• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६८९ - जमिंदारी

साल: २०११ महिना: कार्तिक फैसला मिति :2011/07/30 ९८

अभिलेख दर्ता नं ६८९

२०११ सालको मि.नं

नेपाल प्रधान न्यायालय फूल वेञ्‍च

दा.नं.

 


अपिलाट- वुटोल तर्फ पाली परासि बजार वस्ने चीरंजीवि, केसवराज उपाध्या

विपक्षी-सुब्बा रङ्गनाथको मुद्दा सकार गर्ने छोरा का.ई डिल्ली वजार वस्ने मदुसुदन ऊपाध्या


मूदा जमिंदारी

इजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम ए वि एल

श्री माननीय न्यायाधीश भैरवराज पन्तो पाध्याय

श्री माननीय न्यायाधीश महेन्द्र वहादुर महत क्षत्रृ

श्री माननीय न्यायाधीश भगवती प्रसाद सिंह वि.एस.सी.वि.एल

 

फैसला

            यस्मा जिंदार अम्वर नारायणको तुक तुइपा स्मेतका ९ मौजाहरुमा मालपोत वाँकी रहेकाले ९०।६।१६ गते लिलाम वडावड हुँदा तुक तुइपा मौजामा चीरंजीवी उपाध्याले ८७।१२।२४ मा कं रु ८००१ थैली हाली अलि फार्से गरेको थैलीको सकार गरेका मितीसम्मको सावाव्याज र वाँकि मालपोत स्मेतमा सोतुक तुइपा मौजा चीरंजीवीले सोहि किसींसंग फरौली मौजा सेष नारायणले स्मेत गरि ४ मौजा र सो चार जामा दामासाहिले नादार मौजा हिरागञ्‍ज स्मेत गभाई सकार भै अरु तमासपुर स्मेतका ४ मौजा र केहि हिरागञ्‍ज स्मेत सकार नभै अमानत रहेको रहेछ ।

     चीरंजीवीले सकार गरेको तुकतुइपा मौजा मध्य महालाल रकंको ठेक वांकि राखी भागी जाने ठेकदार महमद इसहाकको ठहरेकोले सो ।। हिस्सा मौजा लीलाम गरि आएको थैली ठेकदारको वाँकिमा भर्ना गर्नेस्मेत व्यहोराको ९१।७।२०।२ को खड्ग निसाना बमोजिं लीलाम हुदा कंरु २८१४ मा नीज चीरंजीवीकै भाई केसवराज उपाध्याले रु २८१४ मा सकार गरेको रहेछ ।

     मालले असल मौजा सकार गराई खराव मौजा वाँकि अमानत राखि दियो भन्‍ने स्मेत वेहोराको साविक जिंदार अम्वर नारायणको विंतिपत्रमा वाँकि रहेका अमानति मौजाहरु पनी अरु मौजा सकार गर्ने सकारवालाहरुलाई गभाई दिने स्मेत वेहोराको पा.मा.गो. का वडा हाकिंका दस्तखत बमोजिं सकारवालाहरु वुझ्दा हाम्रो परेको थैली र व्याज हर्जना स्मेत पाएमा मौजा छाडी दिन मञ्‍जुर छ भंनेस्मेत व्यहोराको सकारवाला चीरंजीवीस्मेतले कागज गरि दिएका रहेछन ।

            साविक जिंदारले मालपोत वांकि राखी सकार भै सकेको र अमानत रहेको मौजास्मेत पाए सकार गर्छु भन्‍नेस्मेत व्यहोराको सु.रङ्गनाथले ९२।३।२५ मा पा.मा.गो.का वडाहाकिंलाई चीठि लेखेकोले ऐन सवाल वमोजिं पोत असुल गरि असल कंसल सवै मौजा ऐन सवाल वमोजिम गभाई चलं वहाली जो दिनुपर्ने दिइ जाहेरगर्नु भंने ९२।४।७ मा मा.पा.गो. का वडाहाकिंको दसखत भै पाल्ही मालमा गएको रहेछ ।    

