निर्णय नं. ८२८ - गाडा गोरु चोरी
अ.द.नं. ८२८-२०११,
दे.फौ.पु/रीट नं. २९१/१०१
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
फौ ठा.नं. १०१
मुद्दा – गाडा गोरु चोरी
वादी प्र. बरीयात मौजे कडमाहा गढ रंगपुर बस्ने सुकरेत बातरस्मेत
प्रत्येवादी वीदेश जील्ला भागलपुर ठाना सुपोल बस्ती चरुला बस्ने मोती गोप स्मेत-
ईजलास
श्रीमाननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षत्रीय
फैसला
येस्मा ०९।१०।२९ गतेका रात हांरा घरबाट गाडा २ गोरु ४ चोरीयो र भोलीपल्ट खोज्दै जादा वीराटनगर धोवी टोल्मा हांरो गाडा गोरु २ जना मानिसले लैजादै गरेको देखी पक्रन खोज्दा १ जना भागी बेपत्ता भयो यौटालाई पक्री खारखेर गर्दा चोरेमा साबीत भएकाले दाखील गर्न ल्यायेका हौ गाडा गोरु दीलाई भाग्ने चोरको नां वतं खुलाई पक्री चोरेमा सजाय स्मेत गरी पाउ भन्ने सुकरेत समेतको दर्खास्त रहेछ।
वादी सुकरेतको गाडा १ को रु ६० कीसंको गोरु २ को रु २०० बेंगाईको गाडा १ को रु ६० गोरु १ को रु ९० चमरुको गोरु १ को रु १२५ स्मेत ज्मा बीगो कंरु ५३५ कोही भराई पाउ भन्ने स्मेत बादीहरुको वयान रहेछ।
उचीत वातर १ लुटं वातर १ स्मेतले वैरीयामा वातर हरुको गोरु जोर २ गाडा २ चोरी गरी वीदेश लगी बिक्री गरौ र आयेको पैसा वण्डा गरौं भनेकाले माघ २९ गतेका रात १० बजेतीर नीज २ र मस्मेत आई ग्वालिमा बाधेको ४ गोरी फुकाइ आगंमा रहेको २ गाडा जोडी रातरात हाकी धोवी टोल्मा आई पुग्दा उज्यालो भएकाले केही बेर बसी बजार तर्फ हाक्न लाग्दा घर धनिहरु आई पुगेको देखी उचीत लरं भागेको देखी म पनि गाडा छोडी भगिं गाठले आई पक्रेकाले सो चोरेको गाडा २ गोरु ४ दाखील गर्न ल्यायेको हुं जो ठहर्छ भंने प्रतेवादी मोतीगोपको वयां रहेछ।
पक्रस भै आयेको मोतीगोपले उचीत लरंस्मेत भै चोरी गरेका हुं भनी सावित भएको उचीत स्मेतले म्यादै गुजारेकाले नीजहरुका हकमा मुल्तबी राख्ने मोतीगोपले चोरी गरेको ठहर्छ अपील गोश्वारा अमीनी ३ अड्डाबाट छीनेकाले मुल्तबि जचाउन नपर्ने भनि १०।१०।५।२ मा वीराटनगर गोश्वारा र वीराटनगर अपील स्मेतले फैसला र अपील गोश्वारा र वीराटनगर अपीलस्मेतले फैसला र अपील गोश्वारा स्मेत भै सुरु कारबाई गरी छीनेकाले अपील गोश्वाराका अपील सुंने अडामा मुल्तबी जचाउन पठाउनु पर्ने भनी वीराटनगर अमीनीका हाकीं सु चन्द्र जं थापाले रायपर्चा गरेको रहेछ ।
यो मुद्दा इन्साफ जाचलाई आयेको बुझ्दा अपील गोश्वारा अमीनी ३ अड्डा साथै बसी छीनेकोमा जाहेर गर्नुपर्ने भंने पर्ने भंने अमीनी र मुल्तबीमा १ तह जाहेर गर्दा नीकासा दींदा नीकासा दिने अड्डास्मेत भै छीनेको हुँदा अब जाहेर गर्नु नपर्ने भंन्ने अपील गोश्वारा भै रायबाझी भै आयेकोमा पैला फैसला हुँदा जाहेर गर्नै पर्छ अमीनीको रायपर्चा मुनासीब छ नीकासालाई जाहेर भै सकेको मुल्तबि राखेको मुनासीब नै हुदा गल्ती राय गरेमा अपील गोश्वारालाई जरीवाना गर्नु पर्दैन यो फैसला सहीतको मीसील जील्लामा पठाउन मीसील फाँटमा बुझाई दीनु।–
महेन्द्र बहादूर महत
न्यायाधीश
ईती सम्वत् २०११ साल मार्ग २८ गते रोज २ शुभ्म्