• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८२१ - खुन डाका

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/27 ८५

अ.द.नं. ८२१-२०११,

दे.फौ.पु/रीट नं. २७४/१११

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

फौ सा नं १११

मुदा- खुन डाका


वादी- जिल्लै पर्सा प्र.सीधमास मौजे डोकैला बहुवरि

 

प्रतेवादी ऐ. बस्ने नुरली मीञा


इजलास

श्रीमाननीय प्रधान न्यायाधीशज्यू  हरीप्रसाद प्रधान एम.ए. बि.एल.  

फैसला

येस्मा प्रतेवादीहरुले आमालाई मारी डाका गरी लगेको बीगो रु ६८६। दीलाई सजाए गरी पाऊ भंनेस्मेत वादीको द्रखास्त वयान रहेछ।

वारदातको दिं ८ कोस टाढामा छु झुट्ठा उजुर गरेका हुन भन्येस्मेत नुर अली र म बेरामी हुदा घरैमा छु भन्येस्मेत मो साहेवको र २० कोस टाढ वीदेश भरेराजको मेलामा गयेको छु भन्येस्मेत राम औतारस्मेतको छुट्टाछुट्टै वयान रहेछ।

बुझीए संमका प्रमाणले जोखु धानुक स्मेत ७ जनाका हकमा फेराद हुदा मुलतबि राख्ने रामऔतार मो साहेवका हकमा ज्यानतर्फ संखा लीन नपर्ने सरजीं स्मेतबाट नुरलीले ज्यान मारेको भन्ये देखीदा ज्यान मारी डाका गरेको र राम औतार मो साहवले डाका गरेको ठहर्छ भनी २००९ साल बैशाख २० गते वीरगंज अमीनीले जाहेर गरेको रहेछ।

रामऔतार उपर झुट्ठा उजुर गरेको र अरु इन्साफ मनासीब गरी २००९साल मार्ग ५ गते कटरवना अपीलले जाहेर गरेको रहेछ।

सोही मनासीव गरी नुरलीका हकमा जेलबाट भागेकोले फेला परेका बखत दामल गर्नालाई लालमोहर बक्साउने गरी २०१० साल श्रावण २३ गते सदर अमीनी गोश्वाराले जाहेर गरेको रहेछ।

साधकद्वारा पेश हुन आएको बुझ्दा जोखु धानुक स्मेत फेराद रहेकाले तदारुख साथ कारबाई गर्नु भनी र नुर अलीका हक्मा नीजले भालाले हानी वादीको आमालाई मारेको देखे भन्ये कीटानीसाथ सरजमींमा लेखी दिएको देखीनालेस्मेत इन्साफ सदर अमीनी गोश्वाराले ठहराई जाहेर गरेको मनासीब रामप्रसादको र मायानाथको ज्यान मुद्दामा जेल सुधार योजना बमोजिं मायानाथलाई २० बर्ष कैद गर्नु दामल गर्ने हक्मा लालमोहर बक्साउने ऐन बमोजिंको नीएमावली बनी नसकेकाले सो बनेपछि नीकासालाई उसैबखत जाहेर गर्नु भंन्ये १०।३।३०।२ मा फुलबेञ्‍चबाट मुद्दा फैसला भयकोले यस्मा पनि नुर अलीलाई जेल सुधार योजना बमोजिं २० बर्ष कैद गर्नु दामल खोदने हकमा लालमोहर बक्साउने अैं बमोजिंको नीएमावली बनी नसकेकोले सो बनेपछी नीकासालाई उसैबखत जाहेर गर्नु भनी मीसील सुरुमा पठाउन सदर अमीनी गोश्वारामा पठाई दिनु ।

 

 

 

हरिप्रसाद

प्रधान न्यायाधीश

र्इती सँम्वत २०११ साल मार्ग २७ गते रोज १ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563