निर्णय नं. १४३ - जगा बली लुट्पीट्
१४३/२०१०
४०/२८५
नेपाल प्रधान न्यायलय सिङ्गल बेञ्च
अपील नम्बर २८२
मुद्दा – जगा बली लुट्पीट्
अपीलाट- प्रतिबादी तापलेजुं हाङदेवा तमर खोला फरुम्वु वस्ने अम्वर बहादुर लीम्बु
बिपक्ष- बादी ऐ ऐ बस्ने लक्षमी माया लीम्बुनि..
ईजलास
श्री माननीय न्यायाधीश भगवतिप्रसाद सींह राजपुत बीएसी बीएल
फैसला
यसमा २५।३७ सालमा सुवा जगविर जिंमा बाजे ससुरा धंरुप दर्ताको जगा धंरुपका छोरा रामध्वजले सुवा नीजहां जयंमान हर्क जं लाई बोको स्मेतको रीत राखी खीञौबारी स्मेतका जगा भाग वंडा दी ५३ साल्मा र स्व सदरै राखी ५४ सल्मा स्मेत कागज गरी दीयेका धांको ब्यू।२ जाने मध्य कंरु २३ हंसरथ लींबुबाट ८५ सालमा कर्जा ली मंध्वजले भोग बन्धकी लेखी दीक्षां सुवा नीजहांका छोरा कीताप सीं कलमी भएको ८७ सालमा कंरु ७ बढ खाई कीतापसींले नै लेखीदीयेको रांध्वज ९२ सालमा मरेका लोग्ने बुधीराज वृध्द भै ९७ सालदेखि सुखीं गै बसेकाले रांध्वजले चेर्चेको जगा माग्दाबी गर्ने छैन भनी छोरा संज हांलाई ९८।१। २५।५ मा कीता पसीं अम्वर बहादुरले कागज लेखी दी भोगी आयेको खिञौ भन्ने बरवर वोटे खेतमा परेको हंसरथको थैली तिरी ९९ सालमा तीरी उकासेको स्व खेतमा ४ सालको वाली धां लगाई १० कर्म गरी पाकेको धां०४/७/१ मा अम्बर बहादुरले जहान खेताला ल्याई काट्न आउदा हटक गरेमा मलाई करकाप सैग कागज गराई ली कुटपीट गरेकाले त्यसामा नालेस गरेको छु लुटेको वीगो कंरु ६२ भराई जगा मेरो सदर गरी पाँउ भन्ने लक्ष्मी मायाको बादी रहेछ ।
लछीमायाको बाजे ससुरा धंरुप दर्ताको जगा ५० सालका जाँचमा रांध्वज दर्ता हुनुपर्नेमा मेराबाबु तीरजामान सुवा बेरामी हुदा अम्बर बहादुरको बाबुलाई जयमां लाई वारेस दीयेमा ढाटी जयमान दर्ता भयेको छ ।५३ सालमा रांध्वज लाई भाग वंडा ५४ सालमा सकारनामा ९३ साल्मा अंवर बहादुरको र म कीताप सी को झगडा परेको श्रीलालको गयरी परेका जगा बराबर बाडीखाने यो दाबीको जगा स्मेत अम्बर बहादुरले प्रतिवादीमा झल्कायेकाले धंरुपका संतांले खोजेका बखत उसैले लीने र नखोजेसम्म अम्बर बहादुरले खानेगरी भागदारी बाट मिलापत्र गरेकाले अइले मैले षीचोला गरेको छैन फेरी दाबी मध्यकै खीञाको बरबरबोटे खेत्मा ९६ सालंमा बीच बीचै काला लींबुको र अम्बर बहादुरको लंडं पडं हुदा पनी धंरुपको सन्तानले जेमा जींमादिनुपर्ने नखोजे सम्म अम्बर बहादुरले खान पाउनेगरी भारादारी लगायत् फैसला भयेको ९८ सालमा मु. कीताप सीं र अम्वर बहादुरस्मेतले सकारनामा गरीदीयको छ बादीको जगा बादिकै सदर हुँदा मैले कुनै दावी गरेको छैन भंने कीताप सीं को प्रतिबाद रहेछ बादीको लोग्ने बुधराज सभहाको नाती रांध्वज को छोरा हो दाविको धानको ब्यू ।