• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७९० - जगादर्ता वेहीसाव

साल: २०११ महिना: कार्तिक फैसला मिति :2011/07/19 ८७

अभिलेख दर्ता नं. ७९०

२०११ सालको मि.नं

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

अ नं.५०२

 


अपिलाट प्रतेवादी जील्लै गुल्मी मौजे अर्वाथोक बस्ने मु. जीवनाथ पाध्या

वीपक्ष वादी जील्लै गुल्मी मौजे अर्वाथोक वस्ने खड्ग कुमारी उपाध्यानी  


मुदा जगादर्ता वेहीसाव

इजलास

श्रीमाननीय न्यायाधीस भैरवराज पन्तपाध्या

 

फैसला

येस्मा लोग्ने खगेश्‍वरले ९४ सालमा वासपाटा प्रती पाखो जगा दर्ता गरी पाउँ भनी पाल्पा गौडामा दर्खास्त दी म्याद टास हुन आउदा प्रतेवादी मु. जीवनाथ साछी बसी म्याद तामेल गरी पठायेको उजुर नपर्दा लोग्ने खगेश्‍वरका नाउमा दर्ता गरी लगेपछी अडामा दाखेल नहुदै बीचमा नीज जीवनाथले सो जगामा आफ्नो पनी नाउ थपी दर्ता गरायेछन् मालले संखा गरी डोर खटी आई नीज तालुकदारलाई सोधनी गरेको सो जगा मेरो नाउमा पनी दर्ता गरेता पनी खगेश्‍वरले सो जगा भोग चलं गरेकोले नीज खगेश्र्वरकै नाउंमा मोठ नंवरी हवस भंजुर छ भन्‍ने ९८ सालमा छोडपत्र लेखी दीयेबाट नीजको दावा छुटेकोले तीरो तीरी भोगेको ७।१२।१ गते सो जगा मेरो रु ।१२ खड्गकुमारीको रु ।१३ तीराको हो जगा काटी लीन्छु भनी खीचोला गरेवाट वुझ्दा कार्तीक १३ गते रु ५। जीवनाथले घुस दीने मु.पुंडरीले खाने गरी जीवनाथको नाउ स्मेत दर्ता गरी रु ।१२ तीराको जगा कट्टी गरी खाने नीयेद गरेकोले रु ।२५ तीराको जगाको दाबी छुटाई मेरो सदर गरी घुस खाई जालसाज गरेमा सजाये गरी पाउ भन्‍ने स्मेत खड्ग कुमारीको वादी,

     दावीको वासपाटा जगा वावुकै पालादेखी सोरानी तीरावाट भोग गरेकोमा खगेश्र्वरले छुट्टै तीरो दर्ता गरी खान पाउ भनी ९४ सालमा दर्खास्त दीयेको रहेछ डोर सरजमींमा केही जगा दीनोस गोस्वारा दर्ता गराउ भनी मंजुर भै गोश्र्वारा दर्ता गरी लगेको अैले १० बर्खे गर्दा मेरा हकमा सावीकै वमोजीं वाहालै रहेको आधी खगेश्र्वरको हकमा यो वादीका नाउमा नामसारी भै दर्ता भयेको हो नाउ थपी दर्ता गरेको र छोडपत्र गरेको हैन २ सालको येकै पटक वुझ्दा रु ।२५ तीरेको भरपाई गयेको होला रु ५। घुस खुवायेको हैन भन्‍ने स्मेत जीवनाथको प्रतेवादी,

     सावीक गोडावाट मोही चेंज भयेको नाउ चेंज देखाई मोठ खडा गरने काममा म डोर खटी गै तालुकदारले लेखी दीये वमोजीं लेखाई ल्यायेको हुँ वादीको येक लौटी भयेको मैले कसरी जांनु अघी मोही खगेश्र्वर जीवनाथ भयेको काम भयेका दीन वादी आई मोठमा जीकीर स्मेत नलेखेकी हुंदा जीवनाथसंग रुपैया ५। घुस खायेको हैन भन्‍ने स्मेत ना.सु. पुंडरीप्रसादको रीपोट,

