निर्णय नं. ६८७ - स्वास्नी धंमाल
अभिलेख दर्ता नं ६८७
२०११ सालको मि.नं
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
फौ.अ.नं.११८
मुद्दा स्वास्नी धंमाल
दाङ् साईपुर बस्ने तोर्ने कामी
ऐ दाङ साईपुर वस्ने हर्के कामी स्मेत
ईजलास
श्री माननीय न्यायाधीश भैरवराज पंतोपाध्याय
फैसला
येस्मा हर्केकी छोरी मनुधरा मेरी वीवाहीता स्वास्नी भै ०८ साल पौषमा म कोइलावास गयेको मौका हर्के गनवहादुरले मेरी स्वास्नी नगद धंमाल स्मेत लगेछं पौष २५ गते घर आई थाहा पायेवाट ससुराका घर जादा लगी राखेकै देखी स्वास्नी धंमाल देउ भन्दा दींन भनेकाले वीगो मोरु २७५। र स्वास्नी दीलाई सजाय गरी पाउ भंने तोर्ने कामीको वादी रहेछ
वादीकी अर्की जेठी स्मेत भै मीली वस्न नसकी मनु धरालाई गये मार्गमा वादीले नै ली गयेको पछी छोडी आयेछ झुठ्ठा दाविबाट फुर्सत पाउ भंने हर्केको र ०८ साल पौष अगावै गोरखपुरमा गै रहेको छु उजुर झुट्टा हो भंने गनेको स्मेत प्रतीउतर रहेछ ।
मनुधरालाई हर्के गने स्मेतले लगेको होइन भंने हर्के स्मेतका साछीले भनेका स्मेतवाट वादीको स्वास्नी धंमाल हर्के गनेले लगेको ठहर्दैन भनी २००९।११।४ मा ढुट्का पाहाड अपीले फैसला गरे उपर वादी स्मेतको अपील्परेमा २०१०।१।१०।४ मा बुटोल अपीलले पनी ईन्साफ सुरुकै सदर गरी छीनेको त्यस उपर वादीकै अपील परी आयेको यो मुद्दा वुझ्दा सुरु र अपील्का फैसलामा लेखीयाका वूदा-प्रमाणवाट ईन्साफ सुरुको सदर गरी वुटोल अपीलले छीनेको मुनासीव छ ईन्साफ पारी छींने हाकीं उपर अपील गरे वापत अपीलाट् तोर्ने कामीलाई सुरु डंड कंरु ५। भयेको यो दोश्रा अपील हुदा हा.का. १० नं बमोजीं सयकडा ५ ले कंरु ।। -।। नौ आना दुई पैसा डंड हुन्छ स्व डंड नीज तोर्ने कामीले वुटौल अपील उपर अपील गर्दा तारेखमा नबस्ने गरी १०।२।१२।२ मा अपील दर्ता गर्दा कंरु ।।-।। वुटौल अपील्मा धरौट दाखील गरेको देखीनाले स्व धरौटी श्रेस्तावाट खर्च लेखी सदर स्याहामा आम्दानी बाध्नु भनी वुटोल अपीललाई पुर्जि गर्न तहसीलमा लगत दी यो फैसला भएको जनाउ धरौटी अपीलाट् तोर्ने कामीलाई दीनु भनी यो फैसला सहीतको मीसील जील्लामा पठाउन मीसील फाट्मा वुझाई दीनु।
भैरवराज पंत
न्यायाधीश
ईती सम्वत् २०११ साल कार्तिक ३० गते रोज २ शु