निर्णय नं. ७१३ - जगा नीखनाई पाऊ
अ.द.नं. ७१३-२०११,
दे.फौ.पु/रीट नं ३१५/८७४
नेपाल प्रधान न्यायालय डीभीजं बेञ्च
ठा.नं.
ऊजुरवाला प्रतेवादी पश्चीं १ नं धादीं इलाका कुमाई ज्यांरु बस्ने रुकमणी उपाध्यानी ----------------------------
विपक्ष वादी ऐ ऐ बस्ने टीकादत्त र्इटनी--
मुद्दा : जगा नीखनाई पाऊ
इजलास
श्री माननीय न्यायाधीस प्रदीप्त मान्यवर नेपाल तारा ले ज. प्रकाश शम्सेर जंङ्ग बहादुर राणा।
श्री माननीय न्यायाधीस भगवतीप्रसाद सिंह राजपुत वीएससी बी एल
फैसला
यस्मा पुर्व अजम्बरको खेत पश्र्चीं खोल्साको दोभां ऊतर अजंम्बरको खेत दखिं खोल्सो यति ४ कील्ला भीत्रको डारमाझ भन्य खेत ।१० अंन्यायवालाको लोग्ने अजंम्बरलाई रु २९।।७३।१२।१७ मा मेरा सगोलको कान्छा बाबु देवीप्रसादले बन्धकी दीयको नीज मरी मेरा हक हुन आयको नीखन थैली ढरौट राषी माल्मा दर्खास्त दीदा नरपती मायानाथ बाट राजीनामा गरी लीयको भनी वयां गरेकाले नालेस गर्नु भनी ०७।१।२३।६ मा सुनायको नरपतिबाट राजीनामा गरी लीयको खेत ।१० प्रतेवादीका छोरा भवदन्तका नाऊमा दर्ता भयको सो मैले बन्धकी दीयको स्मेत खेत ।१० हाल मोही गंगा दन्त स्मेत भन्य स्मेत ३ महलेमा दर्ता भयकोले मायानाथ संग राजीनामा गरी लीय भंन्य कुरा जाल्साजी हो सो बन्धी दीयको खेत ।१० अघी कुबेदें चौकीको हुलाकी रकममा मेरा बाबु तारानाथका नाऊमा दर्ता भयको हुदा नालेस गर्न आयेको छु थैली बुझाई जगा सदर गराई पाऊ भन्ये स्मेत बादी रहेछ।
वादीको काइला बाबु मायानाथका हकभोगको माली आनारकंको कोदार पुछार खेत मुरी ।१० मेरा खसं अजंवरबाट रु ४५। लि ७६।११।११।१ मा राजीनामा गरी दीयकाले साल सालको बाली आना तीरो स्मेत तीरी भोग गरी आयकोमा खसं र छोरा स्मेत परलोक भै सकेको म वृद्ध अवलाक आईमाइ देखी हेपि हाडनातामा सजाये पाये पछी जनमेको यो वादीले पूर्व आगे खोल्सी पश्र्चीं मेरै खेत दखिं आगे खोल्सी र ६ गाऊ खोलाको दोभां यति ४ कीला भीत्रको खेत हक गर्न सक्छ की भनी देवी प्रसादको हक देखाइ नीखनाई पाउ भनी मालमा ऊजुर गरेकोमा मेरो भयको कुरा वयां गरेपछी वादीलाई सबै कुरा था भयेको मायानाथको लेखत कृर्ते भंन नसकेको ३ महलेमा वंधकी जनाऊन नसकेकोले दोहोरि देखाई कृतेमा उजुर गर्नेछु झुठा दाबीबाट अलाग गरी पाऊ भन्यस्मेत प्रतेवादी।
