निर्णय नं. ७११ - जगा वाली
अ.द.नं. ७११-२०११,
दे./फौ.पु/रीट नं ४४७/९४१
नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च
ठा.नं. ५२
निवेदक
जाजरकोट दरामझकोट साहीया सीर्पा गाउ बस्ने लिले बुढामगर (वादी)
विपक्ष
ऐ.ऐ बस्ने भक्ते बस्नेत क्षेत्री १
मुद्दा जगाबाली
इजलास
श्री माननिय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम ए वि एल.
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षत्री
फैस्ला
एस्मा मजकोट साकीया तालुक भित्रको कसैको संधीसर्पनस्मेत नपर्ने खुद दर्ता गर्न हुने भक्ते बस्नेतका अवादी देखी पश्र्चिमस्मेत ४ किल्ला भित्रको कुनापातालको ताकुरी भंने पाखो कित्ता १ अर्को कुना पातालको टाकुरा भंने कित्ता १ स्मेत २ कित्ता जगा दर्ता गर्न ०४।१२।२।१ मा मैले राज्य जाजरकोट माल्मा दर्खास्त गरी स्व. पाखा जगा ०१ साल्मै अवाद गरेकाले मालबाट जाचबुझ सरजमीं गर्दा दर्ता गरी दिन हुने ठहरी प्र अम्बरसींस्मेतका सरजमींले मुचुल्का गरी दीएको र मालबाट म्याद टास्दास्मेत कसैको उजुर नपरी मेरो हक भै सकेको जगामा प्रतिबादीले खीचोला गरी मकैस्मेत लुटपीट गरी लगेकाले मकैको बिगो रु. १५०।– भराई खीचोला मेटाई पाऊ भंनेस्मेत ०६।८।६।२ को फिराद रहेछ।
ललाये खोलादेखी पश्चींस्मेतको ४ किल्ला भित्रको माझ कुना पातालमा विजमाना ।।१ जाने जगा ०३ सालमा बालि देखी अवाद गरी ०४।८।२२।१ मा म भक्तेले जा माल्मा दर्खास्त गरी ०५ साल्मा सरजमीं गर्न आई जाच्दा दर्ता हुने ठहरी मुचुल्का भै आई माल्बाट म्याद टास्दास्मेत कसैको उजुर नपरी भोग गरी खाई आएको हुँ वादी दाबीको जगामा खीचोला गरेको छैन भन्नेस्मेत ०६।११।२६।५को प्रतिवादी रहेछ।
वादीले प्र. भक्ते बस्नेतका दर्ता ४ किल्ला जगालाई दोहरा दर्ता गरेको ठहर्छ जगा खीचोला गरेको र बाली लुटपीट गरेकोस्मेत ठहर्दैन भनि सुरु जाजर्कोट अदालतले २००७।७।१३।१ मा फैस्ला गरेको रहेछ,
प्रतिवादीले ४ किल्ला खोली दर्खास्त गर्दा पाउने जगाको मात्र नलेखी धेरै जगा भित्र पारेको भक्तेको दर्खास्त हो नक्सा नं. १४ को जगामा मेरो ५˟६ नं स्मेत भित्र परेको र दोहरा दर्ता तर्फ दर्ता गराई पाउ भन्ने उजुर बेगर मैले पायेको जगा हराइ दीएमा चित्त बुझेन भंने वादीको अपिल जीकीर रहेछ।
प्रतिबादीको दर्खास्तको ४ किल्लामा धेरै जगा कित्ता पर्ने देखीएको स्व जगाहरु मेरो हो भनी दाबी गर्नस्मेत नसकेको र अरु मोहीहरुको भएमा साबीत देखीएकाले प्रतिवादीको दर्ता ४ किल्लाको केही माने नरहेको वादीले दर्ता गर्न दर्खास्त गरी सरजमीं गर्दा प्र. भक्तेकै एकाघरको बाबु अम्बरेस्मेत साछी बसेको भएपछि वादीको जगा प्रतिवादीले पाउछ भन्न मनासीव नहुदा सुरुले गल्ती ईन्साफ गरेको ठहर्छ भनि सल्यान अपीलले ०८।९।९।२मा फैसला गरेको रहेछ।
