निर्णय नं. ८१९ - ज्यान
अ.द.नं. ८१९-२०११,
दे.फौ.पु/रीट नं. ३८६/१०३३
नेपाल प्रधां न्यायालय सिगल बेञ्च
प्र न्या फौ सा नं
उजूरवाला चन्द्र हां लींबु राई पूर्व ६ नं. थुं पाच षंपडाडा गाऊ
विपक्षी लक्षुमं पाध्या पूर्व ६ नं पाच षपं षमारे
टीकादत्त पाध्या ऐ ऐ
रंगलाल पाध्या ऐ ऐ
ऐ ऐ बस्ने रिपुमर्दं थापा छेतृ
धर्मराज पाध्या पाच षपं फा.पुं
भक्त वत्स पाध्या ऐ ऐ
कृष्णभक्त पाध्या ऐ ऐ
बालकृष्ण पाध्या ऐ ऐ
सेसराज उपाध्याय ऐ ऐ
प्रेंबहादुर षत्रृ क्षेत्रृ पाच षपं षमारे ऐ ऐ
ऐ ऐ बस्ने रामु लाल पाध्या
सुबे भनेको मांबहादुर रिमाल क्षेत्रृ पूर्व ६ नं पाच षपं षमारे ऐ ऐ
मुदा – ज्यां
इजलास
श्रीमाननीय प्रधां न्यायाधीश हरिप्रसाद प्रधां एम ए बि.एल
फैसला
रंगलालस्मेत संगको जगा मुदाको तारेष लिन बाबु गौरी मां ५ साल मार्ग ८ गते ७५८ बजे घरबाट निस्के पूर्व ६ नं. अदालतमा जान गयेको १० गते संम घर नआयेको ऐ १० गते अडामा गै सोध्दा आयेको छैन भनेका र हाट्मा आयेका नातादारस्मेत बुझ्दा पत्ता नलागेको खोज षवर गर्दा हीमाषोला जंगल येकलास षेतमा ढूगाले पुरी कर्तव्य गरी मारेको लास फेला परेकोले लक्षुमं समेत १२ ज्वां मेरा बबुको झगडीया हुदा निजहरुले कर्तव्य गरी मारेको संखा लाग्छ नीजहरुलाई मेरा बाबु मारेमा सजाये गरी पाऊ भन्येस्मेत चन्द्रहाँ राईको जाहेरी फेराद रहेछ।
५ साल मार्ग ८ गते तारेष लीन गयेको गौरीमांलाई हीमा षोला जंगलमा ढुकी मैले लट्ठीले हानि लडाये पछी सेषराज म भै कर्तव्ये गरी मारेका हुँ भन्येस्मेत बेहोराको लक्षीमं पाध्याको बयां रहेछ।
स्व मार्ग ८ गते पूर्व ४ नं सिमलबोटे नरनाथको घरमा लेना रुफिया लीन गयेको रु ६०। ली तमसुकको पिठयूमा लेषि दीयेको वार्दात भयेको ठाऊ देषी १५ कोष फरकमा छु लक्षुमंसंग कंरु ३६ लीनु वाकीमा भनाभं भै झगडा भयेको दाजु रामुलाललाई जोगाउन मस्मेतले मारेको भनी झुट्ठा उजूर गरेको मैले मारेको होईन भन्ये स्मेत सेष राजको बयां रहेछ।
म मार्ग ७ गते चैनपुर गयेको उतैबाट ऐ.८ गते अडामा हाजीर भै ऐ. ९ गते चैंपुर देवि बहादुरका घरमा बसी ऐ. १० गते घर आयेको हुं लक्षुमंले शेषराज म ३ गौरिमांलाई कर्तव्ये गरी मारे भनेको कसैलाई नभन्नु भनेकोले कही जाहेर गरेको छैन मैले कर्तव्ये गरी मारेको होइन भन्ये स्मेत टीकादत्तको बयां रहेछ।
म स्व मार्ग ८ गते घरैमा छु मैले मारेको होइन बाबु संग झगडा परेको इबिले झुट्टा पोलेको भन्ये स्मेत सुवे भन्ये मां बहादुरको बयां रहेछ।
म आछांतर्फ गयेको मार्ग ७ गते चैंपुर आई ८ गते म र रीपुमर्दं षरीमाको घरमा वास बसी भोलीपल्ट ९ गते घर आयेको हुं प्रेंबहादुर सुबे मां बहादुर मेरा छोरा हुं मैले कर्तव्ये गरी मारेको होइन भन्येस्मेत रंगलालको बयां रहेछ।
म आछां बसेको थीये रंगलाल आई गौरी मां उज्दर गरेको छ जाऊ भनेकाले मार्ग ७ गते चैनपुर आइपुगी ८ गते मुरा गाइनी कहाँ बसी भोलिपल्ट घरु आई पुगेको हुं मैले कर्तव्ये गरी मारेको होईन भन्ये स्मेत रिपुमर्दनको वयां रहेछ।
म मार्ग ८ गते पूर्व ४ नं दींलामा छु मैले कर्तव्ये गरी मारेको होइन मुद्दा परेको इविले झुट्टा उज्दर गरेको हो भन्येस्मेत धर्मराजको वयां रहेछ।
स्व मार्ग ८ गते सभाये उत्तरमा छु मैले कर्तव्ये गरी मारेको होइन कसले मारेको हुं मलाइ था छैन भन्नेस्मेत भक्तवत्सलको बयां रहेछ।
मार्ग ८ गते दींला रमानाथका घरमा म र धर्मराज छं मैले कर्तव्ये गरी मारेको होइन जगा मुद्दा परेको इविले झुट्टा उज्दर गरेको भन्नेस्मेत कृष्णभक्तको बयां रहेछ।
