निर्णय नं. ८३३ - नक्सा पास
अ.द.नं. ८३३-२०११,
दे.फौ.पु/रीट नं. ६७६/१११५
नेपाल प्रधान न्यायालय डीभीजन बेञ्च
सा नं १११५
मुदा - नक्सापास
निवेदक वादी का.ई. पकनाजोल बस्ने मास्टर दुर्गाबाहादुर श्रेष्ट
रेस्पोन्डेन्ट प्रतेवादी का.ई धोबीचौर बस्ने क.प. ससी वीक्रं राणा
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम ए बी. एल
श्रीमाननीय न्यायाधीस महेन्द्रबाहादुर महत क्षेत्री-
फैसला
मैले मे.क.नरेन्द्र वीक्रम संग षरीद गरी लीयको जगा मध्ये पूर्व आफ्नै जगा पसीं क.प. ससी वीक्रमको पर्षाल ऊतर आफ्नै जगा दछीन आफ्नै वीर्ता जगा यती ४ कीला भीत्र का.ई पकनाजोलको घर नक्सा बमोजीं गरी बनाऊन पाऊ भंने स्मेत मास्टर दुर्गा बाहादुरको डरषास्त रहेछ।
वादीले पुरानो छपड ज्मीन सम्म भत्काई उत्तर अहीले रहेको छाप्रो भंन्दा ३० फुट बढाई तयार भयपछी रहने कीला भनी नक्सा डरषास्त दीयकोमा सो बनाऊ नलाई घरको गारो सम्म मेरो चर्पी र धारास्मेत जोडीने र हाम्रो कंपाऊड तर्फ रछान फाल्ने कीसीमको २ प्वाल रहेको अैंले रहेको छाप्रोबाट १० फूट जतीमा मेरो रछान लं १५ चौ १५ फुट तकका गर्ने अघी पुस्ता पुस्तदेषी ढोका रहेको बंद समेत हुने र सो धारा चर्पीमा हाम्रो छोरी बुहारी हर एक कीसीं गर्न जाईरहनु पर्ने नीजको हाल बन्ने छाप्रोमा हरेक कीसीमको मानीस तरकारी षरीद गर्नआउने हुनाले हाम्रो बेपर्दा बेइजत हुने भयकाले सो चर्पी धारा अर्थात मेरोपर्षाल देषी २५।३० गजसम्म नीजले हाल कारषाना नीमीत बनायको ठाऊसम्म बनायमा नीजलाई सो जगाको रेषदेष पुग्ने हुनाले सो ठाऊमा बनाएमा मंजुर छ अैंले लेषीयका ठाऊमा बनाऊन डीन मंजुर छैन बनाऊन नपावस भंने क.पं. ससी वीकंको ऊजुरी डरषास्त रहेछ।
यस्मा बुझीयसम्मका नक्सा सरज्मीनबाट स्मेत रछान सफा गर्ने ढोका देषींदा ढोका राषन दीनु भनी मास्टरलाई र राषनु भनी ससी बीकंलाई सुनाइ दीने धारा चर्पीतर्फ रहने झ्यालमा डंडी राषने स्मेत ठहराई म्युनीसीपल नक्सा मुद्दा फाटले जाहेर गरेकोमा चर्फी नजीकको ढोका बाटो कायं गर्दा मास्टरको धेरै नै जगा षेर जाने र सोही लाईनमा सपीबीक्रंको ऊतर पट्टी जोडीयको परषालको कुनामा अघीको ढोका रहेको नीसा देषीयको भनी म्युनुसीपल्टीको बीन्ती चढाइ भयकोले सो ठाऊमा ढोका बाटो राषने गरी सदर भनी ०६।१।२१ मा १ छापे भयको सो १ छापे ईनीहरुकै हक नपुग्ने ठाऊमा डुड राषी फोरमैला गर्यो भंने मुद्दाको मीसील सामेल रहेको र सो कुरामा चीत्त बुझेन भंने स्मेत मास्टर दुर्गा बाहादुरको बीन्तीपत्रमा यस्मा बुझ्नु पर्ने देषीय बुझी अैं सवाल बमोजीं गर्नु भंने तोक लागी म्युनीसीपल्टीमा गै काठमाइडौ नगर पंचायत गोश्वाराबाटस्मेत क.