निर्णय नं. ८२४ - तहबिल मस्यौट
अ.द.नं. ८२४-२०११,
दे.फौ.पु/रीट नं. ३३५/१२६
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
सा.नं. १२६
वादी- सर्कार रीपोट्वाला सु.डम्बरबहादुर
विपक्षी- जील्ला गोरखपुर ठाना पुरन्दर निसपीक फरोन्दा मौजा पिप्रा बजार बस्ने राम प्यारे पाण्डे ।
मुदा -तहबिल मस्यौट
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम.ए. बी.एल.
फैसला
येस्मा बेथरी छोटीबजार अडाको व. रामप्यारेले ०८ साल आषाड ३ गते तक्को आम्दानी, श्रेस्तास्मेत भैरवा बजार अडामा दाखील गर्न गयेको नबुझायेकोले खोज तलास गर्दा भारत नौतनामा फेला परी कंरु ६७। दीयेको, अरु २।३ दिंमा बुजाऊछु भनेको र भारतबाट पक्री ल्याऊन नभयेकोले सो कंरु ६७। दाखिल गरेको छु भन्ये स्मेत सा.सु. डम्बरबहादुरको ०८।३।१८।१ को रीवफट् रहेछ।
वैषाख ३ गते सम्मको आम्दानी दाखील गर्न आऊदा श्रेस्ता भयेन भनी दौड् धुप गर्दा बेरामी भै आफ्नो घरतर्फ गयेको हुं बुझाउन पायेको थीईन नौतनवामा सु. डम्बरबहादुरलाई कंरु ६७। बुझाई बाकी तलबमा मीलाई दीनोस भनेको तलबमा भर्ना मीलाउन भयेन तीम्रो जीम्मा कंरु ५६ऽ।।२ बाकी रहयो दाखील गर भन्दा दाखील गरेमा बजार अडाले चलानी साथ पठाई दीयेका हुं भन्नेस्मेत ब रामप्यारेको १०।५।१७।४ को बयान रहेछ।
ब. राम प्यारेले तहबिल मसौट गरेको ठहर्छ बिगो दाखील भै सकेको थुनामा परी जागीर नरहेको हुदा तहसीलका ८।१३ नं का अैं बमोजिं सर्कारका तजबीजबाट ५ देखी ५० सम्म जरीवाना वा १ मैनादेखी ३ मैनासम्म कैद सजाये गर्न तजवीज भन्ये वेथरी अमीनीको १०।१२।१५।१ को जाहेरी फैसला रहेछ।
सो सदर गरी बुटौल अपीलले ०११।३।२१।२ मा तोकबोली जाहेर गरेको रहेछ।
इन्साफ सदर, सजायेका हकमा नलाग्ने अैं लगाई जाहेर गरेमा अमीनी अपीललाई जरीवाना अडैबाट गरी ब रामप्यारेलाई रकं तहसीलका १४ नं का अैं का के बमोजि सजाये नीकासा भै आये बमोजिं गर्ने भन्ने तोक बोली, सदर अमीनी गोश्वाराले ११।४।१८।२ मा जाहेर गरेको रहेछ।
साधकद्वारा पेस हुन आयेको यो मुद्दा बुझदा सर्कारी रुपैया दाखील गर्नु पर्ने ठाऊमा दाखील नगरी वीदेश भारत नौतनवाभा ली गयेको सु. डम्बरबहादुरले फेला पारी ली आयेकोमा साबीत हुनाले ब. राम प्यारेले तहबील मसौट् गरेकै ठहराई स्वो तहसीलका १४ नं.का अैं बमोजिम, सजाये नीकासालाई जाहेर गरेको ईन्साफ सदर अमीनी गोश्र्वाराको मनासीब । मसौट गरेको रुपैया दाखील भै सकेको र जागीर्गै सकेको भन्ने अमीनीका फैसला लेखाईबाट देखीनाले नीज ब रामप्यारेलाई रकं तहसिलका १४ नं. अैं बमोजिं कंरु २० बीस रुपैया दण्ड गर्नु। बेरुजु हुदा अैं सवाल बमोजिं असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु।
हरिप्रसाद
प्रधान न्यायाधीस
ईति सम्वत २०११ साल मार्ग २७ गते रोज १ सुभं