म बेरामी हुदा घरैमा छु मैले मारेको होइन मुद्दाको इबिबाट झुट्टा उज्दर गरेको भन्नेस्मेत वालाकृष्णको वयां रहेछ।
प्रें बहादुर रामुलालले म्याद गुजारेको रहेछ।
येस्मा लक्षुमं कर्तव्ये गरी मारेमा सावीतै हुदा कर्तव्ये गरी निजले मारेको ठहर्छ सवे भन्ये मांबहादुर पक्राऊ गर्न जादा कर्तव्य गरी मार्ने लक्षुमंका साथ पक्राउ भयेको साछी सबुद केही गुजार्न नसकेको सरजमीं ५ ज्वांले संखा गरी लेषि दीयेको हुनाले कर्तव्ये गरी मारेको ठहर्छ। टिकादत्तले येकाघरका भाइले मारेको भन्ने कुरा भनेको भनी बयां गरेको बुझीयका साक्षी सरजमीं केहीले संषा देखायेको हुदा बा र दाजु भयको ठाउमा गये भयेकै देषीने हुदा कर्तव्य गरेको ठहर्छ प्रें बहादुर रामुका हक्मा साछी सरज्मींले संषा गरेको म्यादमा हाजीर नभै गुजारेकोले मुलतबी राषने सो बाहेक अरु वालाकृष्ण रंगलाल रीपुमर्दं भक्त बत्सल सेषराज धर्मराज कृष्णभक्त स्मेतका साक्षी सवुद प्रमाणबाट नीज वालाकृष्णस्मेतका ७ ज्वांले कर्तव्ये गरी मारेको ठहर्दैन कर्तव्ये गरी मार्ने ठहरेको लक्षुमंको अंस सर्वस्व भै सकेकाले लालमोहर सदर भै आये पछी दामल भन्ने ३ अक्षर षोदी दामलमा हाली दीने टीकादत्त मांबहादुरका हकमा अंस सर्वस्व गर्नु पर्ने दामलमा हाल्न ऐ ऐ. गर्ने भन्ने स्मेत बेहोराको २००६ साल माघ १९ गते रोज ४ को पुर्व ६ नं अदालतको जाहेरी फैसेला रहेछ।
सरजमींले संका गरे भंदैमा चसमदित देख्ने कुनै प्रमाण नभयेको जाहेरवालाले फिटी लेषन नसकेको हुनाले टिकादत्त सुबे भंने मांबहादुर कर्तव्य वाला ठहर्दैन मतलबी संम ठहर्छन् ज्यां संबंधीको ३१ नं ले ६ मैन्हा देखी ३ वर्ष संम तजबिजबाट सजाये हुने अरु ईन्साफ पूर्व ६ नं. अदालतको सदर भन्ये स्मेत बेहोराको २००८ साल श्रावण २१ गते रोज १ को धंकुटा अपिलको फैसेला रहेछ।
धंकुटा अपिलका जाहेरी फैसला बमोजिं साधकतर्फ दर्ता भै पेस हुन आयेको यस मुद्दामा बुझ्दा लक्षुमं साबितै र प्रें लाल रामलालले म्याद गुजारेको टिकादत्त सुबे मांबहादुरले हात चोट छोडेकै भन्ने चस्मदीत देख्ने प्रमाण केही नहुदा मतलबी सं ठहर्ने हुदा लक्षुमंलाई दामल गर्ने प्रेंलाल रामुका हक्मा मतलबीमा ज्यान संबंधीका ३१ नं ले ६ मैन्हा देषी ३ बर्ष संम तजविजबाट तोकेको सजाय गर्ने अरुलाई संझाई दिने स्मेत ठहरायको इन्साफ धंकुटा अपिलको मनासिब छ तपसिल बमोजिं गर्नु।
तपसिल
लछुमं पाध्यालाई झेल सुधार योजना बमोजिं विस २० वीस बर्ष कैद गर्नु दामल षोदने हकमा लालमोहर बक्साऊने अैं बमोजिमको नियमावली बनी नसकेकोले सो बनेपछी निकासालाई उसै बषत जाहेर गर्नु भन्या १०।३।३०।२ मा फुलबेञ्चबाट फैसेला भयेकोले येस्मा पनि लालमोहर बक्साई दिने नियमावलि बनीसकेपछी निकासालाई उसैबषत जाहेर गर्नु भनी पूर्व ६ नं अदालतलाई पूर्जी गर्न अ.त.फौ. फाटमा लगत दीने-----१
देहायका मानिसके सुरु पूर्व ६ नं अदालतका ६।१०।१९ ४ का फैसलाले दामल गर्ने गरेकोमा ज्यां संबंधीको ३१ नं ले कैद ३ तिं वर्ष हुने ठहरेकोले दामलको लगत काटी कैद बर्ष ३ तिं को लगत कसि पूर्व ६ नं अदालतकोझेलमा थुनीयको भन्ने मिसिलबाट देषिनाले कैद कट्टी मिन्हा दी अैं सवाल बमोजिं गर्नु भनी पूर्व ६ नं अदालतलाई पूर्जि गर्न अ.त.फौ फाटमा लगत दीने------------------------------
पूर्व ६ नं पाच षपं षमारे बस्ने सुवे भन्ने मां बहादुर षत्रृ क्षेत्रृ २००५।८।२२ मा पूर्व ट नं. अदालतको झेलमा थुनीयेको ज्वां ----------------------------------१
ऐ.ऐ. बस्ने टिकादत्त पाध्या २००५।८।२१ देषी ऐ झेलमा थुनीयको ---------१
हरिप्रसाद
प्रधां न्यायाधीश
इति सम्वत् २०११ साल मार्ग २७ गते रोज १शुभम्