हरि प्रीया पाध्यानी नर्वे क्षत्रीको घति बडी कर्नी मुद्दामा अजंवरले सोपुवा गर्दा गरेकोले खत सै दोहरिका सै संग भीडाऊदा अक्षरको रुपबाट मीले जस्तै देषीयको तामीआना तारानथका नागमा दर्ता भयमा प्रतेवादी सावीतै भयको प्रतेवादीले राजीनामा गराय पछी दर्ता गराऊनु पर्ने मालबाट आयको दर्ता उतारबाट हुलाकी रकं तारानाथकै नाऊमा दर्ता भै राषेको देखियकोले मालमा गंगा दन्त स्मेत २ मोही लेखियकोमा १ मोही मेरा छोरा भवदत्त भंन्य प्रतेवादी जीकीर मनासीब नदेषीयको मायानाथकै जगा हो भंन्न अरु पका प्रमाण नआयकाले हक नपुग्नेबाट राजीनामा गराई लीय पनी प्रतेवादी प्रतेवादीको हक नपुग्ने र दोहरी सद्देनै देखिन आयकाले थैली बुझी लीनु पर्ने ठहर्छ भनी ०७।९।२७ मा धादीं अदालतबाट फैसला गरेको रहेछ।
अजम्बरको लेखत सै मील्ने जस्तै देखियको भंन्य सुरुको लेखाई र हुलाकी रकंमा मायानाथको हक भये तारानाथका नाऊमा दर्ता हुन नपर्ने हुदा ईन्साफ अदालतको मनासीब गरी ०७।११।२९मा अपील दोश्राबाट फैसला गरेको रहेछ।
हरि प्रीयासंगको घतिवडी कर्णी मुद्दामा अजम्बरले गरी राषेको सैसंग दोहरीमा भयको सै भीडाइ हेर्दा अक्षर मीलेकोमा हार पुछारको ।४० को भुक्तानी दर्ता यस अडाबाट बुझी आयको हेर्दा भवदत्तका नाऊमा खेत मुरी ।२० दर्ता नदेषीयको हुलाकी रकंमा तारानाथ दर्ता देखियकोले तारानाथको छोरा यो वादीले नीखन पाऊने ठहरायको ईन्साफ अपील दोश्राको मनासीब गरी ०९।३।२१ मा प्रधान न्यायालय चौथा फाट्बाट फैसला भयको।–
प्रतेवादी रुकमनीले दीयको बींतीपत्रमा भयका आदेश बमोजिं तारेखमा बसेको उजुरवालाको वारेस महानन्द र झीकाइ आयको वादी टीकादत्त स्मेत राखी बुझ्दा ।
३ महलेमा गंगादत्त स्मेत २ मोही भनी लेखियकोले १ मोही को हो भनी बुझियमा दर्ता बमोजिं २ मोही नभै गंगादत्त १ प्रतेवादीका छोरा भवद्त्त १, गोविन्द बहादुर भन्य स्मेत मुचुल्का भै आयकाले दर्ता र मुचुल्काको वेहोरा नमीली फरक भयबाट सो झगडा परेको जगा स्मेत खेत ।३० कक्तको नाऊमा ७६, ७३ साल्मा दर्ता भयको छ भनी बुझीयमा सो साल्मा कक्सको नाऊमा दर्ता छ श्रेष्तबाट देखिदैन भन्य स्मेत धादीं मालबाट ज्वाफ दीयको हुलाकी रकंमा हालसम्म वादीको वावु तारानाथका नाउमा दर्ता भै रहेको दोहरीको सै छापका हस्ताक्षर संग हरीप्रियास्मेत उपर अजम्बरले उजुर गरेको घटी बडी कर्णी मुद्दामा अजम्बरले गरेको हस्ताक्षर संग मील्न आयको र प्रतेवादीले राजीनामा गराई लीयको भन्ये हुलाकी रकंमा र ३ महलेमा स्मेत प्रतेवादीतर्फबाट दर्ता गरायको नदेषीनाले स्मेत ईन्साफ प्रधान न्यायालय चौथा फाट्ले ठहराई छीनेको मनासीब ठहर्छ दोहरायमा ऊजुरवाला रुकमिना के सुरु दंड मोरु ४।५।३ को हाकींका नाउमा कराउनेका १० नं. ले दसौद मोरु ।४१ यकचालीस पैसा दंड हुन्छ वारेस हुदा अैंन सवालको रीत पुर्याइ असुल गर्न अदालत तहसीलमा लगतदी मीसील मीसील फाटमा बुझाइ दीनु।
भगवती प्रसाद सिंह प्रकाश शम्सेर
न्यायाधीस न्यायाधीस
र्इती सम्वत् २०११ साल मार्ग ३ गते रोज