     छोडपत्र गरेको हैन रसीद जीवनाथकै हस्ताक्षरबाट लेखेको हो भन्‍ने स्मेत जीवनाथको वा. टोपलालको वयान,

     जीवनाथले डोरमा गरेको भनेको कागजको नक्‍कलको नक्‍कल वादीवाट पेस भयेको सो कागज प्रतेवादीले गरी दीयेको हैनकी भन्‍नलाई ९९ सालमा तीरो वुझी जीवनाथले गरी दीयेको भर्पाईमा त खगेश्र्वर उपाध्याले दर्ता गरी पाउ भनी दीयेको दर्खास्तका कील्ला भीत्रको वासपाटा माथीको जगा तेरो मेरो सगोल दर्ता थीयो तापनी मैले हकदावा छोडी दीसकेकोले यो सालसम्मको तीरो वुझी ली लगतमा मोरु ।२५ भये वाकी पछी लीने भन्‍ने लेखी रु ।१३ वुझेको र १ सालमा ९९ सालस्मको बक्यौता रु ।७८ र २००० सालको रु ।२५ समेत भन्‍ने ३ सालमा रु ।२५ वुझेको देखीयेको सो भर्पाइ सदेकृतेमा सुनाउदा कृते भन्‍न नसकी कृते हैन भन्‍ने वयां गरेको १ वर्षको तीरो वुझ्दा पनी रु ।२५ वुझेकोले जीबनाथका नाउमा दर्ता भयेको जगा खगेश्र्वरलाई हक छोडेको डोरको कागज सकली मान्‍नुपर्ने हुंदा घुसतर्फका हकमा घुस खायेको पत्यारलायेक सवुद नआयेको र तालुकदारले लेखी दीयेसम्म डोरले लेखने हुंदा रु ५। घुस लीनु खानु गरेको भन्‍ने तर्फ वादीको उजुर झुट्टा ठहर्छ भनी १०।२।११ गते पालपा अपीलले फैसला गरेको,

     सो इन्साफमा चीत्त वुझेन भन्‍ने प्रतेवादी जीवनाथको धरौटी अपील परेको यो मुद्दा वुझ्दा दर्तामा तेरो मेरो सगोल थीयो तापनी मैले हकदावा छोडी  सकेकोले तीरो वुझी लीञा भनी जीवनाथले भर्पाई गरी दीयेको वादीले पेस गरेको सो भर्पाइलाई कृते भन्‍न नसकी गरी दीयेमा सावीत भै नीज जीवनाथको वा टोपलालले वयान गरेकोले सो दर्ता जगामा नीज जीवनाथले हक छाडेकै देखीने हुँदा अरु अपीलका फैसलामा लेखीयेका वुदा प्रमाण स्मेतवाट इन्साफ पाल्पा अपीलको मनासीव छ इन्साफ पारी छीन्‍ने हाकीं उपर अपील गरेमा अपीलाट मु. जीवनाथ उपाध्याको सुरु डण्ड मोरु ५। को हाकींका नाउमा कराउनेका १० नं अैनले सैकडा १० ले मोरु । ५० पचास पैसा डण्ड हुन्छ सो डण्ड अपील दिंदा तारेखमा बस्न नपर्ने गरी १०।३।१३ मा पालपा अपीलमा धरौट राखेको मीसीलवाट देखींदा सदर स्याहा गर्नु भनी पालपा अपीलमा लेखी पठाउनु भनी तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील फाटमा वुझाई दीनु मुद्दा छीनेको जनाउ अपीलाट जीवनाथलाई पठाई दीनु .

  

 

                                 भैरवराज पंत

                                 न्यायाधीस

इती सम्वत २०११ साल कार्तीक १९ गते  रोज ५ सुभम्  

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563