निर्णय नं. ८२० - घटी बढी कर्णि
अ.द.नं. ८२०-२०११,
दे.फौ.पु/रीट नं. ३१८/१०३
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
सा.नं. १०३
वादी-डोटी ईलाका अछाम छबिस पुहुगाऊ बस्ने चेतनाथ ऊपाध्याय
विपक्षी- डोटी अछाम छबीस दरा भैरी गाऊ बस्ने मना साही ठकुरीस्मेत--
मुद्दा -घटी बढी कर्णि
ईजलास
श्रीमाननीय प्रधान न्यायाधिस हरीप्रसाद प्रधान एम.ए. बी.एल
फैसला
येस्मा जेठी बाहुनी मरी नीजतर्फका छोराछोरीलाई कांछी जसुले मं दुखाऊने गरेकिले भिंदै घरमा राखी दी अर्कि स्वास्नी विवाह गरी बसेको ०२ सालमा नीज माहीली स्वास्नी जसु मने साहीको घरमा भान्से भै बसेकि, गर्भ बोकीछ पक्रि केरदा मने साहीको गर्भ हो भनेकिले जसुलाई पक्री सौपुवा गर्न ल्यायेको छु मने भागेकाले निजलाई जनै झीकी जात पतित गरी पाऊ भन्नेस्मेत चेतनाथको ०८।११।२३।३ को सौपुवा फेराद रहेछ।
चेतनाथको विवाहीता स्वास्नी हुँ नीजले खान लाऊन नदीयेकोले मने साहीको भान्से भै बसेकी थीय। ०८ साल जेष्ठ २० गतेको राती म सुतेका ठाऊमा आई मने साहीले कर्णि गरे ऐ २२ गते पनि फेरी करणी गरेकोले गर्भ रहेको हो भातमा बोरेकी छैन भन्येस्मेत जसुको ०८।११।३ बयान रहेछ।
मेरा घरमा जसु भान्से बसेकि पनी छैन कर्णी गर्भ लोग्ने चेतनाथको हो मैले नीज जसुको करणि गरेको छैन जजमान्नी बिगार्ने येसलाई पुजन हुदैन भनी म अग्रसर भै नीज चेतनाथको सट्टा जयरुद्रलाई पुजेको रीसले झुट्ठा उजुर गरे पोलायेको हो भन्ने स्मेत मने साहीको ०९।१।१९ को इन्कारी प्रतीऊत्तर पत्र रहेछ।
मने साहीले जसुलाई घटी बडीमा कर्णी गरेको ठहर्छ साधक सदर भयेपछी लालमोहर बक्साई जनै झिकि जात पतीत गरी दीने भन्नेस्मेत ठोटी अदालतको १०।५।२९।२ जाहेरी फैसला रहेछ।
सो सदर गरी डोटी अपिलले ११।४।१५।६ मा जाहेरी फैसला गरेको रहेछ।
साधकद्वारा पेस हुन आयेको यो मुद्दा बुझ्दा वादी चेतनाथले यो जसु ऊपर सौता हाली अरकि विवाह गरेको वादी लेखाईबाटै देखीनाले जसुलाई पंछाऊने नियेदले झुट्ठा ऊजुर गरेको हो कि भन्ने सङ्का गर्नलाई जसुले भनेकै कर्णि गर्भ हो भनी सावीत भै वयान गरेकि र मनेले सफाईको पत्यारलायेक सबुद केही गुजार्न नसकेको, बुझीयेका सरज्मींले मनेकै ऊपर संका गरी भातखान सक्तैनौ भनी लेखेका स्मेत मीसील प्रमाणबाट देखीयेको अपिल्का फैसला ऊपर मनेको अपील परेको पनी मीसीलबाट नदेखीनाले नीज मनेले घटीबढीमा जसुको करणी गरेको ठहराई साधुले रोजेको खत जनै झीकी जात पतितको सजाये गरीदीने ठहरायेको अदालतको ईन्साफ सदर गरी जाहेर गरेको डोटी अपीलको ईन्साफ मनासीव ठहर्छ । लालमोहर बक्साई प्र. मने ठकुरीको जने झीकी जात पतित गर्ने हकमा २०१०।२।२५ का फुलबेञ्चका निर्णय बमोजिं गर्नु भनी मीसील जील्ला अदालतमा पठाऊन डोटी अपीलमा पठाई दीनालाई मीसील फाट्मा बुजाइ दीनु ।
हरिप्रसाद
प्रधान न्यायाधीस
ईति सम्वत २०११ साल मार्ग २७ गते रोज १ सुभं