• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १९ - जगा पजनी गर्न पाउ

साल: २००९ महिना: माघ फैसला मिति :२००९/१०/२३ १५५

अभिलेख दर्ता नं.१९/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.३/३२

 

प्रधान न्यायालय सिंगल वैञ्च

मु नं.८३/३२

 


अपीलाट : गणेश लाल स्मेत


रेसपोडेन्ट : गोपाल सीं स्मेत


 

मुद्दा : जगा पजनी गर्न पाउ

 

श्रीमाननीय न्यायाधीश भैरवराज पन्त पाध्याका ईजलास

 

फैसला

मोरो वावु गोपीलालका नाउमा दर्ता भएको सिलौटे रकंको जगा रोपनी २। गोपाल सिंले मोहीमा कमाउन दियेकोमा वाली नवुजाउदा वादी दावी नालेस गर्दा झारा खर्च मोरु ४।५ मात्र पाउने जगा पजनी गर्न नपाउने गरी प्रधां न्यायालये तेश्रा फाटवाट फेसला भयेकोमा मेरो रकंको जगा हुदा अैं वमोजिं आफैले कमाउन पाउने हुदा ६ सालमा गहुं वाली लगाउन जादा हटक गरेकोले जगा पजनी गर्न पाउ भंने गणेश लालको वादी रहेछ ।

वादीले दावी गरेको जगा ८० सालमा मेरो नाउमा स्मेत दर्ता भयेकोले वादीले वालीमा नालिस गर्दा झारा खर्च रु ४।५० मात्र पाउने जगा पजनी गर्न नपाउने गरी फैसला भयेकोमा हाल फेरी झुट्टा नालेस गरेकोले जगा पजनी गर्न दिन नपरोस भंने गोपाल  सिंको प्रतेवादी रहेछ ।

रकमीले जगा पजनी गर्न पाउने भै वादीको जगामा प्रतेवादीले षिचोला गरेको ठहर्छ भनी शुरु भक्तपुर अदालतले फैसला गरेको रहेछ ।

तेस उपर प्रतेवादी गोपाल सिं को अपिल परेवाट शुरुको सदर गरी अपिल तेश्रा फाट हाकिं असिष्टंटले फैसला गरेको रहेछ ।

पजनी गर्न नपाउने भै वादीको दावी नलाग्ने हुदा षारेज गर्ने गरी शुरुको इन्साफ उल्टाई अपिल तेश्राको वि. दुर्गा प्रसादले राये पर्चा गरेको रहेछ ।

तेस उपर गणेशलालको र गोपाल सिं स्मेतको अपिल उजुर परी आयेकोमा तल लेखिय वमोजिं ठहर भयो ।

उपरोक्त मुद्दामा उजुरवालाहरू राखी निर्णय गरियेमा वादीले दावी गरेको जगा रकंको भै रकमीमा वादी वालाका नाउमा दर्ता भयेको भंने कुरामा प्रतेवादी सावितै भयेको र रकं तिरो पनि वादीले गरी आयेको देषियेकोले जगा पजनीका १६ नं का अैंले जगा वादीकै हक ठहरने र वाहाल भैरहेको अैंले हक ठहरने वादीले जगा कमाउन पाउदैन भंन नहुने खोसन नपाउने लेखत गरी दियेको छ भंन लेखत प्रतिवादी उजुरवालाले नसकेको सो जगा अघि षांनगीको भै अघि षान्गी खारेज भै मालमा जादा वादीकै नाउमा दर्ता भै मालमा स्मेत वादी अपिलाट तर्फवाटै तिरो भरो चलाई आयेको मालवाट दियेको रसिद स्मेतवाट देषियेको हुदा वादीले आफ्नु जगा आफैले कमाउन पाउने ठहराई अपिल तेश्रा फाटको हाकिं असिष्टेंटले छिनेको सदर विचारी दुर्गा प्रसादको राय उल्टी ठहरछ । अरु कुरामा तपसिल वमोजिं गर्नु

तपसील

भ पु ई भालाछे वेसी टोल वस्ने गोपाल सिं वासुकला के इन्साफ दोहर्‍याये वापत वादीले शुरु भक्तपुर अदालतमा राखेको कोर्ट फी मो रु ८।२७ को हा.का ११ नं ले सैक्रा १० ले मो रु।८३ दंण्ड हुन्छ वारेस हुदा असूल गर्नु भनी तहसिलमा लगत दिनु १

अपिल तेश्राका वि तुलसी प्रसाद पाध्या के माथि इन्साफ षंडमा लेखिया वमोजिं राय पर्चा गल्ती हुदा हा.का. १५ नं ले इन्साफ उल्टिमा रु१। राय वुझायेमा रु१। स्मेत जमा मो रु२। दुई जरिवाना हुन्छ सोही अडामा वाहाल हुदा असुल गर्नु भनी ।-२

न्यायाधीश

ईती संवत २००९ साल माघ २३ गते रोज ३ सुभं ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563