सो दस्तखत साथ आएको सु. रङ्गनाथको विंतिपत्रमा नीज सु. खड्गनाथको सहिछाप नहुदा तेस्तर्फ कारवाई गर्न नपर्ने अमानदमा रहेका मौजाहरु पनी गभाइने तर्फ केसवराजले पछि सकार गरेको ।।हिस्सा तुक तुइपा वाहेक अरुमौजा सकार गर्नेहरूलाई अमानत रहेका मौजाहरू पनी दामासाहिले गभाई दिने भनी पाल्हीमालले ९२।७।९।६ मा फैस्ला गरेको रहेछ ।

अमानत रहेका मौजाहरु सकार गर्न मंजुर छ कि छैन भनी पाल्ही मालवाट सु.रङ्गनाथलाई लेखेको पुर्जिमा अमानत रहेको मौजा मात्र लीन मंजुर छैन भनी सु.रङ्गनाथले कागज गरि दिएकोले सकार भै सकेको र अमानमा रहेको स्मेत सवैमौजा लिन मंजुर छकि छैन भनी सु रङ्गनाथलाई लेखि पठाउने भनी पा.मा.गो.ले.९३।३।२६।५ मा पर्चा गरेको रहेछ ।

साहुको अघी परेको थैली तिर्न ऐनले कर नलाग्ने हुदा सरकारको वाकी मालपोत संम तिरां जम्मै मौजा सफाइ गरी पाउ भंने सु. रङ्गनाथका कारिंदा वासुदेव पौडेलले कागज गरी रु १७२०० धरौटी राखेको रहेछ ।

नीज सु.रङ्गनाथलाई चलं पुर्जि दिने स्मेत व्यहोराको पा.मा.गो.को ९३।६।२३ का पुर्जि बमोजिं पालहि मालले ९३।७।२५ मा सु.रङ्गनाथलाई चलंपुर्जि दिएको रहेछ ।

थैली र जिंदारीस्मेत नपाएकोले अन्याय पर्‍यो भंने स्मेत व्यहोराको केसवराज स्मेतको बिंतिपत्रमा मध्यम रिपोट् निक्सारीले वुझि जाहेर गर्नु भंने हुकुं प्रमांगी भएकोले हेर लिलां वडावड गराउने स्मेत ठहराई मध्यम रिपोट् निक्सारीले जाहेर गरेकोमा सु.रङ्गनाथको घर घरानाबाट खर्च लागेको छ भनेको के कति खर्च लागेको रहेछ सरजिं वुझि लागेको खर्च स्मेत एकमुष्ट उपर हुने गरि वढि सकार हुन आएको व्यहोरा जाहेर गर्नु कवुल सकार हुन नआए ता.सु रङ्गनाथलाई म.रि.नी ले ठहराएबमोजिं वहाली पुर्जि दिने स्मेत व्यहोराको ९५ । ५ ।१३ मा खड्ग निसाना भएको रहेछ ।

सरजमिं बुझ्दा खर्च भएको देखिन आएको र सु रङ्गनाथले धरौटि राखेको पर्ति मिन्हालाई जाहेर स्मेत गरि ५९४४।। हुन आई लिलाम गर्नलाई टाँस हुँदा कसैले सकार गरेका रहेनछ।

सु.रङ्गनाथको खर्च भएको भनेकोमा सरजमिंवाट वढि अंक देखाएकोले अन्याय भयो भंने स्मेत वेहोराको केसवराज स्मेतको वितिपत्र परेको रहेछ ।

सु.रङ्गनाथलाई मौजाको वाहाली दिनालाई ९६ । ७ ।९ मा तोक वोली जाहेर गरेकै हुदा वर्ष सोही वमोजिं गर्ने भनी मध्यम रिपोट् निक्सरीले ९६ । ९ । १९ । ४ मा जाहेर गरेको रहेछ ।

हर्जना पाउ भंने तर्फ मौजा सकार गरि चीरंजीवी स्मेतले ३ वर्षसम्म भोग चलं गरि फाइदा उठाइ सकेकोले मौजामा खर्च परेको भन्ने स्मेत कुराको नीजको दावा पुगन सक्दैन । केसवराजले पछि ।। हिस्सा तुक तुइपा सकार गर्दा परेको थैली रु २८१४ फिर्ता दिन सु.रङ्गनाथले मंजुरै गरेकाले सो रुपैया सु. रङ्गनाथवाट लीई केसवराजलाई वुझाइ दिने । सो तुक तुइपा ।। स्मेतका सवै मौजा सु. रङ्गनाथका नाममा दर्ता वहाली गरि दिनु भनी ९६ । १० । २९ खड्ग निसाना भएको रहेछ ।

