• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८३२ - जालसाजी

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/29 ९८

अ.द.नं. ८३२-२०११,

दे.फौ.पु/रीट नं. २५३/१४०३

 नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ. नं.१४०३

मुद्दा- जालसाजी


अपीलाट वादी मोति श्रेष्ट का. ई. छेत्रपाटी

विपक्ष प्रतेवादी रुद्रमान श्रेष्टसमेत का.ई. टोखा पिढेटोल१


इजलास

श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिंह बिएस्सी बि.एल

फैस्ला

यस्मा रुद्र मान संगको जगा मुद्दामा देवानी दोश्राबाट १५ दिने इतलाएनामा टास गरेको सो म्याद जालसाज गर्‍यो भनि मेरा नाउमा र म्याद टास्न जाने अडाको सीपाहीका नाउमा र म्याद टासदा साछी बस्ने रत्‍नमान कालु श्रेष्टस्मेतका नाउमा अपील तेश्रा फाटमा नालेस दीएकोमा निजहरुको मिलेमतोबाट प्रतेवादी दिनु पर्ने मानिसले प्रतेवादी नदि दिन नलगाई उनाऊ मानिस खडा गरी प्रतेवादी दिन लगाई जालसाज गरेमा सजाए गरी पाउ भंने स्मेत वादी रहेछ।

वादी दाबी बमोजिं उनाऊ मानिस खडा गरी म्याद जालसाज गरेकोसस्मेत केही हैन म्याद जालसाजीबाट टासे टसाएकाले सो बारेमा अपील तेश्रा फाटमा नालेस दिएको भंनेस्मेत रुद्रमान श्रेष्टको प्रतेवादी रहेछ।

मोति श्रेष्टले रुद्रमानका नाउमा नालेस गरेको म्यादमा साछि बसे भनि हामीहरुका नाउमा रुद्रमानले नालेस गरेकोमा म्यादमा साछी बसेको र टास गरेको स्मेत छैन भनि हामीले प्रतेवादी दिएकाले यो वादीले झुट्ठा उजुर गरेको हो वादी लेखाई बमोजिं जालसाज गरेको छैन भंने स्मेत रत्नमान बेस नारांको प्रतेवादी रहेछ।

म्यादमा टोखा पिठेटोल बस्ने रत्नमान श्रेष्ठ कालु श्रेष्ट २ जना साछी बसेको म्यादबाट देखीएको सोहि मानिसका नाउमा रुद्रमानले नालेस गरेको देखिए पछि उनाऊ मानिस खडा गरी जालसाज गरेको भंन नहुने म्यादमा साछी बसि सैछाप गर्ने मानिसहरु भनि वादीले यस अडामा ल्याएका मानिसहरुको सैछाप मिलेता पनि नाउ कालु दास भंनेर पुनसिं भंने भएको वतन पनि टोखा देखिएको र म्यादमा साछी बस्ने मानिसहरु सग नाउ थर वतन स्मेत मिल्न नआएबाट समेत वादीले झुट्टै उजुर गरेको ठहर्छ भनि ०९।९।१४ मा अपील पैलाबाट फैसला गरेको रहेछ।

अपिलाट वादी मोति श्रेष्टसमेत राखी इन्साफतर्फ विचार गर्दा देवानीदोश्रा फाटबाट टास गरेको म्यादमा साछी बस्ने मानिसहरुकै नाउमा रुद्रमानले नालेस गरेको देखिनाले वादी दाबी बमोजिं जालसाज गरेको ठहर्दैन भनि अपील पैलाफाटबाट गरेको इन्साफ अपीलको मनासिब छ इन्साफ पारी छीन्‍ने हाकिं उपर अपील गरेमा अपीलाट वादी मोति श्रेष्टके सुरु दंड मोरु २।५० को हा.का. १० नं का ऐनले पैला अपील हुदा सैक्रा १० ले मोरु ।२५ पचीस पैसा दंड हुन्छ रुजु हुदा असुल गर्नु भनि तहसिलमा लगत दिन मिसिल मिसिल विभागमा बुझाई दिनु।

 

 

 

 

 

भगवती प्रसाद सिंह

 न्यायाधीश

इति संवत २०११ साल मार्ग २९ गते रोज ३ शुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563