निर्णय नं. ८३१ - रहजनि चोरी
अ.द.नं. ८३१-२०११,
दे.फौ.पु/रीट नं. २९७/२३५
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
फौ अ नं २३५
मुद्दा- रहजनि चोरी
अपीलाट् प्रत्येवादी
ईलाका पाल्पा जील्ला मुसीकोट् मौजे कुर्घामध्ये चीटीपानी बस्ने दानबहादुर माझी छेत्री-१
ऐ ऐ गुल्मीधारा बस्ने जगे कामी१
वीरुध्द वादी र्इलाका पाल्पा जील्ला मुसीकोट मौजे ठूला खर्क बस्ने छवे कुमाल
ईजलास
श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्रीय
फैसला
येस्मा २००८।११।४।७ मा १ घडी दीं बाँकी छँदा बाटोमा अन्यायेवाला २ जना लठी खुकुरी ली आई तँसंग नोठ छदे नत्र ज्यानको खतह्रा पलाऊ भनि समाई नोट् थान १५ को कंरु १५० चोरी लीयेकाले रहजनी चोरीमा सजाये गरी बीगो भराई पाउ भंने छवेकुमालको फिराद रहेछ।
वादीले म दानबहादुसंग मोरु १००। तमसुकी लीनुछ माग्दा नदीयेको र म अगे कामीले भाँडा कमायेको २ बर्षको बाली माग्दा नदी पचाउने नीयेतले झुट्टा उजुर दीयेको हो हामीले चोरी गरेका छैनौ भंने दानबाहादुर जगे कामीको प्रत्येवादी रहेछ।
साछी सरज्मीं बुझी प्रतेवादीहरु उपर रहजनी चोरी गरे भनी बादीले झुट्ठा उजुर गरेको ठहराई २००९।६।२४।५ मा पाल्पा अदालतले फैसला गरेको रहेछ।
सो फैसला उपर चीत्त बुझेन भंनेवादीको अपील परेमा वादीका साछी ३ ले वादीलाई लछारपछार गरी नांगो पारेको देखेको हुं भनेका संखा लाग्दैन भंने साछी सरज्मीं गरी ७ ज्वां र संखा लाग्छ भन्ने साछी सरज्मीं १३ ज्वांन भएका धेरै ज्वानको कुरा साचो नमानी थोरैको कुरासाचो मांन नहुने प्रत्येवादी दान बहादुरले रु १००। लेना भएको जगेले भाँडा कमाएको बाली लीनु पर्ने माग्दा नदीयको भनेकाले वादीमा साथमा भएको अवस्थामा लीनाको सम्भवै भयको र लाठी र खुकुरी ली जबरजस्ती रहजनि चोरी गरे भनेपनि मौकामा देख्ने वादीका साछीले स्व. बमोजीं नभनि लछार पछार पारे भनेकाले वादीका साथमा भयेको घन लीयेकोमा लुट्पीटका २ नं ले लुटपी६ गरेको ठहर्छ भनि सुरुको ईन्साफ केही उल्टी गरी२००९।१२।२७।५ मा पाल्पा अपीलले फैसला गरेको रहेछ।
काला पैरा नेरको बाटो दीं को बीचमा लाठी खुकुरीली आई चोरीमा सजाये पाउने जाना जानी कसो गरी रहजनि चोरी गरे हुँला त्यस्तो कुरामा लुटेको ठहर्छ भनी बीगो कंरु १५० । हामीबाट भराई दीने ठहराई पाल्पा अपीलले गल्ती ईन्साफ गरेकाले चीत्त बुझेन भंने प्रत्येवादी दानबहादुर जगेकामी स्मेतको धरौटी अपील रहेछ।
यो मुद्दा बुझदा पाल्पा अपीलका फैसलामा लेखीयको बुदा प्रमाण परीबंधबाट ईन्साफ सुरुको उल्टी गरी वादिको धं प्रत्येवादीहरुले लुटपीट गरेको ठहराई पाल्पा अपीलले छीनेको मुनासीब ईन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेबापत अपीलाट प्रत्येवादी दानबहादुर जगे कामी स्मेतलाई अपीलबाट सुरु दंड कंरु १८।।। का दर्ले भयेको यो पहीलो अपील हुदा हा का १० नं बमोजीं सयकडा १० ले कंरु १।।।४ का दर्ले जम्मा कंरु ३।।। तीं रुपैया बाह्र आना दंड हुन्छ सो अपील उपर अपील गर्दा नीज अपीलाट २ को वारेस हीरालालले तारेखमा नबस्ने गरी २०१०।८।२८ ।२ मा पाल्पा अपीलमा धरौटी दाखील गरेको मीसीलबाट देखीयको हुनाले स्व रुपैया धरौटी श्रेस्ताबाट खर्च लेखी सदर स्याहामा आंदानी बाध्नु भनी जील्लालाई पुर्जी गर्न तहसीलका लगत दी यो फैसला भयेको जनाउ धरौटी अपीलाट प्रत्येवादी दानबहादुर जगे कामीलाई दीनु भनी फैसला सहीतको मीसील जील्लामा पठाउन न्यायालैमा बुझाई दीनु ।
महेन्द्रबहादूर महत्
न्यायाधीश
ईती सम्वत् २०११ साल मार्ग २८ गते रोज २ शुभ्म्