा भोग गरेसम्म ठैली भरी भराउ हुनदैन भंन नभै लुषुरीको भाग आधी जगा लीलाम गरी ऊपर भयको रुपैयाबाट वादीले देवरानीको भाग स्मेत गरी ९१५ रुपैया वुझायको हुनाले देवरानी का भाग आधी वाडीले वुझायाको परसारी वडी ऊपर भयको रुपैयावाट साहुको कंरु ४१३ भराई दीने ठहराई वीरातनगर अमीनी तहसीलवाट षडा गरेको ०९।३।१९ को पर्चा रहेछ ।
यस्मा अपीलाट केवीयाले धरौटी अपील गरेको अपील जीकीर र मीसीलको वेहोरा स्मेत पेस भयो यस्मा देबरानी लुषुरीको भाग छैन भन्ने कतैवाट देषीन नआयको साहुको तीर्नु पर्ने रुपैयामा लुषुरीको नामको जगा लीलाम गरी मीलापत्र बमोजीं लुषुरीका भागको वादीले बुझायको रुपैया परसारी ऊपर भयका रुपैयावाट साहुको ठैली भराऊने गरेको ईन्साफ सदर गरी मोरं वेरातनगर अपीलवाट ०९।७।२९ गते फैसला गरेको ईन्साफ मुनासीव ईन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेमा अपीलाट वादी केवीया थरुनीके सुरुवाट डंड नगरेको अपीलवाट कंरु ।। गरेको हुनाले हा.का.१० नं ले सैक्रा १० ले कंरु S।।।१ हुनेमा नीजले मो वी अपीलमा कंरु यक आना ०९।१०।१९ गते धरौट राषेकोले सदरस्याहा गरी दीन भनी मो.वी.अपीललाई पुर्जी गर्न तहसीलमा लगत दी फैसला भयको जनाऊ स्मेत दीन भनी मीसील मीसील फाटमा वुझाई दीनु।
(भैरवराज पंत)
न्यायाधीश
ईती संवत २०११ साल कार्तीक ३० गते रोज २ सु -----------------------------------