निर्णय नं. ८२७ - बक्सपत्र कायेम गरी पाउ
अ.द.नं. ८२७-२०११,
दे.फौ.पु/रीट नं. ७४६/१८८
श्री नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
साधक नम्बर
उजूरवाला पछीम ३ नम्बर तन्हौ चोक घर भै हाल डील्लीबजार बस्ने मुक्त कुमारी
रेस्पौन्डेन्ट पछीं ३ नम्बर तन्हौचोक बस्ने नेत्रराज पद्मराज पाध्यास्मेत
मुद्दा बक्सपत्र कायेम गरी पाउ
ईजलास
श्रीमाननिय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए. बी.एल.
आदेश
येस्मा बाबु तोकनाथको छोरा नभै म स्मेत २ छोरी मात्र भयेको हुनाले जो भयेको सम्पति हामी २ दीदी बैनीलाई आधी आधी वाढी खानु भनी सेखपछीको बक्सपत्र लेखी दीनू भएको पास हुन नपाउदै ६ साल आषाडमा बाबा परलोक हुनु भयेकाले हामीले काजकृया गरेकोमा साहीला कांछा बाबु स्मेतले बाबुको सम्पती वण्डा गरी ली मलाई नीकाला गरे सदरमा आई उजुर गर्दा अदालतले ठाडै बुझ्नु भंने तोक भै गयेको ईलाका अदालतको हाकीं प्रतेवादीको नातेदार भयेकाले पछी २ नम्बर अदालतबाट मुद्दा कारबाई भयेकोमा बाबुको सम्पती पचाउनलाई मेरो बारेस र अदालतको हाकीं स्मेतलाई हातली म नाबालखबाट कुनै लीखत गराउनै नहुनेमा राजीनामा छोडपत्र गराई ९ साल बैसाख १९ गते राजीष्टेसं पास गराई मुद्दातर्फ तारेख छोडायछन पास गरायको लेखत बदर गरी मुद्दा जगाइ न्यायालयेबाटै इन्साफ गरी पाउ भन्ने स्मेत मुक्त कुमारीको नीवेदन पत्र ।
यस्मा बेहोरा खाचो भया के भयेको रहेछ वडा हाकींले बुझी जाहेर गर्नु पछीं २ नम्बर गोश्र्वारालाई भै गयेको आदेश ।
मुद्दा अदालतबाट कारबाई भयको नाबालख केटाकेटीलाई यसै इलाकामा आयेको अनुकल पारी ललाइ फकाई ९ साल बैशाख १८ गते छोडपत्र ऐ. १९ गते वारेसलाई साछी राखी पास गरायको स्मेत मालबाट आयेको नक्कलबाट देषियको अदालत मीसीलवाट बुझीयेका साछीले म्याद गुजारेको र मुद्दा ९ साल जेष्ठ ८ गते डीस्मीस भएको देखीयको बेइलाकाको मानीस हुदा अरु प्राइभेट केहीबुझ्न पाईन बुझीयेसम्मको पास नकल मीसील सामेल राखी जाहेर गरेका छौ भन्नेस्मेत गोश्वाराको जाहेरी
२०१०।१।१२।६ का आदेस बमोजिं गोश्वाराले जाहेर गरेको साधकमा दर्ता भै पेस हुन आयेको येस्मा रजिष्टेसं पास भयेको कागजमा १२ बर्षकी नाबालख भन्ने लेखेको सो कागज अैंको रीत पुगेको छ छैन त्यस्तो नाबालखले गरी दीयेको कागज कसरी पास भयो सो र मुद्दा डीस्मीस भयेको स्मेत सबै बुझी ठहराई जाहेर गर्नु भनी मीसील सदर अपीलमा पठाइ दीनू।
हरिप्रसाद
प्रधां न्यायाधीस
इती सम्वत् २०११ साल मार्ग २७ गते रोज १ शुभ्म्