निर्णय नं. ६८८ - जगा दर्ता गरी वाली वीगो भराई पाऊ
अभिलेख दर्ता नं ६८८
२०११ सालको मि.नं
प्रधान न्यायालय सिंगल वेञ्च
अ.नं.१५३६
मुद्दा जगा दर्ता गरी वाली वीगो भराई पाऊ
अपिलाट विपक्ष
जी.म.प्र मौजे भोलपीप्रा वस्ने हरिप्रसाद उप्रेती
जी.म.प्र मौजे भोल पिप्रा वस्ने रत्नलीला उप्रेतीनी स्मेत
ईजलास
श्री माननीय न्यायाधीश महेन्द्रवहादुर महत क्षत्रृ
फैसला
रत्नलीलासंग मुद्दा परी जगा वीगहा ३।१ जमीन पाउने भै ६।९।१८ गते खड्गनीसाना भए पछी चलं गर्न नदियकाले सर्कार ग्वारी चलं चलाई दियको दर्ता गर्न नदीयेको र वाली स्मेत खाई दीयकोले उजुर गर्न आयेकोछु ७ सालको वाली भराई ८ सालको रोकाराखी ८३ सालका नापीमा रत्नलीलाका नाउमा दर्ता भयेको गेनासे दक्षीं खुवलाल सो पछीं जुगेञ्वरा सो उत्तर ठोला सो पुर्वको जगा वीगाहा १s४ गुलीया सो उत्तर जीरायत सो पछीं सडक सो पुर्व चुवादेवि सो दछींको जगा वीगाहा १ऽ२ मुखुवासे पछीं चन्द्रमाञा सो पुर्व रांवावु सो उत्तर नीजलक्ष्मी सो दछीं लक्ष्मी प्रसादका नाउमा दर्ता भयेको जगा वीगाहा ।।१ मध्यको ।१ रांवावुसो उत्तर रांगुज सुर्जे नारायें मल्ली सो पुर्व लखन सो दक्षीं भुजुम सुमा सो पछीं लक्ष्मी प्रसादका नाउमा दर्ता भयेको वीगहा ।।३ पुरानो ठोलागे नासो पुर्व मुखुवा से उत्तर रास्ता से पछीं ईनार रास्तासो दक्षीं जीरायेत घडेरी जगा वीगाह S१ स्मेत दाखील दर्ता गर्न लगाई पाउ भंने हरिप्रसादको बिंतीपत्रमा अैंले रोक्का हुने भय वाली स्मेत अैंसवालको रितपुर्याइ रोक्का गरी के भयेको रहेछ बुझी जाहेर गर्नु भन्ने ८।६।५ को श्री माननीय प्रधां न्यायाधीशको आदेश रहेछ ।
खड्गनीसानाले जीती चलं पाउने भयेको जगा वीगाहा ३।१ को ७।८ सालको वालीको विगो रु ६००८ प्रतेवादीहरुवाट भराई अर्जुनलालवाट वाहाली दर्ता गरी पाउ भंने हरिप्रसादको वयां रहेछ ।
वादीले दावी गरेको जगा कुनै चुवादेविको नाउमा र कुनै मेरा नाउमा दर्ता भयेको खड्गनीसाना भयपछी वादीले चलं स्मेत पायेको हुदा हामीले वाली खायेको छैन वादीले नै भोग गरेको छ हामीका भंन नआयेकोले दर्ता दाखेल खारेज भयेको छैन ७ सालमा सुखा परेको सर्कारमा जाहेर भै रहेको छ झुट्टा उजुर गरेको हो भंने लक्ष्मीप्रसादको वयां रहेछ ।
यो उजुरवाला हरीप्रसाद मेरो दाजु नाताको र रत्न लीला आमा हुन नीजहरुको कुं कुं जगामा के कस्तो मुद्दा परी खड्गनीसाना भयेकोमा म जान्दीन वादीले दावी गरेको जगा मध्येको १९४ नंवर ४८३ स्मेतको जगाहरु मेरि दीदी इन्द्रमायावाट ३ साल माघ २३ गते घरसारमा ४ साल श्रावण १५ गते रजीष्टेसं अडामा पास स्मेत गरी ली मैले भोग गरीआबयेको छु उजुरवालाले म संग मुद्दा गरी जितीपायेको र अडाले चलं चलाइ दीयेको स्मेत हैन अरु मलाई थाहा छैन भन्ने स्मेत चुवादेविको वञां रहेछ ।
