• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८२२ - पानी कर्नि

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/27 १२८

अ.द.नं. ८२२-२०११,

दे.फौ.पु/रीट नं. २६४/६४

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

फौ सा नं ६४

मुदा- पानी कर्नि


वादी-अछां आट्सै दरा बुढाकोट्गाउ बस्ने जोगी दमै --           

प्रतेवादी ऐ बोरा बाडा बस्ने सगुने बोरा  


इजलाश

श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल.  

फैसला

येस्मा बुहारि भानी दमेनी प्र. सगुने बोहरास्मेतसंग कर्निमा बीग्रेमा साबीत भयकीले सगुने बोरा र मानी दमेनीलाई दाखील गरेको छु अैंसवालबमोजिं होस भंन्येस्मेत वादि रहेछ।

     हामीहरु कर्निमा बीग्रेका हौ भंन्येस्मेत सगुने र भानीको छुट्टाछुट्टै वयान र ईबिले सगुरेले पोले पोलाएको हो हामीले कर्नि गरेका छैन भन्येस्मेत लडे दमै भैपति जोगीको छुट्टै बयान रहेछ।

बुझीए संमका प्रमाणले लडे र भैपतिका हक्मा झुट्टा पोल गरेको र सगुने भानी कर्निमा बीग्रेको ठहर्छ सगुनेको जात पतित गर्ने ठहराई २०१० जेष्ट ३० गते डोटी मोहडा अदालतले जाहेर गरेको रहेछ।

सोही ईनसाफ मनासीब गरी  २०११ साल वैसाष २२ गते डोटी अपील्ले जाहेर गरेको रहेछ।

साधकद्वारा पेश हुन आएको पेश भयो सगुने बोरा र भानी दमेनी कर्नि दियलीयमा साबीतै हुदा ईन्साफ डोटी अपील्ले ठहराई जाहेर गरेको मनासिब जात पतित गर्नेतर्फ २०१० साल जेष्ट २५ गतेका फुल बेञ्चका नीर्णयबमोजिं गर्नु भनी मीसील सुरुमा पठाउनु डोटी अपील्मा पठाईदिनु।

हरिप्रसाद

प्रधान न्यायाधीश

ईती संम्वत २०११ साल मार्ग २७ गते रोज १ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..