२ जाने भनेको खेत बादीको होईन कीताप सीं स्मेत संग ८९ साल देखी झगडा परी धारा दारी लगायत गरी तेपछी फेरी कालासीं लींबु संग झगडा पर्दा भारदारी तक मैले जीतेको फेरी यै कितापसीं संग झगडा परी ०४।४।८ मा यस अड्डाबाट मैले जीतेको सो ५० सालका जाचमा धंरुप मर्दा छोरो जयमान भनी दर्ता भयेको छ यै जगाको ४ सालको मेरो १० कर्मको बाली आश्वीं २१ गते बादी स्मेतले लुटी खायेमा सु- रंध्वजका नाउको अमालामा उजुर गरेको छु यो दाबी झुठ्ठाहो भंने अम्बर बहादुरको प्रतिबादी रहेछ ।
वादी.....लछीमायाले दाखील गरेको ९८। १।२५।५ को लेखत देखाई सुनाउदा मैले गरीदीएको होईन कीर्त्य हो भनी प्रतिबादी अम्बर बहादुरले बयान गरेको रहेछ ।
स्व लीखत सद्दे साँचो हो भंने बादी लक्षीमायाको वारेस फीदेले बयान गरेको रहेछ ।
हांरा बाबुहरुले तीरां बान्यलाई ५३ सालमा लेखी दीयेको जगा खेत बिरायेको स्मेत बाबुको लेखत सदर थामी दीज्यू भंने प्रतेबादी अम्वर बहादुर कितापसीं ससमेतले यो बादीको छोरा संजहलाई ९८।१।२५ गते लेखीदीयेको देखी येबाट बादीको बाबुले दावा छोडेको भंनु पर्ने स्व कागजलाई कीताबसीं स्मेतले सावीती प्रतिबादी दीयेको अम्बर बहादुरलाई सद्देकीत्ये देखाउदा किर्त्य हो भनी बयान गरेको छ तापनी स्व लेखतको ल्याफ्चे सै र बादीले षेस गरेको ददाता लछीमाया साहु अम्बर बहादुर थापा भयेको २००३।१२।२ को कलमी प्रतिबादी अम्बर बहादुर भयेको र अड्डैबाट लेखाईलीदामा स्मेत हस्ताक्षरको लीपी र दाञीने बुढी औठाको चक्र भै भीडाउदा मिल्न आयकोहुँदा कीर्त्य भंने अम्बर बहादुरको जीकीर झुट्टा ठहरेको ९३ ।८।३ को भारादारीको मीलापत्र र २०००।३।२४।५ को भारादारीको फैसला समेतको नक्कलको नकल पेस गरेकोमा धंरुपको सन्तानले नखोजे सम्म अम्बर बहादुरले खान पाउने भंने बोली लेखीयेको ५३ सालको मुचुल्का र सकार गरी ९८।१।२४ को लेखतमा स्मेत बादीको छोरी दखियेको जगा तर्फ बिचार गर्दा दाबी वमोजीं को खीञ्यू भंने बरवर बोटे ५३साल्को लेखतमा लेखिएको स्वही कायं राखी ९८ सालमा ..........प्रतेबादीहरुले जगा हक छोडी दीयको बाट संजहाँको हक भयेको देखियेको संजहाँ बादीको यका घरको छोरो बृटीस सर्कारमा नोकरी गरी बसेकोले बादीको हक ठहर्न आयेको बाली तर्फ लाई साल्सालको तीरो बादीलर्खै तीरेको टीप देखीयेको वर प्रतिबादीका साछि २जनाले पनी बाली अम्वर बहादुरले नै खायको हु भनी बकेको स्मेत बाट बादीको खिञ्यौ भंने बरबर बोटे खेतमा खीचोला गरी प्रतिबादी अम्वर बहादुरले लुटी लगेकै ठहर्छ ।भनी तापलेजुं अमीनीका लेफटें कृश्नभक्त कसजुले २००६ ।१।७ मा फैसला गरेको रहेछ ।
50 सालका जाँचमा सुवा नीजहाँ जींमा धंरुप मरी अपुताली हुदा जयेमां भंने लेखियेबाट हामीलेनै खान पाउने र बुधराज शुभहाँ को नाती सन्तान भयेको र किताप सीं संग झगडा पर्दा ३।४ पटक मैलेनै जीतेको ५३।४५।९८ सालका हुँ सै छाप पनि नबुझीने छ अन्याये संग हराई दीयेकाले चीत्त बुझेन भंने प्रतेबादी अम्बर बहादुरको अपील शुरु उपर परेको रहेछ ।