सरजमींमा बाबु र मोही कलेलेस्मेत स्ही गर्यो भंदैमा मेरो पहिलो दर्खास्तको जगा वादीले पाउनु पर्ने होइन अपिलको इन्साफमा चित्त बुझेन भने प्र. भक्तेको अपिल जीकीर रहेछ।
वादीको दर्खास्त भन्दा पहिले प्रतिवादीको दर्खास्त परी कारवाई भएको हुदा जगा प्रतिवादीले पाउने गरेको ईन्साफ सुरु अदालतको मुनासीब अपिलको गल्ती ठहर्छ भनि प्रधान न्यायालय सिङ्गल बेञ्चबाट ०११।१।२८।२ मा फैस्ला भएको रहेछ।
सिङ्गल बेञ्चबाट अपिलको ईन्साफ उल्टाई फैस्ला गरेकोमा चित्त बुझेन यकपटक इन्साफ दोहर्याई पाउ भन्ने वादी लिले बुढाको निवेदन पत्रमा दोहरीने निस्सा दिई झगडीया झीकाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको २०११।२।२२।६ को आदेश रहेछ।
यस्मा झीकाई आएको प्रतिवादी भक्ते बस्नेतको वा दिपबहादुर ठकुरीले ०११।७।२०।६ को तारेख गुजारेकाले निवेदकको वारेस खड्गबहादुर घर्तीलाईस्मेत राखी पेश गरेको यो मुद्दा बुझ्दा १९९५ साल आषाढ ६ गते सदर भएको टिपोट सदर बमोजिम जारी भएको पाहाड मालका नाउको थप सवाल बमोजिम जगा हाल अवाद गर्ने दर्षास्त दिंदा पहिले जगा अवाद गरी सकेपछी हा. अवादी दर्ता गर्ने दर्षास्त दिन नपाउने पहिले दर्षास्त दी अडाबाट जाचबुझ भै अवाद गर्न दिन हुने लायक ठहरी अवाद गर्न पाउने मालबाट चलं पायेपछि मात्र अवाद गर्नु पर्नेमा दुवै थरले पहिले अवाद गरी पछिबाट मात्र दर्ता गरी पाउ भन्ने दर्खास्त गरेको भंने लेखाईबाट देखीएको र दुवै थरका नाउमा दर्ता भै सकेको पनि नदेखीएको जगा बझ्याई डी अवाद गरी खाएका साल्को बालीस्मेत उपर गरी लिने अवाद गर्न भने हुने मालले नजाच्दै अवाद गरेको ठहरेमा अवाद गर्नेले नपाउने खेत भए खेतको मोरु १००।– पाखा भए १ सालको तिरोको दोबर अवाद गर्नेलाई जरीवाना गरी खाएको बालिस्मेत ली जगा माल गोश्वाराका हाकिक बडाहाकिम भै सलामीमा बढाबढ गराई बडी कबुल गर्नेका नाउमा दर्ता गरी दिनु भन्ने लेखीएकोले दुवै थरले अवाद गरेको सदर नहुने हुंदा सुरु अपिलको इन्साफ गल्ती ठहर्छ सोही सबाल बमोजिम गर्नु भनि इलाका जाजरकोट मालमा मिसील पठाइ दिने र तपसीलका कलंमा तपसील बमोजिम गरी तहसील्मा लगत दिनु।
तपसील
वादी काले बुढाको मुद्दा सकार गर्ने लिले बुढामगरके माथी ईन्साफ खन्दमा लेखीए बमोजिम जगा वादी प्रतिवादी दुवै थरले नपाउने भएकाले सुरु जाजरकोट अदालतका २००७।७।१३।१ का फैस्लाले गर्ने गरेको कं रु . ३।।। डंड र सल्याण अपीलका ०८।९।९।२ का फैस्लाले गर्ने गरेको डंड कंरु. २२ र सलामी कंरु. १ को हकमाप्र. न्या.सिं बेञ्चका ०११।१।२८।२ का फैस्ला अ.त.दे. फांटका ०११।८।८।३ का लगतले लगत कट्टा हुने भएकाले सो सलामी रु १ बाहेक अरु उक्त लेखीएको सुरु र अफिलले गर्ने गरेको डंड जम्मा कंरु २५।।। हाल नलाग्ने भयेकाले अैं सबालको रीत पुर्याई बादीले फीर्ता लीन आएका वषत फीर्ता खर्च लेषी अैं सवालको रीत पुर्याई दिनु भनी सल्यान अपीललाई पुर्जि गर्ने कंरु २५।।। पौने छविस रुपैयाको कलं अ.त.दे. फाँटमा लगत दीने--------------१
