निर्णय नं. ८२३ - खुन डाका
अ.द.नं. ८२३-२०११,
दे.फौ.पु/रीट नं. २७०/३८
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
फौ सा.नं. ३८
मुदा- खुन डाका
वादी- तप्पे हारी मौजे हर्षपुर बस्ने राजेन्द्र थारु-
प्रतेवादी अहमवा बस्ने पियरि पासी स्मेत-
ईजलाश
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल.
फैसला
येस्मा प्रतेवादीहरुले छोरा रालखंलाई मारी रु ११५८।।। को धंमाल डाका गरी लगेकोले बीगो दीलाई सजाए गरी पाउ भंन्येस्मेत वादीको द्रखास्त वयान रहेछ।
हामिहरु डाका गर्न गयका होईनौ खरियान र घरमै छौ ईबिले झुट्ठा पोल गरेको हो भंन्ये स्मेत पियारे पासी करामत मुसल्मानको छुट्टाछुट्टै बयान् रहेछ।
बुझीएसम्मका प्रमाणले अवधुका हकमा उस्पारमा कारबाई चलेकोले यसबाट केही गर्न नपर्ने र मुंसि भंन्ये मुसल्मान सिडचरंका हक्मा मुल्तबी राख्ने बयान गर्ने २ जनाका हक्मा डाका गरेको ठहर्छ डाकामा सजाउ गर्ने र ज्यानतर्फ ज्यान संबंधीका ३१ नं का ३ दफाले ३ मैनादेखी ३ बर्षसम्म मुख्त्यारका तजबीजले सजाए हुनु पर्ने ठहराई २००६।३।२८ मा बेथरी अमीनीले जाहेर गरेको रहेछ।
सोही मनासीब गरी सजाए तर्फ ज्यान संबंधीका २६ नं ले २०˟२० बर्षका दर्ले सजाए गर्ने ठहराई २००७ साल फागुका १८ गते बुटौल अपिलले जाहेर गरेको रहेछ।
सोही ईन्साफ मनासीब गरी २००९ साल फागुण १ गते सदर अमीनी गोश्वाराले जाहेर गरेको रहेछ।
साधकद्वारा पेश हुन आएको बुझ्दा फेरार रहेका सिडचरं स्मेतका हकमा मुल्तबी राख्ने स्मेत ठहराई सदर अमीनी गोश्वाराले जाहेर गरेको मनासीव तदारूख साथ कारबाई गर्नु भनी मीसील सुरुमा पठाउन सदर अमीनी गोश्वारामा पठाई दिनु ।
हरिप्रसाद
प्रधान न्यायाधीश
इति संम्वत २०११ साल मार्ग २७ गते रोज १ सुभं