मुद्दै नपरेको चुवादेविको जगा यो वादी हरिप्रसादको कायें गरी वाली स्मेत भराउनु पर्छ भंन मुनासीव नपर्ने र जगैमा वादीको येकीं भै नसकेकोले वीगोमा कीनारा गर्न मुनासीव नपरेकोले अ.वं १०६ नं ले खारेज हुने ठहर्छ भंने महोत्तरी अपिलको फैसला रहेछ ।
उपरोक्त मुद्दामा रोहवरमा रहेको हरिप्रसाद र चुवादेवि ईंदुमाञाको वा विश्वनाथलाई स्मेत राखी अपिलाटको अपिल जीकीर स्मेत हेरि नीर्णयगर्दा ७ सालको वाली जवरजस्ती लगे भन्ने हरिप्रसादको तोक नं २३९७ को विंतिपत्रवाट यो मुद्दा चलेकोमा वालीको दावी गर्ने ३ मैन्हाको हदम्याद नाघी सकेको र जगा पनि पौखमा मात्र चलं लीयकोले दावी नलाग्ने र ८ सालको वाली दावि गरी बञां गरेमा सोही ७ भाद्रमा परेको विंतिपत्रका तोकले ८ सालको घरमा वुझेको उस्मा पनि वादीका हकमा ठाडो वुझि दिनु भन्ने तोक भयेको पनि नहुदा यस मीसिलवाट कारवाई तहकिकात गर्नु नपर्ने र जगाको हकमा उजुरवाला हरिप्रसादको हक दावी नलाग्ने भनि खारेज गरेको हकमा अरु रत्नलीला चुवादेवि लक्ष्मी प्रसादहरुको उपर दावि परेमा रत्न लीला लक्ष्मी प्रसादले जगामा दावि नगरेको चुवादेविले दावि गरेमा ईंदुमाञावाट लीयेको भनि बयां गरेको ईंदुमाञाका नाउमा अपिलवाट म्याद जारी हुदा गुजारेकी र निज ईंदुमाञाको आमा नाताको रत्लीला भयेको भंने चुवादेविका वञांवाट देखिनाले रत्नलीलावाट अंस पायेको जगा निजवाट अरुले लिये पायेको भयपनि सदर नहुने हरिप्रसादको हक सदर भयेको कायमै हुने र जगा हरिप्रसादको नाउमा दर्ता पनि भैसकेकाले हकै नपुग्ने गराई खारेज गरेको अपिलले गल्ती ईन्साफ गरेको ठहर्छ ८ सालको वालीको हकमा ३५ दींभीत्र अैं वमोजिं नालेस गर्नु भनि उजुरवालालाई सुनाई रोकावाली जगा हक पाउनेले पाउने गरी फुकुवा गरी दिनु भनि तपसिलमा लेखियाका कलंमा तपसील बमोजिम गरी मिसिल जील्ला अपिलमा पठाउन मिसिल फाटमा वुझाई दिनु ।
तपसील
अपिलाट हरिप्रसाद उप्रेतीके केही नलाग्ने हुदा महोतरी अपिलका ९।८।११ का फैसलाले गर्ने गरेको डंड रु ।। आठ आना स्मेत नलाग्ने हुदा असुल भये फेर्ता र नभये वेहोरा जनाई लगत काटी दीनु भनि माहोतरी अपिललाई पुर्जी गर्ने रु ।। आठना कलं ---------------------------------------------------------------१
ऐ ऐ के यस अडामा अपिल गर्दा राखेको देवानी तहसिलको ९।९।१६।३ का भर्पाइवाट रु आना देखियकोले फीर्ता दीनु भनि अ.त.दे.मा लगत दीनु---------२
महोतरी अपिलका देहायका मानीसके हा.का. १५ नं ले रु २ जरीवाना हुन्छ देहाये वमोजिं गर्ने ऐ ऐ --------------------------------------------------------------
सु ईन्द्र प्रसाद उपाध्यायके रु यक रुपैया ---------------१।
अ.ना.सु. धनानाथ पाध्या प.३.नं तार्कुके वार आना------।।।
खरदार कुलप्रसाद उपाध्याके चार आना ----------------- ।
महेन्द्र बहादुर महत न्यायाधीश
ईति संवत २०११ साल कार्तिक ३० गते रोज २ सुभं