निर्णय नं. ७०५ - घर जगा
अ.द.नं. ७०५-२०११,
दे.फौ.पु/रीट नं.६६९।८९३
नेपाल प्रधां न्यायालय सिंगल बेञ्च
अ. नं. ८९३
मुद्दा घरजगा
अपिलाट
जी.प्र विसं भरपुर बस्ने हरीनारायें कोइरि
विपक्ष
ऐ बस्ने सुकदेव महतो कोईरी
र्इजलास
श्रीमाननीय न्यायाधीश भगवती प्रसाद सिंह बीएस सि. बि. एल.
फैसला
नं. १३७८ को र मीनहीस्मेत जगा धुर ऽ॥मा बनेको पुर्व मुखको २७ हातको घरमा र जगामा स्मेत प्रहरुले गरेको खीचोला छुटाई चोकोट स्मेतको केवाडीजोर १ को कंरु ४१ हरीनारायें दीप महतो जस्बाट हुन्छ दीलाई सजाय गरी पाउ भंने सुकदेव कोईरीको बादी रहेछ।
मेरो घर जगा भंने प्रष्ट देखीयको छ मेरो घर जगा हो सो तारको ढोका ल्याउनलाई मलाई केही प्रयोजननै नपरेकाले बादी दाबी झुट्टा हो भंनेस्मेत हरीनारायेंको स्मेतको प्रतेवादी रहेछ। घर जगा खीचोला गरेको देखीन आयेको र ढोकाको बीगोस्मेत भराई दीने गरी ८।१०।२३ मा कटर्वणा अमीनीले फैसला गरेको रहेछ।
सर्जमीनस्मेत बुझी ईन्साफ भंने हरीनारायेंको अपील रहेछ।
सुरुको मुनासीब भंने कटरवं अपिलको फैसला रहेछ।
सर्जमीनस्मेत बुझी ईसाफ पाउ भंने हरिनारायेंको अपिल जीकीर रहेछ।
यस्मा हरीनारायेंको धरौटी अपील जीकीर स्मेत हेरी बीचार गर्दा प्र हरीनारायेंले घर जगा मेरो हो भंने यो बादी उपर लेखत बडर गरी पाउ भंने मुद्दामा घर जग लक्ष्मी नारांको हक भोगको भै यो बादी सुकदेवलाई लेखत गरी दीयेको हुदा लेखत बदर हुन नसकने ठहरी फैसला भै सकेको भंने अमीनी अपीलका फैसला लेखाइबाट देखीयकोले ईंसाफ सुरुको सदर गरी कटरवं अपील छीनेको मुनासीब ठहर्छ। ईंसाफ पारी छींने हाकीं उपर अपिल गरेमा हा.का. १० नं. ले सुरु डंड कं ।।।/ को दोश्रा अपील हुदा सेक्रा ५ ले ऽ॥।० डंड हुनछ नीजले कटरबं अमीनीमा ९।६।२९ मा धरौट राखेकोले सदरस्याहा गर्न भनी अमीनीमा पुर्जी गर्न तहशीलमा लगत दीनु छीनीयेको जनाउ अपिलाटलाई दीनु भनी मीसील जिल्ला अमीनीमा पठाउन मीसील फाटमा बुझाई दीनु ।
भगवतीप्रसाद सिंह
न्यायाधीश
ईति संवत २०११ साल मार्ग २ गते रोज ४ सुभं