इनसाफमा चीत्त वुझेन हक इनसाफ गरि पाउ भने स्मेत वेहोराको केसवराज चीरंजीवीको बींतीपत्रको सीरमा मौजा रङ्गनाथले पाउने भएपछी सो मौजा सकार गर्दा इनको परेको थैली नपाएको हो होइन भय किन त्यसो भएको रहेछ । वुझि जाहेर गर्नु भंने हुकुं वक्सेको हुनाले सो वारेको मिसिल जहाछ खोजि तुरंत पठाई दिनू भने तोकलागी मुद्दा दायर भएको रहेछ ।

यस्मा तारेखमा रहेको वा स्मेतको केसवराजलाई झिकाई आएका सु. रङ्गनाथको मुद्दा सकार गर्ने छोरा मदुसुदनलाई स्मेत राखी वुझ्दा ९६ सालमा खड्ग नासाना भए उपर १ । स्मेतको केसवराजको विंतिपत्र परेकोमा सु. रङ्गनाथले जिमिदारी लिदा वितिपत्रवालाको थैली पाए नपाएको के हो नपाएको भए किन त्यसो भएको भन्ने सम्म हुकुंको तोक लागी मुद्दा दोहोरीएको थैली पाए नपाए तर्फ तुक तुइपा मौजा ९० सालमा विंतिपत्रवाला चीरंजीवीले सकार गरेको मालपोत वाकि कंरु १०८४ र सोहि तुक तुइपा मध्ये ।। हिस्सा पछि लीलाम हुंदा केसवराजले सकार गरेको रु २८१४ स्मेत जंमा कंरु ३८९८ मात्र वितिपत्रवाला साहु हरुले पाउने ठहरी खड्ग निसान भएको देखिएवाट अरु वादिका दावीको थैली रु ८००१ र त्यस्को ८७।१२।२४ देखि ९०।६।१६ गते सम्मको सावा व्याज कंरु १९८२ ।३॥ स्मेत जम्मा रु ९९८३ ३|| मा मौजा सकार गरि भोग चलन गरेको मिसिलवाट देखिएको वितिपत्रवालाहरुको थैली तिर्न पर्ने हैन भन्ने कुराको सवूद प्रमाण साविक जिमीदार अम्वर नारायणले पुऱ्याउन नसकेको स्मेतवाट विंतिपत्रवालाले थैली नै पाउदैन भन्न मनासिव नपरेकाले विंतिपत्रवालाको थैली भराई दिने तर्फ असामिवाटै भराई दिनलाई सो थैली कपाली नभै यै झगडा परेको तुक तुइपा मौजा अलि फार्छे गरेको थैली देखिएकोले सो मौजा वाहेक असामी र असामिको अरु जेथामा स्मेत थैली वाला साहुको उजूर नलागने भै सोहि लिखतमा लेखिएका मौजावाट साहुले थैली उपर गर्नु पर्नेमा स खड्ग निसानावाट सु-रङ्गनाथले पाउने भएकोले सो कंरु ९९८३ |३।। नौहजार नौसय त्रीयासी रुपैया सात आना दुई पैसा साहु असमीका ३३ नं का ३ दफाका ऐनले सु रङ्गनाथको मुद्दा सकार गर्ने छोरा मधुसुदनवाट विंतिपत्रवाला साहु चीरंजीवी उपाध्यायले भरिपाउने हुँदा ऐनका म्याद भित्र दर्खास्त परेमा ऐन बमोजिं दसौद विसौद लिइ भराइ दिनु भनी अत विगो फाटमा लगत दिनू अरु झगडियालाई दण्ड जरिवाना गर्नु पर्दैन ।

 

 

भगवती प्रसाद सिंह       महेन्द्र बहादुर      भैरवराज पंत       हरिप्रसाद   

  न्यायाधीश             न्यायाधीश         न्यायाधीश         प्रधान न्यायाधीश

इती सम्वत् २०११ साल कार्तिक ३० गते  रोज १ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563