प्रतिवादी देहायेका मानीसहरुके सुरु अदालतका ऐ मितीका फैस्लाले रु १।-जीतावरी र अपीलका ऐ मितीका फैस्लाले जगा षीचोलातर्फ भनी रु।-५ डंड र बाली लुटपीट तर्फ रु १।। जीतावरी लीने गरेकोमा प्र.न्या सिङ्गल बेञ्चका ऐ मीतीका फै.र दे.त.का. लगतले सलामी १ कट्टी गरी रु ४।– फीर्ता गर्ने लेषीएको हुंदा डंड हाल जीतावरीस्मेत केही नलाग्ने हुंदा सुरु अपील न्यायालयको लगतस्मेत लिने गरेको सलामी डंडस्मेत अैं सवालको रित पुर्याई लगत काटी दिनु भनी जील्ला अपीललाई जनाउ दिनस्मेत अ.त. दे. फाँटमा लगत दीने -----------------------------------------------------------------------२
जाजर्कोट दरासाँकीया सीर्पा बस्ने कले बस्नेत ----------१
ऐ ऐ बस्ने साईमले बस्नेत ----------------------------१
ऐ ऐ बस्ने भक्ते बस्नेत -------------------------------१
ऐ ऐ बस्ने अम्बर सीं बस्नेत---------------------------१
देहायका मानीसहरुके झुट्टा बकेमा भनी सुरु अदालतका ऐ मितीका फैस्लाले गर्ने गरेको रु १। का दर्को हाल सो जरीवाना गर्नु नपर्ने भएकाले असुल भए अैं सवालको रीत पुर्याई फीर्ता गरी दिने र असुल नभए व्यहोरा जनाई लगत काटी दिनु भनी राज्य जार्कोट अदालतलाई पुर्जि गर्ने देहायेको कलं -----------------३
मझकोट जुके गाउ बस्ने सतवीर घर्तीमगर -------------------१
ऐ कोवाङ गाउ बस्ने दतुसीं ठकुरी ------------------१
ऐ मुक गाउ बस्ने नरे राउत --------------------------------१
मझकोट साकीया नेपाने बस्ने संकर ............मगर ----------१
ऐ ऐ बस्ने हरी वीर बुढामगर -------------------------१
ऐ जुकजुके बस्ने लिलाराज घर्तीमगर ------------------------१
ऐ ऐ बस्ने सतवीर घर्तीमगर --------------------------------१
ऐ मुक गाउ बस्ने नरे राउन क्षत्री ---------------------------१
देहायका मानीसहरुके इतलायेनामाको म्याद गुजारेका भनी सुरु अदालतका ऐ मितीका फैस्लाले गर्ने गरेको रु ।१३ का दर्को जरीवना हाल नलाग्ने हुंदा अैं सवालको रीत पुर्याई असुल भए फीर्ता गरी दीने नभए लगत काटी दिनु भनी सुरु अदालतलाई पुर्जि गर्न अ.त.दे. फांटमा लगत दिने कलं -----------------------४
मझकोट दरा कास्की गाउ बस्ने मु. भक्त साही ----१
ऐ दरा सीपाजा गाउ बस्ने त लछीपाध्या -----------१
माथी ईन्साफ खन्दमा लेखीए बमोजिं गर्नु भनी मिसील जिल्ला मालमा पठाउन प्र.न्या.मि. वीभागमा बुझाई दिनु ---------------------------------------------५
महेन्द्रबहादूर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इति शम्बत् २०११ साल मार्ग ३ गते रोज ५ शुभं