• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८२९ - तहवील चोरी

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/28 १३३

अ.द.नं. ८२९-२०११,

दे.फौ.पु/रीट नं. २८०/३०२

 नेपाल प्रधान न्यायालय सींगल बेञ्‍च

फौ अ. नं. ३०२

मुदा -तहवील चोरी


अपीलाट वादी का.ई कालीमाटी घर भै हनुमाननगर हुलाकमा बस्ने हनुमाननगर हुलाकको ना.सु. कृस्न बहादुर पंथ छेत्री।

वीरुध्द पु. २ नं घ्यांछापू घर भै हनुमाननगर हुलालको जाचकी ज्मादार बीरबहादुर क्षेत्री --


ईजलास

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षत्रीय-  

फैसला

ऐस्मा ज्मादार वीरबहादुर ०८।७।६ गते येस हुलाकमा आई बसेको ऐ ७ गते बेलुका नीज र म गै भात खान लागेकोमा नीज पहीले उठी लुगा भयेका ठाउमा आयेको र मैले भात खाई आई ८ बजे संम बसी सुत्‍न गये नीज तहवील कोठाको ढोका बाहीर वछयान लगाउदै थीयो बेहान ४ बजे उठी हेर्दा देखीन तहवील कोठाको र आफ्ना बाकसको तालचा खुलेको जेवमा रहेको साचो झुत्रै नभयेको सेप हेर्दा टीकट वीक्रीको मो रु ४८।३६ र कं रु ४९।४ मेरो वाकसको १० दरको नोठ १० नभएको बाहीर आई हेर्दा साचो फेकेको देखी रीपोट् गरेको हु उचीत आदेस पाउ भंने वादीको रीपोट ठाडो कागज स्व ८ गते देखी २३ गतेतक कतै  हाजीर नलेखीयेबाट वीरबहादुर गैर खाली भयेको भंने स्मेत वयान रहेछ।

ना.मु कृस्न बहादुरले जाचकी चेतहरीले चोरी भाग्यो भंने रीपोट् दीयो भंने बुझीयेकाले कारबाई गर्न हाजीर भयेको छु भंने प्रतेवादी ज्मादार वीरबहादुरको रीपोट् र मैले चोरी गरेको होइन कार्तिक ७ गते कंचनपुरका हुलाकी फकरी प्रसादको घरमा र ८ गते चौरीमा हुलाकी गोवींद पुरीको घरमा बसेको ज्वरो आई ५ दीं बसेको हु भंने ठाडो कागज वयान स्मेत रहेछ।

साछी सरज्मीं बुझी कार्तिक ७ गते कंचनपुर फतुरी प्रसादका ८ गते चौरीया गोवींद पुरीको घरमा बसेको भनी प्रत्येवादीले वयान गरेको सो ७।८ गते हांरा घरमा बसेका छैनन भनी फतुरीप्रसाद गोवींद पुरीले बकेकाले स्मेत प्रत्येवादीले ज्मा मोरु १४९ ४ चोरी गरेको ठहर्छ भनी २००९।५।१४।६ मा हनुमाननगर अमीनीले फैसला गरेको रहेछ।

फतुरप्रसाद १ गोवींद पुरी १ स्मेत मुखीयाका मातहतका मानीस हुदा त्यस्तो बकेका हुन ईनसाफमा चीत बुझेन भन्‍ने प्रत्येवादीको अपील्परेमा हुलाकका जागीर्दारहरुको मुचुल्का गराई नीज हालसगराहरुले तहवील राख्ने अड्डामा स्मेत भीत्र ढोकामा छीस्केनी भयको र मुखीया सुत्ने कोठा तहवील कोठामा स्मेत आउने जाने ढोका भयेको र भीत्रैबाट छीस्केनी लगाउँदथे भनी लेखी दीयेकोले राती चोरी गरेको नदेखीने र केही सरज्मीं ले वादीको चाल चलं असलै छ भनी लेखी दीयका तहवील मोरु ४८।३६ को हकमा केही लेखीयेको नदेखीयको वादीले जनाउ म्यादमा अपील उजुर नगरेको स्मेतबाट प्रतेवादीले चोरी गरेको ठहर्दैन भंने २०१०।३।१५ गतेमा सप्तरी अपीलले फैसला गरेको रहेछ।

अमीनीबाट चोरी गरेकै ठहराई कीनारा भै सकेको मुद्दा अपीलले अन्याये संग उल्टाई दियकाले चीत्त बुझेन भंनेस्मेत वादीको अपील्परी आयेको यो मुदा बुझ्दा  सप्तरी अपीलका फैसलामा लेखीयेका बूदा प्रमाण परीबंधबाट सुरुको इन्साफ उल्टी गरी सप्तरी अपीलले चोरी नठर्ने भनी छीनेको ईन्साफ सदर छ ईन्साफ पारी छीन्‍ने हाकीं उपर अपील गरे बापत अपीलाट वादी ना.मु. कृस्न बहादुर पंथ छेत्रीलाई अपीलबाट सुरु दंड कंरु ६४।।३ मोरु २४ ।१८ भयको त्यस्को यो पहिलो अपील हुदा हा का १० नं बमोजीं सयकडा १० ले कंरु ६।३। छ रुपैया सात आना दुई पैसा र मोरु २।४२ दुई रुपैया बयालीस पैसा स्मेत दंड हुन्छ नीज हाल बेरुजु भै धंकुटा हुलाकको मुखीया बहाल भै रहेको भंने मीसील्बाट देखीनाले अैं बमोजीं गरी असुल गर्नु भनी तहसील्मा लगत दी नीज अपीलाट्लाई यो फैसला भयेको जनाउ दीनु भनी फैसला सहीतको मीसील जील्लामा पठाउन मिसील फाट्मा बुझाई दीनु।

 

 

 

महेन्द्र बहादूर महत

न्यायाधीश

र्इती सम्वत् २०११ साल मार्ग २८ गते रोज २ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..