प. ससी वीक्रंलाई झीकाई छुट्टै मीसील षडा गरी जाहेर गरेकोमा भीम बीक्रंको र नरेन्द्र बीकरंको नीकास षुलाई पाऊ भंने मुद्दा न्यायालयबाट कारबाई भै रहेको रीपोटबाट देषीयको मुद्दा पनी सोही मुद्दासाथ कीनारा गर्न पर्ने देषीन्दा यकै पटक कीनारा गर्न भनी श्री स्थानीय स्वायत सासन मन्त्रीबाट आदेस भै यसफाटमा आयेको यो मुद्दा वादी प्रतेवादीको वारेससमेत राषी जगा हेरी छलफल गर्दा यसै साठ यकै पटक कीनारा गर्ने भनी आयको ईनैहरुको हक नपुग्ने जगामा डुड राषी फोर मैला गर्यो भंने मुद्दा पनी सावीक देषीनै डुड राषी नीकास फ्याकने गरेको ठहरी आजैका मीतीमा यस फाटबाट कीनारा भयकोले पुरानै नीकास भै सो नीकास सफा गर्ने बाटो ढोका दीनु पर्ने देषीयको अब १ छापे बमोजी ढोका काएम गरी दीदा मास्टरको धेरै जगा नोक्सानहुने र ससी बिक्रंका घरको दषीं पट्टी पनी नीजकै परखालजगा र सोही दषीं पट्कै परखाल जगा नजीक सो ८ हात झर्ने ठाउँ भयको स्मेत देषीयको हुदा सो रछान झर्ने ठाऊमा ३˟ ३ हात लंवा चौडाको पक्की मंगल बनाई सोही नजीक दषीं पट्टीको पर्खाल छोडी ढोका राषी सो ढोकाबाट रछान सफा गर्ने गर्नु भनी ससी बीक्रंलाई र मंगल बनाऊन जगा दीनु भनी मास्टर दुर्गाबहादुरलाई सुनाइ दीने लेषीया बमोजीं गर्दा १ छापे बमोजींको ढोका बाटो फरक पर्न गै १ छापे काटीने भयकोले जाहेर गरेका छौ भनी प्रधान न्यायालय पैला फाटबाट जाहेरी फैसला भै आयाको मीसीलको बेहोरा झग्डीयाको वारेसस्मेत राषी पेस गर्न ल्यायाको पेस भयो यस्मा मीसील सामेल रहेको प्रमाणको मीसीलबाट हाल झगडा परेको जगामा फोर मैला फाल्न नपाऊने पाइप राषी नीकास नीकासबाट पानी पठाउने गरी ९३ सालमा म्युनीसीपल्टी आफीसवाट पर्चा भै सकेको त्यो पर्चा ऊपर कसैको ऊजुर नभयकाले सो पर्चा कायं राषी ससी बीक्रंले चीत्त बुजाई बसेको हुनाले सो पर्चा कायं मान्नु पर्ने देषीयको हुनाले अब झगडा परेको जगामा फोर मैला ससी बीक्रंले मा. दुर्गाबाहादुरको वारीमा फाल्न नपाऊने कौसीको नीकास डुड रहेकोलाई गोल पाईप राषी पायपबाट आयेको पानी स्मेत बारीमा पर्ने भय पनी त्यस्को सफा सुगर गर्न जो बंदोबस्त गर्नु पर्छ आफ्नै तर्फबाट बन्दोबस्त गरौला ससी वीक्रंलाई केही भंने छैन भंने दुर्गाबहादुरको मंजुरी दरषास्त समेत परेकोले फोर मैला फाल्न नपाउने पायपबाट आयको पानी दुर्गा बाहादुरका बारीमा डुडको सट्टा पायप राषी सो पायपबाट गीराई दीनु सो बापत कुनै कीसीमबाट बंद भै षोल्न परेमा दुर्गाबहादुरलाई षवर दी पायप षोल्न पाऊछ षवर नदी जानु र षवर दीयपछी बारीमा जान दीन्न भंनस्मेत नपाईने ठहर क.प्. न्या पैलाको ईन्साफ उल्टीमा केही गर्नु पर्दैन मीसील मीसील फाटमा बुझाई दीनु।
महेन्द्रबाहादूर हरिप्रसाद
न्यायाधीस प्रधां न्यायाधीस
ईती संम्वत २०११ साल मार्ग २९ गते रोज ३