बाज्यससुरा धंरुप नीजको छोरा रांध्वज नीजको छोरा बुधराज भंने बादीको जीकीर देखीयेको स्व होईन भनि प्रतिबादीले साछी बकाउन नसकेकको बादीको साछिले स्मेत धंरुपको बुहारी बादी देखाएको अधी भारादारीको मीलापत्र बाट धंरुपका सन्तानले खान पाउने देखीनाले र अपीलाटले अरु सबुद ईन्साफ मुनासोब छ भनी २००६ ।११।१९।५ मा धंकुटा अपील्का शुभाहरी रां अमात्येले फैसला गरेको रहेछ ।
बादी दाबीको मेरो टुनीबोटे कीपट खेत अधी पटक पटक भारादारी लगायेत कीला पसीं कांला स्मेतसंग जीतेको जगालाई ईवीवाला कीतापसींले लछीमायाको जगा हो भनी प्रतिबादि दीयेको भरले गररेको सुरुको गल्ती ईन्साफ सदर गरी अपीलले फैसला गरेकाले चीत्त बुझेन भंन धं अमील उपर प्रतेबादी अम्बर बहादुरले धरौटी अपील गरेको रहेछ ।
यो मुद्दाँ बुझदा हाल झगडा परेको जगामा अधी मीलापात्र र फैसला भयेको भंने कुरा प्रतेबादी आफैले लखेकोले हाल बेगल जगामा झगडा परेको रहेछ भंन नभयेको स्व अधीका मीलापत्र फेसलाहरुबाट जगा प्रतिवादीको पाको भैसकेको रहेछकी भंन पनी मीसील्सामेल रहेको स्व भरादारी बाट भएको ९३।८।३।२ को मीलापत्र र २०००।३।२४।५को फैसला हेर्दा पुराना दर्तावाला धंरुपका सन्तान बादी होइन मै हु भंने प्रतिबादीको जीकीरका हकमा पनी धंरुपका संतां आफै भयेको पका प्रमाण प्रतिबादीले केही दीननसकेको र धंरुपको संतान प्रतिबादी आफै भये अघी मीलापत्रमा धंरुपका संतां आई उजुर गरे मैले नै पुर्पछ गरुला भंने लवज प्रतिबादी अम्बर ध्वज भंने अंबर बहादुरले लेखी दीनु नपर्ने फेरी यो प्रतिबादी अम्बर बहादुरले प्रतिबादी दींदा ५० सालका जाचमादर्ता हुदा धंरुप मर्दा छोरा जयेमान भनी मेरा बाबुका नाउमा दर्ता भयेको भनी लेखेको सुरु उपर्को अपीलमा भने धंरुपमामरी अपुताल हुदा जैमान भनी लेखेको स्व कुरा माथी लेखीयका मीलापत्र फैसलाहरुका लवजबाट साँचो देखीन नआयेको अरु सुरु र अपीलका फैसलामा लेखीयेका बुदा प्रमाणबाट स्मेत ईन्साफ सुरुको सदर गरेको धंकुटा अपील्को मुनासीब छ । ईन्साफ पारी छींने हाकीं उपर अपील गरे बापत अपीलाट बम्बर बहादुर लीम्बुके सुरु हा.का. १० नं बमोजीं सयेकडा ५ ले कं रु १ येक रुपैआ डंड हुन्छ स्व डंडतारेखमा नबस्ने गरी नीज अपीलाट अम्बर बहादुरले २००७। ।६।१६। २मा धंनकुटा अपीलमा धरौटी दाखीला गरेको देखिनालर् स्व धरौटी श्रेस्ताबाट खर्च लेखी सदर स्याहा गर्नु भनी धंकुटा अपीललाई लेखी पठाउन लगत फाट्मा लगत दी मीसील मीसील फाटमा बुझाईदीनु यो फैसला भयेको जनाउ पनी धरौटी अपीलाट लाई दीनु ।
न्यायाधीस
...........................
ईती सम्वत २०१० साल आषाढ ४ गते रोज शुभम्..